‘महात्यागी’... हामी माओवादी


Thursday, 7 Jun, 2018 10:43 PM

  • नरेन्द्रजंग पिटर

शक्तिशाली कविताले इतिहासलाई सम्झाउँँदै वर्तमानलाई चिमोट्छ, टोक्छ्, चिथोर्छ, रक्तमुच्छेल गराउँछ । बाँच्नुको सार्थकता खोज्न लल्कार्छ, चुनौती दिन्छ पनि । इच्छुकको सहादत दिवसमा कवि विनोदविक्रम केसीको कविताले त्यस्तै बनायो । कृष्ण सेन कम्युनिष्ट थिए । तब न माओवादी बनेर इच्छुक बने । कृष्ण सेन त जन्मैको नाम छँदै थियो । उनको विशेषता भनेकै भन्नु, गर्नु, देखिनु र हुनु एकै किसिमको जीवनचर्या होे ।

कम्युनिष्टको जातै त्यागी ! माक्र्स बाबा भन्थे –जिते संंसार, हारे हत्कडी । पहिलो पुस्ताका नेपाली कम्युनिष्टले सदस्यता लिँदा जात ‘त्याग्ने’ गर्थे । अझ बाहुन÷क्षेत्रीको कोखमा जन्मने उम्मेदवार–सदस्यले त अञ्जुलीमा बिजुलीपानी राखेर सुप्य्रायो, शालिग्राम खायो, जनै छिनाल्यो, सहभोज खायो, प्रतिबद्धतापत्रमा औंलो चिरेर रक्त ल्याप्चे ठोक्यो । गायो गीत– विश्व मानवमुक्तिका लागि ...जिते संसार, हारे के छ र ! जन्मपत्रिकाको नाम ‘त्याग्यो’ । त्यही नै ‘त्यागको’ शुभारम्भ ।

सर्वहाराको सिद्धान्त लिने तर निजी सम्पत्तिको मोह राख्ने यस्तो पनि कहीँ हुन्छ ! सर्वहाराकरण गर्नैपर्छ । सिद्धान्तअनुसार जीवन व्यवहारको त्यस्तै पहिलो कर्नाल फुक्ने २० को दशकमै युवराज पन्थी थिए । अर्का चतुर ‘त्यागी’ पथिक कमरेडले भने सो त्याग चट्काइदिए ।
अहिले अरूभन्दा कसरी उम्दा देखिने ! ‘त्यागी’को रुपमा कसरी चिनिने ! भनेर पहिचानको आन्दोलन चलेको छ । दोहो¥याउनै परेन–..कम्युनिष्टहरूको जातै ‘त्यागी’ । निजी र पुँजी सामाजिकीकरण अनि आपूmलाई सर्वहाराकरण त पहिचान नै हो । हिजोका त्यागी, अवसर पाउनेबित्तिकै अहिले अझ ‘महात्यागी’ । जब मैले कवि विनोद विक्रमको कविता सुनाएँ.... तब ‘नवत्यागी कमरेड’ चिच्याएर भन्न थाले । त्यही कुरा अक्षरशः लेखेको मात्र हुँ ।

अथ नवकमरेड उवाचः
कोशी÷कालीमा धेरै पानी बग्दै गयो । त्यही खोलो पनि ‘त्यागी’ हामीले छिमेकीलाई कोशेली दिँदै गयौं । कोशी÷गण्डकीमा कांग्रेसलाई बात लगाउने हामी नै टनकपुरका साक्षी र मतियार मात्रै बनेनौं अरूणमा एकलौटी ‘त्यागी’ बन्यौं । ‘त्याग’, बलिदान र कोशेली दिनु, आफ्नै टाउकोमा आफैँले राँको लगाउनु, रुँदारुँदै हाँस्न सक्नु र हाँस्दाहाँस्दै रुन सक्नु त ‘त्यागका’ हाम्रा विशेषता नै रहे । कथाले मागेजस्तै ‘त्यागका’ महात्याग हुँदै गयौं । हामीले जति पुर्खा र सहिदले के त्याग गरे होलान् ! त्याग्दात्याग्दै’ त्याग्ने विषय नै नरहेपछि नामै पनि ‘त्याग्न पुग्यौं । हाम्रो त्याग वैदिक कथाका दधिची ऋषिभन्दा पनि महान् बन्न गयो । त्यागको सिलसिला अपरम्पार छ । मूर्ख र अबुझलाई के श्रीखण्ड ! के भकिम्लाको दाबिलो !

‘महात्यागी’ भनेका जनयुद्धको श्री गणेशाय नमः लेख्ने हामी भिन्नै धातुले बनेका महाआदर्शवादी, गौरवशाली माओवादी ठह¥यौं । यसलाई चुनौती दिने कोही छ, अहिले ?

