​शरीर के हो र, सीपका सामु


Friday, 18 May, 2018 4:57 PM

  • राजेन्द्र स्थापित

चाल्र्स बी. ट्रिप र एली बाउन फरक मुलुकमा जन्मे तर एक–अर्काको सहारा बने । जब दुवैको भेट भयो तब बल्ल सम्पूर्ण व्यक्ति बने । किनभने चाल्र्सको दुवै हात थिएन भने एलीको खुट्टा थिएन । पछि दुवै अमेरिकी सर्कस जगतको विख्यात हस्तीमा गणना भए । विनोदप्रिय स्वभावले दुवैलाई लोकप्रियताको शिखरमा पु¥यायो । सर्कसमा दुवै एउटा साइकल चलाउँथे । सुट–पाइन्ट र टाइ लगाएका हुन्थे । एकजनाले साइकल चलाउँथे, अर्कोले हैन्डिल समाउँथे । चाल्र्स दुवै खुट्टा नभएका एलीलाई भन्थे, ‘एली, राम्रोसँग खुट्टा चलाउनू ।’ प्रत्युत्तरमा एली भन्थे, ‘पहिला आफ्नो हात मेरो काँधबाट हटाऊ ।’ चाल्र्स र एलीको यस्तै सवाल–जवाफ देखेर–सुनेर दर्शक पेट मिचिमिची हाँस्थे, मनोरञ्जन लिन्थे ।

चाल्र्सको जन्म क्यानाडाको वुड स्टकमा सन् १८५५ मा भएको हो । बाल्यकालमा निकै सुन्दर र स्वस्थ थिए तर दुवै पाखुराविहीन । उनले खुट्टा र औंलालाई यति सुन्दर ढंगले चलाउन सिके कि हातको कमी हुनै दिएनन् । आमा–बाबुको प्रोत्साहन र हौसलाबाट खान र लुगा लगाउन–फुकाल्न जाने । खुट्टाको औंलाले कलम च्यापेर लेख्न सिके । यिनैको सहयोगबाट दाह्रीसमेत काट्न थाले । सिकर्मी र क्यालिग्राफी पनि सिके । पाखुराविहीन चाल्र्स यिनै योग्यताबाट टाढा–टाढासम्म प्रसिद्ध भए । गाउँले सबैले सर्कसमा काम गर्न घच्घच्याए । त्यसबखत अमेरिकाको सर्कस क्षेत्रमा पि.टी. बर्नम खुब प्रसिद्ध थिए । चाल्र्सले जब बखान सुने, उनको सामु आफ्नो योग्यता र सीप प्रस्तुत गर्ने अठोट गरे र यसका लागि अमेरिका जान अनुमति मागे । आमा–बाबुबाट अनुमति पाएपछि सन् १८७२ मा न्यूयोर्क पुगे । 

१७ वर्षको ठिटो चाल्र्सले अमेरिकामा आफूलाई एकदम एक्लो महसुस गरे । घुम्दै–फिर्दै सोधपुछ गर्दै बर्नमको कार्यालय पुगे । त्यहाँ राखिएका फर्निचर यति सुन्दर कि त्यस्ता सामान यसअघि कहिल्यै देखेका थिएनन्, त्यसैले बस्न अप्ठेरो माने । बर्नमले भने, ‘बालक, आरामसँग बस । भन, म तिम्रोलागि के गर्न सक्छु ?’ चाल्र्स बर्नमको व्यक्तित्व र स्वभावबाट प्रभावित बने । बोल्ने साहस बटुले । बिस्तारै जुत्ता फुकाले र बर्नम ट्वाँ पर्ने गरी आश्चर्यजनक ढंगले खुट्टा र औंलाको सहाराले अनेक खेल देखाए । बर्नमले उनलाई आफ्नो सर्कस टोलीमा सामेल गरे । चाल्र्सले बर्नमसँग २३ वर्ष सहकार्य गरे । १२ वर्ष विभिन्न मुलुकमा गई खेल प्रदर्शन गरे । चाल्र्स भलाद्मी थिए, बोली नम्र । कागज काट्ने, फोटो खिच्ने, दाह्री जुँगा काट्ने आफैं गर्थे । फुर्सदको समयमा चित्र कोर्थे । चित्रकला बेचेर थप आम्दानी गर्थे । चित्रकला खरिद गर्न आउने कला पारखीहरुकै सामु खुट्टाको औंलाले कलम च्यापेर हस्ताक्षर गरिदिन्थे ।

