​खुट्टा त ताछ्नुभो नि कमरेड


Friday, 4 May, 2018 11:33 AM

  • नरेन्द्रजंग पिटर 

आँधियों के इरादे तो अच्छे न थे,
ये दिया कैसे जलता हुआ रह गया
– वसीम बरेलवी 

सरकारी कम्युनिस्टहरु राजनीति ‘जीवनका लागि’ भन्दै, सुविधा–राजनीतिका तर्क कोरल्दै ‘समाजवादी’ यात्रामा छन् । ९ गते राष्ट्रिय सभागृहको संयुक्त कार्यक्रममा एमाले–माओवादी केन्द्रको ब्यानर र फोटो प्रकरण राजनीतिक प्रहसन मात्रै बनेन, एकताको चित्र र चरित्रमा मनोयुद्धसमेत देखा प¥योे । सूचना, प्रविधिको विकास, पुँजीको भूमण्डलीकरण, कर्पोरेट राजनीति र विश्वमा बढ्दै गएको उग्रदक्षिणपन्थी रुझानले यस भूसंवेदनशील मुलुकको कम्युनिस्ट आन्दोलनमा पारेको प्रभावलाई ध्यान दिइएन । बयोवृद्ध कांग्रेसी नेता केबी गुरुङले यसबीच आफ्नो केन्द्रीय समितिमै सिद्धान्तहीनताको अवसरवादी खेलबारे जोडदार कुरा उठाए । त्यसैले भन्नुपर्छ, ‘हामी अहिले वैचारिक प्रतिक्रान्तिको दौडमा छौँ ।’ 

 असोज १७ गतेको पार्टी एकता प्रक्रिया घोषणापश्चात आमचुनावद्वारा स्पष्ट बहुमतप्राप्त एमाले अध्यक्ष एवं भावी प्रधानमन्त्री केपी ओलीले शपथग्रहण नगर्दै (१५ मंसिर) एउटा अन्तर्वार्तामा भने १) साम्यवाद रमाइलो कल्पना मात्रै हो । २) जनयुद्ध सैद्धान्तिक भूल थियो । ३) गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन । ४) एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुने छैन । ५) बल प्रयोग कुनै आधारभूत सवाल होइन । यी विषयमा माओवादी केन्द्र वा एमालेबाट न कुनै प्रतिक्रिया आए, न कुनै विमतिका स्वर नै सुनियोे । यसबाट भविष्यमा दुवै पार्टीबीच एकताका सैद्धान्तिक आधार यिनै हुन् भन्ने कुरा जगजाहेरै भयो । विकास र समृद्धिका नारामा पार्टी एकता गर्ने वाचा र अभ्यास गर्दै रहेका यी दुवै पार्टीले लेनिन जयन्ती र पार्टी स्थापना दिवसको संयुक्त कार्यक्रम गरे । तर, फोटो र ब्यानरको निहुँमा कार्यक्रम ४ घण्टा ढिलो मात्रै सुरु भएन, त्यसले अनेकांै सन्देश दिँदै समग्र प्रक्रियालाई तरंगित बनायो । 

प्रधानमन्त्री ओलीले इतिहास, विचार, सिद्धान्त, अन्तर्राष्ट्रिय जगत्, छिमेकी, प्रतिपक्ष, विद्रोही विप्लव समूहलाई समेत संबोधन गरे । समग्रमा त्यो ट्रेडमार्कीय कम्युनिस्ट हुनुको उद्घोष पनि थियो । तर, फोटो र ब्यानर प्रकरणमा देखाइएको ‘माओवादी’ चालालाई भने समग्रको वास्ता नगर्ने... तर अंशको भने चिन्ता गर्ने बेहोसीका रूपमा लिइयो ।

नाम, नारा र ब्यानरको ठूलो अर्थ, महŒव र सन्देश हुन्छ । जहाँसम्म वैशाख ९ को प्रसंग छ– एमालेले अभ्यासक्रममै लामो समयदेखि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दैनथ्यो । अध्यक्ष ओलीले अन्तर्वार्तामै ट्रेडमार्कीय कम्युनिस्ट भनिसकेकै हुन् । त्यसको विपक्षमा कुनै बहस, तर्क र विमति नदेखिएको सन्दर्भमा पहिलाका अभ्यासभन्दा फरक नहुनु स्वाभाविकै हुन्थ्यो । संसारकै कम्युनिस्ट पार्टीका औपचारिक सभा–सम्मेलनमा अन्तर्राष्ट्रिय गीत गाएर आफ्नो निष्ठा प्रयोग गर्ने चलनै छ । त्यो पनि नयाँ अभ्यासक्रममा तोडियो । जे छैन र हैन त्यसको नाटक गर्ने आवश्यकता नै छैन भन्ने अध्यक्ष ओलीको मंसिर १५ को भनाइकै सो निरन्तरता थियो र माओवादी केन्द्रद्वारा अनुमोदन पनि भएको हो । प्रधानमन्त्रीले आफ्नै शैलीमा चौतर्फी कटाक्ष मात्र होइन, माओवादी अध्यक्ष प्रचण्डलाई सेन्टिमेन्टल भन्नसम्म भ्याए । 

