​घुसको कति हिस्सा लाँदैछ भारतले ?


Friday, 18 May, 2018 4:53 PM

  • संकेत कोइराला

स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन थियो । विदेशीले स्वामीतर्पm हात पैmलाउँदै भने– ‘हेल्लो ।’ स्वामीको उत्तर थियो– ‘नमस्ते ।’ स्वामीलाई अंग्रेजी भाषा कठिनाइ भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञासा राखे– ‘आप कैसे हें ?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए–‘आइएम फाइन, थ्यांक यू ।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन्– ‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञासा राख्दा अंग्रेजीमा जवाफ दिनुभयो । यसको रहस्य के हो गुरुदेव ?’ शिष्यलाई शान्त पार्दै गुरुले जवाफ दिए– ‘जब तिमीले आफ्नी आमाको सम्मान ग¥यौ, मैले पनि मेरी आमाको सम्मान गर्नु आफ्नो कर्तव्य सम्झिएँ । जब तिमीले मेरी आमाको सम्मान ग¥यौ, मैले पनि तिम्री आमाको सम्मान गरेको हुँ । यसमा अन्यथा लिनुपर्ने अरु कुनै कारण छैन ।’ 

स्कुले ठिटोदेखि विश्वविद्यालय पढेको कुनै नेपाली नागरिकको बायोडाटा हेर्ने हो भने नेपाली भाषापछि लेख्ने, पढ्ने, बुझ्ने भाषाको महलमा हिन्दी उल्लेख भएको हुन्छ । भगवान्लाई खुशी पार्ने श्लोक, शंख, घन्ट, तस्वीर उतैबाट आयातीत हुने सबैले बुझेको सत्य हो । हरेक नेपालीले रामायणको अरुण गोविल र दीपिकालाई राम र सीताको स्वरूपमा पूजा गर्छन् । नेपालीले लगाउने सजिलो भित्री बस्त्र गन्जी, कट्टु जुनसुकै मुलुक पुगे पनि भारतमा बनेको बाहेक अरु उत्पादनमा कसैको विश्वास नै छैन । झुम बराबर झुम शरावीको रमाइलोमा होस् या लोग्ने स्वास्नी ठाकठुक पर्दा टेन्सनको पारो घटाउन हिन्दी गीत गजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ । बिहे, भोज, पिकनिकमा हिन्दी ¥याप नहानेसम्म रमाइलोले प्रवेश नै पाउँदैन । घरमा कोही विरामी भए भने औषधोपचार र केबुलको किस्ताबन्दीमध्ये केबुलको पैसा पहिलो प्राथमिकतामा पर्छ । हिन्दी सिरियलका कलाकारलाई १३ दिने परिवार र रगतको साइनोलाई मिथकको पात्र बनाउने पुस्ता समाजमा अझ सशक्त हुँदै छ । हिन्दी सिरियलको मोहका कारण पारिवारिक महŒवाकांक्षा मिलाउन नसक्दा एउटै घरमा ४, ५ वटा टेलिभिजन सेट खरिद गर्ने परिवारको संख्या हजारौं पुग्न सक्छ । केबुल व्यवसायीले हिन्दी टेलिभिजन च्यानलको प्रसारण शुल्क वर्षदिन अघि नै अग्रिम भुक्तान गर्छन् तर नेपाली टिभी च्यानलका मालिक अदालतको तारिख धाएजस्तै केबलवालाका घर धाइरहेका हुन्छन् । टोलमा खाली सिसी पुराना कागज बटुल्ने देखि साइकलमा तरकारी बोकेर हिँड्ने सामान्य व्यापारीसंग ब्रोकन हिन्दीमा कुरा मिसाउनु आम गृहिणी र बच्चाको सोखजस्तै बनेको छ । वास्तवमा भारत देश नभएर भारतीय सभ्यता र संस्कृतिको नाम हो । भारतसंग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासंगको आग्रहपूर्ण उठबस र मिसावट हुँदै होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई घृणा गरेर डोनाल्ड ट्रम्पसंगको समीकरण सतप्रतिशत अप्राकृतिक हुन्छ ।

