लाज–गालले मात्रै त्यता बसेको हो

Wednesday, 25 Apr, 2018 12:00 AM

– अजम्बर राई काङमाङ, कम्युनिष्ट पार्टीका युवा नेता
अजम्बर राई काङमाङले पाएको चेतना, खेलेका भूमिका र दृष्टिकोणले पनि कम्युनिष्ट हुन् । तर, ०६९ सालपछिको पाँचवटा वर्ष उनले गैरकम्युनिष्टको परिचयसँग बिताए । एमालेबाट विद्रोह गरेर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा गए । त्यो पार्टी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिलेर संघीय समाजवादी फोरम बन्यो । गत प्रदेशसभा निर्वाचनमा भोजपुरबाट उम्मेदवार पनि बने । जितेनन् । चुनावलगत्तै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरे । एमाले छोडेर गएको मान्छे फर्किंदा एमालेसँगै एकताको तयारी भएको माओवादीमा किन पसे ? खटिएका उनी युथफोर्स जन्माउने युवा संघका अध्यक्ष पनि थिए । वैचारिक स्पष्टता र वाकपटुता अजम्बरका परिचय हुन् । तर, वैचारिक स्पष्टता भएकै मान्छे किन केही समय कम्युनिष्ट आन्दोलनबाट बिचलित भयो ? यो पनि अर्को प्रश्न बन्ने गरेको छ ।
० एमाले छोडेर जानुभयो । फर्किंदा माओवादी हुनुभयो । जाने र आउने बाटो किन फरक पार्नुभएको ?
– दुबै कम्युनिष्ट पार्टी नै हुन् । एकीकरणको पूर्वसन्ध्यामा छन् । एमाले छाडेर माओवादी हुँदै कम्युनिष्ट पार्टीमा पुनरागमन संयोगमात्रै हो ।
० पार्टी एकताको कुरा धकेलिँदै गएको छ । किन होला ?
– सिद्धान्त, नीति र कार्यक्रम मिलिसकेको छ । अब कार्यकर्ता र नेताको व्यवस्थापनमा अड्किएको छ । दुईभन्दा बढी पार्टी एकीकरणमा यही कुरा बढी पेचिलो र गम्भीर हुन्छ । यो गम्भीरता व्यवस्थापनको लागि जिम्मेवार नेताहरूले व्यक्ति व्यक्तिका बीचमा कुराकानी गरी निर्णय लिन स्वभाविक हिसाबले बढी समय लिन्छ । यसलाई धकेलिएको अर्थमा नबुझी एकीकरण अगावै सूक्ष्म व्यवस्थापन गर्ने अर्थमा लिनुपर्छ ।
० तर, ९ गते राष्ट्रिय सभागृहमा जुन होहल्ला भयो, त्यसले एकता भइहाल्छ भन्ने बुझिँदैन नि, हैन ?
– राष्ट्रिय सभागृहको होहल्ला राजनीतिक र वैचारिक नभई नितान्त प्राविधिक हो । ब्यानरमा विश्व कम्युनिष्ट नेताहरूको फोटो नराखिँदा प्रतिक्रियास्वरुप गरिएको प्राविधिक हल्लालाई एकतासँग जोड्नुहुँदैन । उठेका प्राविधिक समस्याहरूको समाधान तत्कालीन अवस्थामै भएको छ ।
० त्यो व्यानरमा विश्व कम्युनिष्ट नेताको फोटो नराखिनु एमाले पक्षको कमजोरी नै हो त ?
– होइन । एमालेले लामै समयदेखि प्रायः आफ्ना कार्यक्रमहरूमा विश्व कम्युनिष्ट नेताहरूको तस्बिर नराख्ने स्वीकृत अभ्यास गर्दै आएको छ । माओवादी साथीहरूले राख्नुहुन्छ । लेनिनको जन्मजयन्ती पनि परेको कार्यक्रममा उनको फोटो नदेखिँदा हल्का प्रतिक्रिया आएको हो ।
० बीचको पाँच वर्ष पहिचानको आन्दोलनमा अल्मलिनुभयो । पछि के महसूस गरेर पुरानै बाटोमा आउनुभएको ?