यसबीच उनको भेट दुवै खुट्टा नभएका सर्कस कलाकार एली बाउनसँग भयो । एलीको जन्म अमेरिकामै भएको थियो, ओहियोको रिचल्याण्ड काउन्टीमा । चाल्र्सभन्दा ११ वर्षले जेठो । जन्मँदै कम्मरभन्दा तलको भाग विकसित हुन नसकेको । उनीबाहेकका अन्य सात दाजुभाइ सामान्य थिए, त्यसैले सबैले एलीलाई अत्यधिक माया गर्थे । खुट्टाको अभावमा बाल्यकालमै हातले टेकेर हिँड्न सिके । त्यसरी हिँड्दाहिँड्दै एक्रोब्याट गर्न जाने । र, १३ वर्षको उमेरमा सन् १८५७ मा ठाउँ–ठाउँमा यात्रा गरी सर्कस देखाउँदै हिँड्ने समूह ‘मेजर ब्राउन्स कोलोजियम’ मा सामेल भए । सर्कस जगतमा चाँडै नै ‘खुट्टा नभएको अनौठो व्यक्ति’को उपनामले लोकप्रिय बने । तौल त ६४ केजी थियो तर खुट्टा नभएकाले उचाई दुई फुट मात्र । कला अद्वितीय । उनले १८७६ मा पुलम्यान ब्रदर्स र १८७९ मा कुपर एण्ड बेली सर्कस कम्पनीमा काम गरे । 
सन् १८९७ मा एली बर्नमको सर्कस टोलीमा सामेल भए । १३ फुट उचाइको खम्बामाथि चढेर आफ्नो कला देखाउँथे । साथै चाल्र्ससँग जोडी मिलाएर साइकल चलाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्थे । पाखुराबिनाको अनौठो सर्कस खेलाडी र खुट्टाबिनाको अनौठो सर्कस खेलाडीको जोडी निकै लोकप्रिय बन्यो । यो जोडीले देश–देशान्तर घुमेर आफ्नो कला प्रदर्शन ग¥यो । २६ वर्षको उमेरमा १६ वर्षकी मार्था हाइन्ससँग बिहे गरेका र चार छोराको बाबु बनेका एलीले ७९ वर्षको उमेरसम्म सर्कसमै काम गरे । उनको निधन सन् १९२४ को मे २४ मा न्युयोर्कको कोनी टापुमा भयो ८० वर्षको उमेरमा निमोनियाबाट । 

त्यसो त चाल्र्सले सन् १९१६ मा नै बर्नमको कम्पनी छाडिसकेका थिए । ६१ वर्षको उमेरमा माइसँग बिहे गरे । पत्नी माइले सर्कसमा कम चित्रकारितामा बढी ध्यान दिन आग्रह गरिन् । सर्कसमा काम गरुञ्जेल चित्र कोर्न सम्भव भएन । सधैंको यात्रा, सधैंको अभ्यास र भिडभाडको कारण चित्र कोर्न असम्भव भएपछि सर्कसको काम त्यागे । पत्नीसँग मिलेर एउटा इकाइ बनाए र देश–देशान्तर घुमेर कला प्रदर्शन गर्दै हिँडे । जता–जता कार्यक्रम आयोजना गर्थे, त्यसको टिकट बेच्ने जिम्मा पत्नी माइले उठाउँथिन् । जीवनको उत्तराद्र्ध साल्सबुरीमा गई बिताए, पत्नीसँग आनन्दले । त्यहीं उनको निधन सन् १९३० को जनवरी २६ मा भयो । एलीजस्तै उनी पनि निमोनियाग्रस्त थिए ।

महाराजको मन
हरि सिंह जम्मु र कास्मिरका महाराजा अमर सिंह जमवालका पुत्र हुन् । अमर सिंहको मृत्युको समय उनी १४ वर्षका थिए । ब्रिटिश सरकारले नाबालिग हरि सिंहको अभिभावकत्व ग्रहण गर्न एच.के. ब्ररारलाई भारत पठायो । हरि सिंहलाई उच्च शिक्षाको निम्ति बेलायत बोलायो । बेलायतमा रहँदा हरिले अति मोजमज्जा गरे । सन् १९२१ मा एकजना वेश्याले तीन लाख पौण्ड माग्दै हरि सिंहलाई ब्ल्याकमेल गरेपछि जीवनशैली छताछुल्ल बन्यो । यो मुद्दा बल्ल सन् १९२४ मा ब्रिटिश सरकारले सल्टाउन सकेको थियो ।

सन् १९२५ मा महाराजा प्रताप सिंहको निधन भयो । काकाको निधनपश्चात् हरि सिंह जम्मु र कास्मिरको महाराज बने । त्यसबेलासम्म तीनपटक बिहे  भैसकेको थियो । पहिलो बिहे १८ वर्षको उमेरमा सन् १९१३ मा श्रीलाल कुनभर्बासँग गरेका हुन् । तर, दुई वर्ष नबित्दै गर्भवती भएकै बेला कुनभर्बाको निधन भयो । त्यसपछि चम्पा रानीसँग बिहे गरे । चम्पाबाट कुनै सन्तान नभएपछि सन् १९२३ मा धनवन्त कुन्भेरी बाइजीलाई बिहे गरी दरबार भिœयाए । महाराज बनेपछि धेरै सुधारका काम थाले । युवती अपहरण गरी जबर्जस्ती बिहे गर्नेलाई दिइँदै आएको सजाय दोब्बर पारे । प्राथमिक शिक्षा अनिवार्य बनाए । बालविवाहमाथि प्रतिबन्ध लगाइदिए । गाउँ पञ्चायत पञ्चायतको व्यवस्था गरे । सन् १९२८ मा तारादेवीलाई चौथो महारानी बनाए । उनैबाट पछि कास्मिरको गभर्नर बनेका राजनीतिज्ञ जो २०६२/०६३ सालको जनआन्दोलनताका नेपाल आएर राजा ज्ञानेन्द्रलाई भेटेका थिए, करण सिंहको जन्म भएको हो । 

