​हावा कुराको पछि लागेर के हुन्छ ?


Friday, 18 May, 2018 4:48 PM

०७२ साल असोज ३ गते संविधान जारी भएपछि भारत सरकारको सहयोग र भूमिकामा लगाइएको १२५ दिने अमानवीय नाकाबन्दीलाई फेरि नेपालीले सम्झेका छन् । सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको सार्वभौम मुलुकले कसैको अनुमति लिएर आफ्नो संविधान निर्माण गर्नुपर्ने कारण नभए पनि भारतको परम्परागत दादागिरी पुनः प्रकट भयो । मुखले पटक–पटक ‘सहयोग गर्ने र आफ्नो निकट मित्र देश’ भन्ने गरे पनि ‘दिलदेखि’ सहयोग गरी नेपाली जनताको मन जित्ने काम आजसम्म भएन । अन्तर्राष्ट्रिय कानुन र सन् १९४५ मा गठित संयुक्त राष्ट्रसघीय बडापत्रको प्रस्तावना र भावना अनुकूल थिएन । 

आफूकहाँ आएको पाहुनालाई मीठो–मसिनो खान दिएर स्वागत र सत्कार परम्परागत संस्कृति नेपालीको हो । यसमा तात्विक परिवर्तन गर्नुपर्ने आवश्यकता पनि समाजले महसुस गरेको छैन । शहर बजारका नयाँ घर निर्माण क्रममा इँटा–बालुवालगायत निर्माण सामग्री ल्याउँदा विरोध–अवरोध गर्ने सामान्य घटना देखिन्छन् । तर, घर बनेपछि लगाइने गृहप्रवेश पूजाको दिन सोही छिमेकीलाई नछुटाई बोलाएर जल, प्रसाद खान दिने चलनै हो । 

सामान्यतया राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखहरूको औपचारिक भ्रमण केन्द्रीय राजधानीबाट गरिन्छ । मोदीको यो भ्रमण त्यस्तै अपवादमध्येको हो । भारतीय जनसंख्याको तुलनामा नेपाली जनतामा शिक्षा, राजनीति र विश्लेषणको स्तर, ज्ञान एकदमै धेरै छ । ८० प्रतिशत हिन्दू भएको देशमा संविधानमै धर्म निरपेक्षता लेखिएको छ र धार्मिक भावनालाई भारतमा जस्तै हतियार बनाएर खेल्न खोज्ने कमल थापालगायतका पार्टीको कन्तबिजोग भएको छ । ०४६ सालपछि कम्युनिस्ट सत्तामा आए गोली हानेर मार्छन् भनियो, ०५१ सालमा कम्युनिस्ट नै पहिलो पार्टी बन्यो । ०७४ सालमा कम्युनिष्टले जिते रून पनि दिँदैनन् भनियो तर जनताले लगभग दुईतिहाइ स्थानमा विजयी गराइदिए । यस्ता ताजा घटनाको विश्लेषणबाट नेपाली जनता आफूलाई लागेको विचार, दल वा शक्तिलाई छान्न पूर्णरूपमा स्वतन्त्र र सक्षम छन् भन्ने देखिन्छ । ‘सौं करोड जनकपुरको देंगे’ भन्दै मधेशको समृद्धि, विकास र उन्नतिमा लागि परेको देखाउन खोजिए पनि पुरस्कार र ‘सुपारी’ हो भन्ने यो लालबाबुको भक्तिप्रति बुझ्न गाह्रो पर्दैन । जसमा कुनै वैचारिक दम छैन । त्यसलाई छिमेकीकहाँ जाँदा गरिने उत्कृष्ट स्वागतको विभिन्न रूपमध्येका एउटा रूपमा मात्र बुझ्नु उचित र सही हुनेछ । कुनै कार्यक्रममा टोपी लगायो कि धोती भन्ने कुराले राष्ट्रियता बलियो र कमजोर हुने होइन । पञ्चायतकालभरि पञ्चायती शासकले दौरा सुरुवाल र टोपीको संस्कृतिलाई अनिवार्य गरिदिएका थिए । के त्यसले नेपाली राष्ट्रियता बलियो भयो ? के त्यसप्रकारको संस्कृतिले नेपालीबीच राष्ट्रिय एकता देखियो ?

– अधिवक्ता प्रेमराज सिलवाल


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top