चानचुने थिएनौं र हैनौं । महान् तथा गौरवशाली बन्न पहिला घरवार त्याग्यांै । परिवार त्याग्यांै । धर्म त्याग्यौं, सामाजिक र आर्थिकसम्बन्ध त्याग्यौं । समाजवादी बन्न उपभोक्तावाद र नवउदारवादी जीवनशैली त्याग्यौं । नयाँसत्तासँग पौंठेजोरी खेल्यौं । नयाँ मान्छे बन्न के–के गरेनांै ! आफ्ना नाम त्याग्यौं । पहिला त्यागेका कुरा नै त्यागेर अब फेरि त्यागका नयाँ नजिर खडा गर्न माओवादी नामसमेत त्याग्यौं ।

नाममें क्या रखा है ! हैन... हैन । नाम र शब्दले धेरै संकेत र सन्देश दिइरहेको हुन्छ । अहिले फुर्को त्यसै हटाएका हैनौँ, सोचिराख ....यो पनि छिट्टै हटाएर सर्वस्वीकार्य बनाउनेछौँ । हाम्रा अध्यक्षले भनिसक्नुभएको छ ।

इतिहासकै अपरिहार्यताको कुरा गरौँ । माओवादीले पार्टी एकीकरण गर्न मशाल छाडेर एकता केन्द्र नाम राख्यो । महामन्त्री विश्वास पछि निर्माण नाम धारण गरियो । जब जनयुद्ध शुरु गर्नुप¥यो तब पार्टीको नामकरण माओवादी र महासचिवको नाम फेरि प्रचण्ड रहन गयो । जब संगठनमा एकमा अनेकताजस्तो देखा प¥यो तब पार्टीको निर्देशक सिद्धान्तमा माक्र्सवाद, लेनिनवाद र माओवादले पनि नपुगेर प्रचण्डपथ थपियो ।

प्रचण्डपथका महाभास्यकार र सौन्दर्यविद् हनुमानदास हुन् वा ‘महाक्रान्तिकारीका’ चेतना त्याग नजिरै कायम भए । चुनवाङ त रुवाबासीको केन्द्र र विलिन सिद्धान्तको थलो । धोबीघाट छँदै छ । कसैले पनि लजाउनु वा प्रायश्चित गर्नु परेन । सबै झ¥यापझुरूप । मानिस डाइनामिक हुनुपर्छ, समयको नाडी छाम्ने, तब मात्र इतिहासको घोडा चढ्न सकिन्छ भन्ने बुझ्यौं !

जनयुद्ध शुरु हुँदा आफ्नो हिस्साको निजी सम्पत्ति पार्टीकरण गरेकै हौँ चाहे एकसुर्को खेत किन नहोस्, चाहे एक चोक्टा बारी नै । त्यो नगरेको भए यी बुर्जुवाहरूसँग शहरमा रहेर अहिले पौंठेजोरी खेल्न सकिन्थ्यो ! बुर्जुवा शिक्षा त मूर्दावाद भनिएकै हो, भलै गुपचुप आफ्ना सन्तति पढाएकोमा अहिले रिस गर्न पाइन्छ ? केही मूर्ख भावनामा बगे, भविष्य नियालेनन्– त्यो भिन्नै कुरा । रुढीवादी संस्कृति मात्रै त्यागिएको हैन, धर्म अज्ञानता र तर्कविरोधी भएकाले भौतिकवादी जीवनपद्धति बसाल्न र नयाँ मान्छे बन्न त्यागिएकै हो ।

अब उहिलेका कुरा खुइले । नयाँ बन्न पुराना कुरा त्याग्नै पथ्र्यो । हामी फर्केका हैनौं, एक दशकमा अँगालेका कुरा त्यागेका मात्रै हौं । नित्य नयाँ बन्नु मानवधर्म हो । कर्म हो । नित्य नूतन बन्दा सनातन खज्मजिएकै थियो । हामी जडसूत्रवादी हुँदै हैनौं.. अर्को चरणको समाजवादी क्रान्तिमा छांै । त्यसैले दुवै पार्टीका गालीफच्छे भयौं, दुवैका इतिहासका हकवाला र वाहक दुवै बन्यांै.. बुझ्यौं ! नयाँ बन्न बाकसमा रहेका पुराना कपडा फेरि धारण गरेका मात्र हौँै । महान् बन्न चौडा हृदय र खुला दिमाग चाहिन्छ । कवि र पढैयाले यस्तो मर्मका कुरा बुझ्नै सक्दैनन् ।

समय फेरिँदै गए । युगसँगै हामी पनि फेरिँदै जानुपर्छ, नत्र डायनोसर भइन्छ । समयसँगै फेरिँदै गयौँ, हाम्रा त्यागका अर्थ पनि फेरिँदै गए । हामीले समयानुकूल बन्दा के बिरायौं ! प्रभू ...हाम्रो रक्षा गरिदेऊ ! नजिस्क्याऊ कवि ... झोक नचलाउ कवि... हामीले त्यागका नयाँ कीर्तिमान खडा गरिसक्यौंै, क्रान्ति र प्रतिक्रान्तिका नयाँ भाष्य समृद्धिका समाजवादी यात्रा रेखा तयार गरेर ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top