– यस आन्दोलनलाई दिशा र निकास दिनका लागि पाँच वर्ष खर्चिएको हुँ । पहिचानको आन्दोलनलाई वर्णसँग मात्रै जोडेर हेर्ने दृष्टिकोणलाई वर्गसँग पनि जोडिनुपर्छ भन्ने मान्यताले त्यहाँ क्रियाशील रहेँ । परम्परागत वर्गसंघर्षको मान्यताबाट मात्रै  उत्पीडनका समस्या हल हुँदैनन् । यस्ता समस्यालाई विशिष्ट परिस्थितिमा विशेषखालका कार्यक्रमहरूले मात्रै संबोधन गर्न सक्छ भन्ने मान्यतालाई राष्ट्रिय रुपमा स्थापित गर्न ऊर्जा खर्चिएको हुँ । पछिल्लो समयमा जातीय, क्षेत्रीय संकीर्णताले टाउको उठाउन थालेपछि वर्गीय मुद्दा गौण हुँदै स्थानीय अहंकारवादीहरूको हातमा पहिचानको मुद्दा जान थालेपछि यस्तो संकीर्णताबाट बच्न कम्युनिष्ट पार्टीमा फर्किनु उत्तम ठानेर आकस्मिक र अप्रिय निर्णय लिएको हुँ ।
० त्यत्रो वर्ष रगत–पसिना खर्चेको एमाले छाड्दा कत्तिको दुःखी हुनुहुन्थ्यो ?
– एमाले परित्यागका हाम्रा सामूहिक कारण थिए । भुइँतहका समर्पित कार्यकर्ता र प्रतिबद्ध मतदाताहरूलाई गुमाउनु पर्दा निक्कै दुःखी थिएँ । पछिल्लो कालखण्डमा एमालेले लिएका नीतिगत निर्णयहरूले परित्याग गर्दाका कतिपय एजेण्डाहरू स्वतः सम्बोधन गर्ने स्थिति बनेको छ । त्यसैले त्यतिखेरको दुःख अबका कर्मशील दिनहरूले हरण गर्नेछ भन्ने विश्वास छ ।
० अहिले पनि एमाले र माओवादीबीच जबज, जनयुद्धजस्ता विषयमा मतभेद छन् । तपाईं कुन पक्षको ?
– विवादित विषयहरूलाई टुंग्याउन दुबै दलका शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगिरहेको बेला नेपालमा कम्युनिष्टहरूलाई जनअनुमोदित हुँदै सरकारसम्म पु¥याउने मार्ग जबजले नै प्रशस्त गरेको हो । त्यस्तै, समाजमा थिचिएर रहेका सामाजिक र आर्थिक एजेण्डाहरूलाई सतहमाथि ल्याएर सम्बोधन गर्ने बिन्दुसम्म जनयुद्धले महŒवपूर्ण भूमिका खेलेको हो । दुबैको भूमिका समयसापेक्ष र महŒवपूर्ण छ । यसकै पृष्ठभूमिमा सबैलाई स्वीकार्य हुने उपयुक्त निर्णय नेताहरूले लिने छन् भन्नेमा ढुक्क छु ।
० तपाईं त ०४७ को माले–माक्र्सवादी एकता पनि देखेको मान्छे । एकतापछि फरक पार्टीका मान्छेहरू मिल्न कति मुस्किल हुन्छ ?
