​हाकिमको घरमा चेलीमाथि हैरानी


Friday, 20 Apr, 2018 12:00 PM

इज्जत हुनेलाई न हो बेइज्जतको डर ! जसको इज्जत छैन उसलाई बेइज्जतीको फिक्री पनि नहुँदो रहेछ । शिक्षित र सम्भ्रान्त परिवारभित्रै बुहारीमाथि दानवीय व्यवहार हुन्छ भन्दा पत्यार नलाग्ला तर नेपाल सरकारको सचिवबाट निवृत्त पाण्डेको घरमा बुहारीमाथि हरेक दिन मानसिक यातना र त्राडना हुन्छ । तर, १० वर्षदेखि एक चेली सासू, ससुरा, श्रीमान् र देवरबाट मानसिक प्रताडना बेहोरिरहँदा, पीडाको अजंगका पहाडबीच समेत सही रहेकी छन् । कारण हो, परिवारको प्रतिष्ठामा आँच नआओस् भन्ने उद्देश्यले । 

काभ्रेको एउटी चेलीलाई बुहारी बनाएर भिœयायो पूर्वसचिवको परिवारले । छोराका लागि १० वर्षअघि आमाबुबा नभएकी टुहुरी केटीको हात माग्न पुगे ती पूर्वसचिव । जसलाई माइतमा दाजुभाउजूको माया–ममताले राम्ररी हुर्काए–बढाए, पढाए । जसै बहालवाला सचिव आफ्नो जेठो छोरालाई अगाडि लगाएर कन्याको हात थाप्न गए । कुलघरानाकै ठानेर उनीहरूले आफ्नो चेलीलाई उनीहरूलाई दिए पनि । विवाह धुमधामसँग भयो । जसै ती चेलीको सिउँदोमा एक धर्काे सिन्दूर प¥यो यही कारण आज उनी बर्बादी भोगिरहेकी छन् । यस्तै वर्वादीको भुमरीमा परिन् उनी पनि । १० वर्षदेखि उनी मानसिक प्रताडना सहेरै बसिरहेकी छन् ।

सुरुदेखि नै उनको घर जम्न सकेन । कारण सासू–ससुराले बुहारीलाई दास सम्झिए । दाइजो नल्याएको कारण देखाउँदै हरदिन दिने मानसिक यताना त बेहिसाब थियो । बिहे भएको २ महिना नपुग्दै छुट्टै बस्न थाले । उनीहरूलाई तलको कोठामा अलग्गै बस्न भनियो । जेठो छोरा र बुहारी घरको पहिलो तलामा एउटा कोठामा बस्दै थिए । जसको मुख हेरेर विवाह गरेको हो त्यही बटारिएपछि के लाग्छ ? सबै सासू–बुहारी र सबैका श्रीमान्÷श्रीमतीबीच राम्रै सम्बन्ध हुन्छ भन्ने छैन । तर, त्यस्तो अवस्थामा कसरी मिल्ने ? छुट्टिएर बस्ने कि, आफ्नो तरिकाले व्यवहार चलाउने एउटा सहमति र निष्कर्ष निकाल्नुपर्ने लोग्ने २ महिनामै उनलाई छाडेर बाहिर–बाहिर बस्ने र १÷२ महिनाको अन्तरालमा कहिलेकाहीँ घर आउने गर्न थाल्छन् । यो रीत चल्न थालेको औंला भाँचेर ल्याउँदा १० वर्ष बितिसकेको छ । उनकै आफन्तीहरूको सहयोगमा यातायात व्यवस्था विभागमा सानो कर्मचारीको हैसियतमा जागिरे छिन् उनी । समाजमा प्रतिष्ठित मानिने परिवारभित्रकै एक परिवार यस्तो निस्कियो जसले बुहारीलाई कुनै इज्जत दिएन र दिन आवश्यक नै ठान्यो । वरपरका र भाइखलक सबैले सकेसम्म छोराबुहारी मिलाएर राखे हुने नभए पनि बुहारीलाई बेवास्ता त गर्न नहुने भन्दै आइरहेका छन् ।