मोदीे र एउटा सामान्य नेपालीको जीब्रोले खोज्ने मिठास एउटै हो । पुज्ने भगवान एकै हुन् । दृष्टि उही हो । देख्ने सपना उस्तै हो । बा–आमाप्रतिको भक्तिभावदेखि पितृकर्मका बाटाहरू समान हुन् । धाम एउटै हो, कामको तौरतरिका उही हो । मानिसको जीवनमा तीन महŒवपूर्ण निर्णायक घडी हुन्छ– जन्म, विवाह र मृत्यु । यसको व्याकरणसमेत एउटै हो । यी सत्य जान्दाजान्दै पनि आग्रहको पहाड ठड्याएर कुन स्वाभिमानको धरहरा बनाउँदै छौं ? १६ वर्षसम्म हुन नसकेको भारतीय सरकार प्रमुखको नेपाल भ्रमणको पर्दा यिनैले च्यातेका थिए । फलाम बाहिरी दबाब र प्रभावमा सकिने होइन । उसको अन्त्य ऊभित्रकै खियामा निर्भर रहन्छ । जब घरभित्रको समस्या मिलाउन छिमेकी गुहार्छौं भने राष्ट्रिय स्वाभिमानको मृत्यु त्यहाँबाट शुरु हुन्छ । मानिसको जीवनमा सबैभन्दा ठूलो अँधेरी रात भनेको अज्ञानता हो । मानस, बुद्धि, चिन्ता र अहंकारको उडान मिलाउन नसक्दा असफल हुने हो । मोदीको छायाँ देख्न नचाहने पनि उनको हरेक पाइलाका सिआइडी बन्ने गरेका छन् । भारतीय नेतालाई गाली गर्नु नै राष्ट्रप्रेमी नेपाली नागरिक हुनुको अन्तिम कसी होइन भने हरेक नेताको पहिलो शर्र्त आफ्नो माटोप्रतिको स्नेह हो । जुन पथ मोदीको पाइला पाइलामा देखिन्छ । ३६ घण्टा नेपाल बस्दा मोदीले ३६ सेकेण्ड पनि आफ्नो स्वार्थमा खर्चिएनन् । नयाँदिल्लीको तातो भुँग्रोबाट जनकपुर झरेका उनी काठमाडौंको पहाडी मौसममा आइपुग्दा थोरै पनि ओइलाएनन् ।

शारीरिक थकानलाई इच्छाशक्तिको डोरीले ताने । रातमा तीन घण्टा मात्र सुत्ने यिनको दिमागलाई चुम्बकभन्दा फरक पर्दैन । जनकपुर, काठमाडांैको अभिनन्दन समारोहमा मञ्चमा रहेका आयोजकको एक एक गरेर पटक पटक शुद्ध नाम उच्चारण गरे । मिथिलाको इतिहास, धार्मिक, साँस्कृतिक महŒवलाई विज्ञानमा जोडेर साहित्यिक रस घोल्दै रसपान गराए । काठमाडौं उपत्यकावरपर रहेका चन्द्रागिरि, शिवपुरी, बागमती नदीको उद्गम बागद्वारको वर्णन गरे । भक्तपुरे माटोका भाँडा उद्योग, स्वयम्भूस्थित बुद्धभूमिको सिंढी, पाटनको ढलोट शिल्प, नेपाली कागजको उत्पादनदेखि लिएर सन्दीप लामिछानेको भविष्यसम्म उनको चासो देखियो । निजी सचिवाले जतिसुकै शक्तिशाली भए पनि यस्तो बान्की मिलाएर अद्भूत भाषण गर्ने क्षमता दैवी वरदानबाट मात्र सम्भव छ । चारपटक प्रधानमन्त्री भएका शेरबहादुर ‘देउपा’को शुद्ध थर देउवा भनेर थाहा पाउन जनताले दशकौं कुर्न प¥यो । एकाध दर्जन आसेपासे बाहेक नेपालका नेताले सहजै नाम लिएर बोलाउन सक्ने कमै मानिस होलान् । सन्दीप क्षेत्री, पारस खड्का क्रिकेट खेलका उम्दा नेपाली प्रतिभा हुन् भन्ने अघिल्लो पुस्ताका नेताको हार्डडिस्कमा कमै पसेको होला । भारतका तात्कालिन राष्ट्राध्यक्ष डा. राजेन्द्रप्रसाद यस्ता प्रतिभावान थिए, जो दुई विषयको परीक्षा एकैपटक दिन्थे । सवा अरब जनसंख्याको व्यवस्थापकीय जिम्मेवारी लिएका मोदीको त्यो अध्ययनशील प्रतिभाको दशौं अंश हाम्रा नेतामा भइदिएको भए त्यो देशको सम्पत्ति हुने थियो । जापानी कहावत छ– ‘सात पटक खस र आठ पटक उठ ।’ 