– पार्टी एकतापछि विभिन्न तहमा विभिन्नखालका पात्र, प्रबृत्ति र दृष्टिकोणहरू आउँछन् । कतिपय दृष्टिकोण तीक्ष्ण अन्तर्विरोधी र निषेधको स्तरमा पनि हुन्छन् । यस्ता अन्तर्विरोधलाई प्रणाली र सामूहिक नेतृत्व प्रणालीले घटाउनुपर्दछ । दोभानमा दुई नदी मिसिएपछि निकै परसम्म आ–आफ्नो धार र रंग बोकेरै बग्दछन् । निश्चित दूरी पार गरेपछिमात्रै ती एकापसमा एकाकार हुन्छन् । माले र माक्र्सवादी एकीकरणपछि पनि यस्तो महसूस गरिएकै हो । तर, व्यक्ति, सिद्धान्त, नीति र कार्यक्रमको व्यवस्थापनपछि व्यक्तिको क्रियाशीलता र श्रेष्ठताले एकीकृत दलभित्र आ–आफ्नो हैसियत बन्दै जाने प्राकृतिक नियम एकतापछि पनि लागु हुन्छ ।
० केही नेताको भूमिका संकुचित हुने, केही नेताले अवसर पाउने कुरा एकतापछि बढ्ला । यसमा कत्तिको चिन्तित हुनुहुन्छ ?
– व्यक्तिगत रुपमा मेरो भूमिका के हुने भन्नेमा फिटिक्कै चिन्तित छैन । एकतापछि विभिन्न कारणले नेताहरूको भूमिकाको संकुचन र फैलावटलाई स्वभाविक रुपमा लिनुपर्दछ । तर, आवधिक संकुचन र फैलावटलाई नै नीति र सिद्धान्तसँग जोड्ने मुख्र्याईं कसैले पनि गर्नुहुँदैन ।
० हिजो युवा संघको अध्यक्ष हुँदा तपाईंले युथफोर्स गठन गरेर माओवादीको वाइसिएलसँग भिड्नुभयो । आज उनीहरूकै पार्टीमा जानुभएको छ । के भन्छन् उनीहरू ?
– युथफोर्स र वाइसिएलबीचका तत्कालिन भिडन्तहरू त्यतिखेरका राजनीतिक उपज थिए । ती घटनालाई त्यतिखेरकै वस्तुनिष्ठ आँखाले हेर्नुपर्ने हुन्छ । बागमतीमा धेरै पानी बगिसकेको छ । अहिले आएर त्यतिखेरका घटनालाई उछाल्न आवश्यक छैन । म माओवादी केन्द्रमा प्रवेश गर्दा बधाई दिने पहिलो व्यक्ति वाइसिएलका तत्कालीन अध्यक्ष गणेशमान पुन नै थिए ।
० तपाईंले त्याग्नुभएको संघीय समाजवादीबाट कति नेता फर्किदै हुनुहुन्छ ?
– संघीय समाजवादीमा अधिकांश नेता, कार्यकर्ताहरू एमालेबाटै गएका हुन् । अहिले पार्टी एकीकरणको पूर्वसन्ध्यामा कम्युनिष्ट पार्टीमा फर्किन इच्छुक धेरै नेता–कार्यकर्ताले एकीकरणलाई पर्खिरहेका छन् । एकीकरणपछि उल्लेख्य संख्यामा फर्किने छन् । संघीय समाजवादीबाट मात्रै होइन, अन्य दलका नेता–कार्यकर्तासँग समेत कम्युनिष्ट पार्टीमा एकाकार हुने अनौपचारिक कुराकानी चलिरहेका छन् ।
० अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङहरूले के गर्लान् ?
– लाज–गाल र कृत्रिम दबाबले केही समय संघीय समाजवादीमै क्रियाशील रहेको देखाउनु उहाँहरूको राजनीतिक बाध्यता हो । ढिलो–चाँडो मूलधारको दलमा नआई सुखै छैन ।
० तपाईंहरूको बहिगर्मनपछि एमालेमा केही तल्लो स्तरका कार्यकर्ता स्वात्तै माथि पुगे । कतिपय हिँडिसकेका फर्किएर एमालेमै बस्दा अहिले मुख्यमन्त्रीसम्म बनेका छन् ।  यसरी सम्झिँदा धेरै अवसर मिस गरेँजस्तो लाग्दैन ?
