​त्यता मात्रै टाल्ने तयारी


Friday, 4 May, 2018 12:35 PM

वैशाख २८ गते भारतीय पाहुना नेपाल आउने निश्चित भएको छ । तर, यताचाहिँ ‘जब भयो राति अनि... ताती’ भनेझैं उनको भ्रमणलाई लक्ष्यित गर्दै सडकमा अलकत्रा पोख्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि गाडीमा बसेर हायात होटल गई चेक इन गर्ने तयारी छ । त्यही कुरालाई मध्यनजर गर्दै धमाधम होटलको गेटसम्म गौशालादेखि बाटो पोत्ने काम शुरु भएको छ । खाल्डाखुल्डी टाल्ने, डोजर लगाएर पेल्ने कामलाई वर्षातले केही समस्या पारे पनि निरन्तरता दिइएको छ । तर हायातदेखि पूर्वपट्टिको बाटोको भने बेहाल छ । धुलो, खाल्डो र स्थिति यति दयनीय छ कि बौद्धसम्म पुग्दा नै जो कोही हैरान हुन्छ । 

कथम्कदाचित विप्लवका कार्यकर्ताले कालो झण्डा देखाउने भए वा यस्तै अवस्था आइपरेर सुरक्षाकर्मीले बाटो डाइभर्ट गर्नुप¥यो भने के हुन्छ ? त्यसमाथि मोदीको गाडीबाट निस्केर जनतासँग हात मिलाउँदै हिँडिदिने, सर्वसाधारणलाई भेट्ने अनौठो स्वभाव पनि छ । यस्तोमा उनले के सोच्लान् ? ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन्, अरुतिर भने उस्तै रहेछ’ भन्दैनन् ? यसैबीच आगामी साउनमा घर जाने तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बंगलादेश, भारत र चीनको प्रधानसेनापतिलाई नेपाल बोलाउने र आफू पनि एकपटक त्यता जाने तयारी थालेको बुझिएको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Public Notice
Top