मोदीले लगाएको नाकावन्दी सकारात्मक प्रतिशोध नभएर धारेहातमा सीमित हुँदा हाम्रा गुनासाका आयतन खुम्चिनु साटो बढ्दै गएका छन । हामी दिनप्रतिदिन यस्तो बैंकको खोजीमा हिँडेको ग्राहक भएका छौं, जहाँ आँसु धरौटी राखेर दुई थोपा खुशी ऋण लिन पाइयोस् । यो संसारमा आजसम्म यस्तो प्लम्बर जन्मिएको छैन, जसले आँखाको डिलबाट झरेको आँसु फेरि आँखामै सार्न सकेको होस् । मोदीलाई गाली गर्नुअघि त्रियान्नब्बे रुपैयाँको सामान किनेर सात रुपैयाँको माल बेच्ने आफ्नो औकात हेर्न जरुरी छ । माटो खोस्रेर अन्न नरोपी खाडीको बाटो रोज्ने पुस्ता नेपालमा जन्माएको कसले ? विकासका नाममा दशकौं सडक खाल्डो पारेर धुलो, धुवाँमार्पmत दीर्घरोग उपहार बाँड्नमा मोदीको कति हात छ ? आफ्नै दाजुभाइसँग दर्ता, चलानी, राजश्व असुल्दा समेत घुस नखाई मसी नचोब्ने कर्मचारीबाट भारतले कति प्रतिशत लिन्छ ? मासुभातमा अनुदान दिएर एउटा स्वस्थ जनशक्ति तयार गर्नु सट्टा ओखती बाँड्न आतुर हुने नीति निर्माता नेपाली हुन् कि भारतीय ? आमाको गर्भमै सीप बोकेर आएका विश्वकर्मा बाबाका सन्तानहरूलाई शोषणको नाम दिएर शहरमा लगी भरिया बनाएको कुन दर्शनले हो ?

शायद ती कर्मवीरलाई सन्काएर पथभ्रष्ट नगरिदिएको भए आज शहरमा न श्रेष्ठ टेलरिङ जन्मन्थ्यो, न क्षेत्री बाहुनका छोरीबुहारी बुटिक मालिक भएर देखा पर्थे । रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ । नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुखीआत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ । मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन् तर कमल दलदल हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन । पिपलले कहिल्यै रूखो चट्टान भनेर गुनासो गर्दैन । त्यसलाई फोरेरै उम्रन्छ । मनैदेखि नआँट्नेहरूले मात्र बहाना बनाउने हुन् । अरुको अग्लाइको हिसाब गर्दागर्दै आपूm होचिएको पत्तै नपाउने अवस्था आइसक्यो । मोदीले उत्पादन गरेर पठाएको कोदोको रक्सी धोकेर मोदीलाई गाली गर्दा उनकै आयु थपिने हो । संस्कार, संस्कृति र धर्म विनाको म हुँ कसैले भन्छ भने त्यो जस्तो ढोंगी, पाखण्डी र रोगी मानिस संसारमा कोही हुँदैन । नेपालका नेता आफ्ना परिवारका सदस्य लिएर मुक्तिनाथ, पशुपतिनाथ, हलेसी, खप्तड किन जान सक्दैनन् ? पूजा आस्थाको हुन्छ, पाखण्डको हुँदैन । धर्म निरपेक्ष भनेको आफ्नो घरमा आगो लगाएर अरुको घरमा लागेको आगो निभाउन कुद्नु भनेको होइन । यदि यो देशका मुखियाहरू विवेकी हुने हो भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मानसरोवर यात्रामा निस्कने आफ्ना प्रदेशका जनतालाई एक लाख भारतीय रुपैयाँ अनुदानको घोषणा गरेको पढुन् । मोदी नामको फलाम तातेका बेला मुक्तिनाथ जाने भारतीय तीर्थयात्रीलाई २५ हजार रुपैयाँ व्यवस्था गर्न कूटनीतिक दबाब दिने हो भने एउटा भारतीयले चालीस हजार नेपाली रुपैयाँ खर्च गर्दा त्यो आय हाम्रालागि कति खुदो हुँदो हो ! 