 जे सोचिएको थियो त्यो धङधङी फोटो विवाद बनेर मञ्चन मात्र भएको हो । प्रधानमन्त्रीले उमंग भर्न ‘हामीले मेलामा मित लाएको हो र ! अब त यस्तो अवस्थामा आइसक्यौं, खुट्टामा मिलेन भनेर जुत्ता नलाउने होइन, बरु खुट्टा नै ताछतुछ गरी सानो पारेर पो लाउने हो,’ ‘बिहेअघि दुलहालाई दुलहीको घर अर्कै लाग्छ, दुलहीलाई दुलाहाको घर अर्कै लाग्छ, बिहेपछि जब एकता हुन्छ त्यो घरको बाच्छोको पनि माया लाग्छ,’ भन्नुभयो । 

तर, एकता प्रक्रिया र अभ्यास नियाल्दा दुवै पार्टीमा २ जिम्वालबाजेले निर्णय गर्ने र रैतीले त्यसलाई बिनाछलफल स्विकार्न विवश हुने खतरा देखियो । लम्बिँदै गएको एकता प्रक्रिया र निराश बन्दै गएका कार्यकर्ता, व्यवस्थापन हुन नसकेका आन्तरिक कुराले नेतृत्वमाथि दबाब बढ्दै थियो । एकता हुने कि टर्ने भन्ने कौतहुलता थिए । सरकारको नेतृत्व गरिरहेका पार्टीबीच एकता नहोस् भन्ने पक्ष पनि हौसिँदै थियो । अर्कातर्फ शुभचिन्तक उदास बन्दै थिए, नेतृत्वप्रति आशंका बढ्दै थियो । त्यसैले माओवादी अध्यक्ष ‘ओलीजी र मैले कुरा गर्दा हुन्छ भनेको दिन हुन्न, भन्दै नभनेको दिन हुन्छ, हल्ला नै नगरेको दिन ड्याम्म एकता हुन्छ,’ भन्न विवश भए ।

यस पंक्तिकारले भने मंसिर २६गते नै सामाजिक सञ्जालमा भनेको थियो– हे, माओवादी केन्द्र र एमालेजनहरू ...न ज्यादा उत्साहित हौ, न ज्यादा चिन्तित । गठबन्धन रहला तर पार्टी एकता भने हुँदैन । वैश्विक संस्था, आइएनजिओ र ’र’ यति कमजोर छैनन् न आइएमएफ र विश्व बैंक । यो संवेदनशील भूगोलमा यी २ पार्टीबीच एकता हुन उनीहरूले नै दिने छैनन् । यी दुवै पार्टीमा अब सिद्धान्त, उद्देश्य र भूमिका केही फरक छैन तर दुवै संस्थाभित्र पलाएका महŒवाकांक्षा, कुण्ठा निकाल्नेछन् र कम्युनिस्टग्रन्थीले सिद्धान्त र इतिहासका कुरा बहस बनेर एकता हुने छैन । बहाना बन्नेछ ।’ 

नेतृत्वमा कविको हृदय, योद्धाको साहस र विचारकको विवेक भए मात्र नांगा आँखाले परिवर्तन देख्न, महसुस गर्न सकिन्छ । परिवर्तन पहिला सोचमा आएर मात्र भूमिका र प्रक्रियामा देखिन्छ । तथ्यलाई तथ्यले र तर्कलाई तर्कले काटदा मात्र विमति सहमतिका यात्रा हुन्छन् । तर, संसदीय कम्युनिज्ममा संख्याले मात्र महत्व राख्ने भएकाले त्यहाँ विचार अभ्यासको कुनै ठाउँ नभएर आवेग, भ्रम र कूटनीतिक खेल नै एकताकला बनिदिन्छन् । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर अफिसियल नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी एकता पनि आस र त्रासको पातलो डोरोले मात्र धान्न पर्ने अवस्थाबाट गुज्रिन्छ । त्यसैले अध्यक्ष प्रचण्डले एकताका लागि तेस्र्याएका शर्तमा सिद्धान्त, मान्यताका कुरा नभई– समानता, सम्मान र औचित्यपूर्ण’ विषय आशंका र भयको कोणबाट उठाइएका हुन् ।

जब सिद्धान्तको राजनीतिले आत्महत्या गर्दै जान्छ, पार्टीहरू अपराधीहरूका कर्तुतको ड्राई क्लिनर्स बन्दै जान्छन्, सामाजिक र वैचारिक अन्दोलन उठाउने नैतिकपुँजी र इच्छाशक्ति नेतृत्वमा हुँदैन तब माक्र्स खोपीका देवता बन्न पुग्छन्, संवेदनहीन फोटो र ब्यानर बहसको विषय बन्न पुग्छ तर त्यसले मूल्य र विचारधारालाई जीवित राख्न भने सक्दैन । तब उसका सामु खुट्टा ताछेर भए पनि एकता गर्ने उपाय मात्र बाँकी रहन्छ ।

कम्युनिस्ट आन्दोलनका माक्र्स, लेनिन, माओ र पुष्पलाल जीवित भए अहिले भएका, गरिएका अधिकांश बहस, क्रियाकलाप र अभियान नियालेर भन्ने थिए होलान्– ‘गर, जे गर... तर, हाम्रो नाममा भने नगर ।’ जोसँग जे छैन र जे हैन भनेर भनिसकिएको छ, त्यही आशा र अपेक्षा गरिनु त अझ विवेक नपु¥याउनु नै हो । ‘कमरेडहरू’.....एकता गर्ने नै भए खुट्टा ताछ्न त तयार हुनुहुन्छ ! कि ताछिने डरले ठूला जुत्ताको व्यवस्था गरिसक्नु भा’छ ! 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Public Notice
Top