– राजनीति सधैँ शून्यमा स्थीर रहँदैन । कोही व्यक्तिको बहिर्गमन, विद्रोह र प्राकृतिक मृत्युले राजनीतिलाई स्थीर राखिरहँदैन । मेरो वहिर्गमनपछि कमरेडहरूको पदोन्नतीलाई स्वाभाविक रुपमा लिएको छु । काजी मरेर काज पनि खाली रहन्न । भूमिका, स्थान र अरु विशिष्टताले व्यक्तिको जिम्मेवारी तलमाथि हुन सक्छ । केही साथीले पाउनुभएको ऐतिहासिक र युगीन जिम्मेवारीलाई स्वाभाविक रुपमा नै लिएको छु । अवसरको पछि लाग्ने हो भने त प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअगाडि नै कम्युनिष्ट पार्टीमा फर्किएर केही सार्वजनिक पद धारण गरिसकेको हुने थिएँ । तपाईंले मेरो कोटमा जनप्रतिनिधिको कुनै लोगो झुण्डिएको देख्नुभएको छ र ?
० एमाले साथीहरूसँग हिजोआज कत्तिको बातचित हुँदैछ ?
– सघन र नियमित बातचित भइरहेको छ । एमाले साथीहरूको मप्रतिको सद्भाव, सद्व्यवहार र शुभकामना हेर्दा निक्कै उत्साहित छु ।
० अहिलेको पार्टीले जिम्मेवारी के दिएको छ ?
– सचिवालय सदस्यको रुपमा क्रियाशील छु ।
० एकतापछि यस्तोचाहिँ जिम्मेवारी पाए हुन्थ्यो भन्ने लागिरहेको छैन ?
– माओवादी केन्द्रमा मेरो प्रवेश पदको हैसियतबाट निशर्त नै हो । एकतापछि पनि मेरो योग्यता, अनुभव र विशेषज्ञताको आधारमा उपयुक्त जिम्मेवारी पाउने नै छु भन्नेमा ढुक्क छु । कारणवस् जिम्मेवारी नपाए पनि अरुलाई गुन्द्री र पिरामा राखेर मलाई भुइँमै बस्न कुनै हिच्किचाहट हुने छैन ।
० जिल्लाबाट चेला–चपेटाहरू चुनाव जितेर आएका छन् । के अब तिनको कार्यकर्ता बन्ने ?
– समयभन्दा माथि र अघि कोही व्यक्ति जान नसक्दा रहेछन् । समयले मलाई ‘यस्तै गर्’ भन्ने निर्मम आदेश दिन्छ भने त्यो पनि सहर्ष स्वीकार छ ।
० जीविका कसरी चलाउने गर्नुभएको छ ?
– राजनीतिलाई उपार्जनको माध्यम बनाउनु हुन्न भन्नेमा शुरुदेखि नै सचेत छु । घर परिवारमा कसैलाई आर्थिक रुपमा हेर्नुपर्ने अवस्था छैन । बुबा बेलायत र नेपाल सरकारको दोहोरो पेन्सन खानुहुन्छ । तीनैवटी बहिनी शिक्षण पेशामा संलग्न छन् । श्रीमती महानगरपालिकाको उपनिर्देशक छन् । संयोगले म पनि अहिलेसम्म केपी ओलीजस्तै सन्तानविहीन छु । सन्तानप्रतिको आर्थिक जिम्मेवारी हामी बूढा–बूढीमा छैन । सानातिना लगानीहरू गरिएको छ, जसले आफ्नो गच्छेअनुसारको प्रतिफल दिइरहन्छ । सामान्यतया शहरिया, मध्यमवर्गीय दिनचर्या चलिरहेकै छ ।

सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top