आफ्नै दाजुभाइ र आफन्तले समेत बुहारीको राम्रो व्यवस्था गरिदेऊ भन्दा ती पूर्वसचिव छोरालाई लिएर आओस् अनि अंश दिउँला । त्यो को हो र म त्यसलाई मात्र अंश दिने ? छोरो घरमै देखा नपरेपछि बुहारीको रेखदेख हामीलाई के खाँचो ? सासूको नाममा छ घर किन दिने ? बस्छे भने स्याङ्जाको पुरानो घरमा गएर बसोस्जस्ता वाक्यद्वारा मुखभरिको जवाफ फर्काएर पठाउने गर्थे । उनको व्यवहारबाट सबै आश्चर्यचकित परेका छन् । देश चलाएर बसेको पूर्वसचिवले आफ्ना घरका श्रीमती र बुहारीलाई व्यवस्थित गर्न नसक्ने भनेर उनीउपर चर्चा हुने गथ्र्याे । घरभित्रको व्यवहार सम्झाउन जाँदा मुखभरिको जवाफ फर्काउने उनका दम्पतीलाई कसैले जित्न सक्दैनन् । यहीबीचमा करिब ४ वर्षअघि उनका सहोदर दाजु र भाउजू आफ्ना जेठा छोरा डिभी परेर अमेरिकातिर उडे । घर खाली थियो र घर कुर्नुपर्ने भएपछि उनलाई त्यही धापासीको घरमा ल्याएर राखियो । सबै सामान त्यही भएका कारण उनी आफ्ना केही सामान नलिई धापासीस्थित दाइको घरमा सरेर त्यही बस्न थालिन् । तर, लोग्नेको बास बाहिरै हुन्थ्यो । महिनाका एक/दुईपल्ट घरमा झुल्कन्थे । उनी आफ्नै जागिरले दिन चलाइरहेकी थिइन् ।

केही महिनाअघि अमेरिका पुगेका जेठा ससुरा फर्किए । आफूलाई समाजसेवी भन्दै हिँड्ने उनले बुहारीलाई मेरो घर भाडामा लगाउनुपर्ने भयो । कोठा खाली गरिदे भन्दै धम्क्याए । अमेरिका बस्ने छोरा बुहारीले समेत घर खाली गरेर त्यसलाई हटाएर भाडामा लगाउनू भनेका छन् भनेर दबाब दिए । ओरालो लागेको बाच्छालाई मृगले पनि खेद्छ भनेझैं आफ्नै सासूससुरा र श्रीमान्बाट अपहेलित उनका लागि जेठा ससुरा किन त्यति धेरै दयालु हुन सक्थे र ? त्यतिले मात्र पुगेन, छोरालाई फोनबाट हप्काउन पनि लगाए । लोग्नेले उल्टै फोन गरेर ‘तँलाई लाज छैन, अर्काको घर हडपेर बस्ने ? ठूलोबुबाको घर छाडेर बाहिर निस्की भनेपछि के गर्न सक्थिन् उनी ? धेरै वर्ष भइसक्यो भित्रबाट पीडित छु । अरू सहन नसकेर आत्महत्या नै गर्न पुग्छु कि भनेर जेठा ससुराको घर छोडेर कोठामा सरे । आफ्ना लगाउने लुगाबाहेक सामान त उसको केही थिएन । बालाजुमा एउटा कोठा खोजेर लत्ताकपडा, भाँडाकुँडाको जोहो गर्दै छन् । माइतीले दाइजोमा दिएको पलङ, दराज त छन् नि सिनामंगल घरमा तर अहिलेको कोठा सानो छ धेरै ठूलो कोठा लिएर भाडा तिर्न सक्ने हैसियत छैन त्यो पलङ कोठामा न अटाउला भनेर सानो पलङ किनेकी छन् । 