एकपटक हरि सिंहले ब्रिटिश सरकारका प्रतिनिधि रेजिडेन्ट रेजिनाल्ड र उनकी पत्नी लेडी ग्लेन्सीलाई दरबारमा रात्रिभोज खान निम्तो दिए । रेजिनाल्ड दम्पतीलाई दिइएको सो रात्रिभोजमा कूल पाँच सय जनालाई निम्त्याइएको थियो । सबै पाहुना ठीक समयमा आइपुगे । रेजिनाल्ड दम्पती पनि । तर, महाराजको अत्तोपत्तो थिएन । पाहुना महाराजलाई पर्खी बसे । एक घण्टापछि बल्ल महाराज सभाहलमा प्रवेश गरे । त्यो पनि सिकारीको पहिरनमा । घाँटीसम्म बटम लगाइएको कोट, घुँडासम्म कसिएको बुट । जुत्तामा हिलैहिलो । दरबारबाट अलि टाढाको पोखरीमा माछा मारेर फर्किएका । महाराजाले ढिलो भएकोमा रेजिनाल्डसँग क्षमा पनि मागेनन् । रेजिनाल्डले सोचेका थिए, दरबार पुग्दा उनको स्वागत महाराज स्वयंले गर्नेछन् । सोचेअनुसार केही नभएपछि रेजिनाल्ड दम्पती ठुस्स परे ।

महाराजलाई रेजिडेन्ट तथा अन्य पाहुनासँग परिचय गराइयो । उनले सबैसँग हात मिलाए । रेजिडेन्ट औपचारिक पोशाकमा थिए, सुनको टाँक र तक्माहरु लगाएर पुगेका । भारतीयहरु प्रायःले पाइजामा लगाएका, केही कोट पाइन्ट र सेतो टाइमा । इन्दौरका महाराजा तुकोजी राव र पुँछ नरेश राजा पी. सिंह पनि उपस्थित थिए । उनीहरू कल्की र हिरा जवाहरातजडित पोशाकमा । सभाकक्षलाई विशेष प्रकारले सजाइएको थियो तर महाराज भने त्यति खुशी देखिन्नथे । शुरुमा रक्सी र जलपान गराइयो, त्यसमा महाराजा सम्मिलित भएनन् । त्यसपछि पाहुनाहरु भोजनकक्षमा प्रवेश गरे । त्यहाँ पाँच सय जनाको लागि कुर्सीको व्यवस्था थियो । महाराजका लागि सुन र चाँदीबाट निर्मित कुर्सी थियो । दायाँतर्फ इन्दौरकी महारानी शर्मिष्ठादेवी (नैन्सी मिलेर, जो अमेरिकी हुन्) विराजमान थिइन् । बायाँतर्फ महारानी तारादेवी । तारादेवीको दायाँतर्फ रेजिडेन्ट रेजिनाल्ड र उनकी पत्नी ग्लैन्सी, त्यसपछि तुकोजी महाराज । 

पाहुनाको मर्यादाक्रमअनुसार सुन र चाँदीको थालमा खाना पस्किइयो । सबै पाहुनाको सामु थाल सजाउँदैमा आधा घण्टा बित्यो । परम्पराअनुसार महाराजले खाना नछोएसम्म अरुले छुँदैनथ्यो । महाराजले खान थालेपछि उनैले पाहुनालाई शुरु गर्न इशारा गर्थे । सबै यसै समयको प्रतीक्षामा थिए तर अचानक महाराज उठे र भने, ‘मलाई भोक लागेको छैन ।’

त्यति भनी कोठाबाट बाहिरिए । पछिपछि सबै भारतीय पाहुना उठेर गए । भोजनको अर्को व्यवस्था थिएन । भोकले रन्थनिएका रेजिनाल्ड दम्पती अपमान सहेर कोठा फर्के । भोलिपल्ट महाराजलाई कुनै सूचना नदिइकन कास्मिर छाडे । उनले घटनाको सम्पूर्ण विवरण भाइसरायलाई सुनाए । भाइसरायले ब्रिटिश सम्राट जर्ज (पञ्चम) लाई सूचना दिए । भारतमा रेजिडेन्टको पद राजदूतको भन्दा माथि थियो । रेजिडेन्ट ब्रिटिश महाराजाका प्रतिनिधि मानिन्थे । जर्ज (पञ्चम) को आदेशानुसार भाइसरायले महाराज हरि सिंहसित स्पष्टीकरण मागे तर उनले कुनै जवाफ दिएनन् । जम्मु–कास्मिरका अन्तिम महाराजाको निधन सन् १९६१ मा भयो । जम्मु र कास्मिरमा राजतन्त्र उन्मुलन भने सन् १९५२ मै भइसकेको थियो ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top