मोदी नामको जहाज छुटेर कहाँ पुगिसक्यो, अब यहाँ दन्तबझान शृंखला शुरु भएका छन् । दुई नम्बर प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री ओलीविरुद्ध विषवमन थालिएका छन । यही विषयलाई कथा, कुथुङग्री बनाएर सत्ता दाउपेचका बहसले ठाउँ पाउन थालिसक्यो । प्रचण्डलाई ओलीविरुद्ध उकास्ने कर्म थालनी भइसक्यो । अमेरिकामा एउटा बच्चाको टाउकामा जुम्रा भेटियो भने शिक्षा नीतिमा कमजोरी रहेको ठानेर सरकारले समीक्षा शुरु गर्छ । राज्यको मन्त्रीसरह जिम्मेवारी पाएको व्यक्तिले गर्ने भाषण कसले तयार गर्छ ? भिभिआइपी, भिआइपीले सार्वजनिक ठाउँमा गएर बोल्ने विषयको अन्तिम कसी के हो ? राष्ट्रिय झण्डाको आकारप्रकार कस्तो हुनुपर्छ ? कसले सिउँछ ? सिलाइ र झुन्ड्याउने प्रक्रिया कस्तो हुन्छ ? यदि जनकपुरको कालिगढले सिलाएको हो भने त्यहाँ सीपको खाँचो रहेछ भनेर यस विषयमा रातारात नागरिक शिक्षा दिनुपर्ने होइन र ? काठमाडौं हुन्जेल कार्ल माक्र्सलाई देउता मान्ने अनि जनकपुरमा मोदीको छायाँ परेपछि मिथिलाको लोरीमा रमाउने त्यही हो ठूलो मानिस हुनुको धर्म ? सत्य, चन्द्र र सूर्य यस्ता शक्ति हुन्, जो छिनभर मात्र छोपिन्छन् । 

भारतीय सञ्चारमाध्यम मोदी नेपालमा किन अलोकप्रिय हुँदै गए भनेर कारण खोज्न मस्त थियो । नेपाली मिडिया विज्ञापनको मुहान सुक्ला भनेर मोदीको देवत्वकरण गरिरहेको थियो । मार्टिन लुथर किंग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जेसुकै गर तिमी अघि बढ्नुपर्छ ।’ हो, ओछ्यान लागेका, चार बीस काटेकाहरूमा कुर्सी मेनिया लागेको छ । विश्वको राजनीतिक ढाँचा कायाकल्प हुँदा एउटै व्यक्ति ढ्याक बनेर उपस्थित छ । सात दशकको अविराम संघर्षपछि प्राप्त संविधान उनीहरूका लागि कपाली तमसुक जस्तो भएको छ । राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का उनीहरूले एकरत्ति राखेका छैनन् । भारतले खायो, निल्यो, सक्यो भन्ने आतंकलाई राजनीतिकर्मीले वर्षौंदेखि भोट बैंकको एउटा भरपर्दो अंकुश बनाएका छन् । नेपालको जलविद्युत् आफ्नै पहुँच र लगानीमा मात्र बनाउँछु भन्ने कानुनमा लेख्न कसले छेकेको छ ? असरल्ल नियम कानुन बनाउने अनि रिङ बाहिर जानासाथ राष्ट्रियताको खोटो खाँडो जगाउने ? 

साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान गौतम बुद्धले भन्नुभएको छ– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उच–नीचबाट माथि उठ्नु आवश्यक छ । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top