धेरैले सम्झाए उनको श्रीमान्लाई । आफन्तहरूको छेउछाउ नपर्ने । कसैले फोन गरेर श्रीमान्÷श्रीमतीसँगै नबसेर किन छुट्टाछुट्टै बसेको ? भनेर प्रश्न गर्दा उनी म त्यो सँगसँगै बस्न नसकेर त बाहिर बसेको । मसँग त्यसलाई दिने के नै छ र ? मैले घरको सम्पत्ति ल्याएको छैन । त्यसले चाहिँ भने डिभोर्स दिन्छु अरू दिने कुरा र गर्न सक्ने कुरा छैन । अरू त्यसले जे सक्छे गरोस् भनेर ठाडै कुरा गर्छन् । ती बिचरा अब न्याय माग्न जाने कि नजाने अब ? एउटी महिला भएर, एउटी श्रीमती भएर सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ कि छैन ? उनी सोझी, सहेर बस्ने र पूर्वसचिवको परिवारको इज्जतमा आँच आउन नपाओस् भनेर उसले जुन दुःख झेलेकी छन् कहिलेसम्म सहने ? यसको निकास के हो ? श्रीमान्कै नाममा श्रीमान्कै इज्जत जोगाउन १६ वर्षे यौवनदेखि आफूलाई सुम्पेकी अहिले मात्र ३६ वर्ष टेकेकी छन् ।

आफ्नो उमेर बचाएर, उसकै भर परेर कहिलेसम्म बस्ने ? उनको लोग्ने उनीसँगै किन बस्दैन ? किन सजिलै डिभोर्स दिन तयार छ ? उनको ठाउँमा अरू कोही महिला भएको भए यसरी सहेर धैर्य गरेर बस्न सक्थे कि सक्थेनन् ? ती सासू जसले बुहारीको कुनै मान्यता राख्दिनन् तिनी हिजो बुहारी भएर भित्रिँदाको अनुभव र एउटी महिलाको दर्द किन बुझ्न खोज्दिनन् ? ती सासूको हृदयमा बुहारी कसैकी छोरी हो भन्ने ममता किन पलाउँदैन ? त्यति मात्र होइन, उनका दुई जना देवर छन् । एक जना कान्तिपुर दैनिकमा आबद्ध छन् । उनले समेत भाउजूलाई तथानाम गाली गर्न र परी आए हात उठाउन बेर लगाउँदैनन् । कान्छा देवर इन्जिनियर । आठ महिनाअघि उनको बिहे भयो । आफ्नो बिहेमा समेत उनले आफ्नी भाउजूलाई सम्झन जरुरी ठानेनन् । श्रीमान्को साथ नपाए पनि ससुरा र देवरहरूको मायासमेत पाइनन् उनले । कसैले मिलाउने कोसिस गर्दैनन् । पूर्वसचिवको घरको एउटी बुहारी निरीह महिला, अपहेलित महिलाका रूपमा बाँचिरहेकी छन् ।

तनाव र अभाव झेलिरहेकी छन् । भन्छन् नि अन्याय गर्नुभन्दा अन्याय सहनु अपराध हो । एक दशकसम्म आफूले भोगेको मानसिक प्रताडना अब सहेर बस्ने स्थितिमा छैनन् उनी । आजसम्म उनी मौन थिइन् । अब विस्फोट हुनेछिन् ज्वालामुखी भएर । त्यतिखेर हाकिमको परिवारको हालत के हुने हो ? त्योचाहिँ हेर्न बाँकी छ । न्यायको खोजीमा उनी अदालतको ढोका ढकढक्याउने तरखरमा छिन् । आशा एवं विश्वास लिएकी छन् महिला अधिकार र समानताका लागि आवान उठाउने तमाम महिलाले उनलाई साथसहयोग र हौसला दिनेछन् । अन्यायविरुद्ध लड्नका लागि । न्यायका लागि । 

- पूर्वसचिव पीडितको आफन्त


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top