​सिंहदरबारमा करङ सहिद


Thursday, 12 Apr, 2018 3:42 PM

सस्तो लोकप्रियताका लागि मानिसले कतिसम्म अराजकतापूर्ण काम गर्छन् भने राणाले बनाइदिएको मुलुकको केन्द्रीय सचिवालयभित्र पश्चिमपट्टिको मूलढोका अर्थात् पृथ्वीनारायण शाहको सालिक भएपट्टि बाहिरैबाट हेर्दा लाग्छ कि कुनै कंकाल झुन्ड्याएर राखिएको छ ।

त्यता उभिएर हेर्ने हो भने हाडजोर्नी विशेषज्ञको कोठाझैं प्रतित हुन्छ सिंहदरबार परिसर जहाँ जताततै करङ र खोपडीका नमुना भित्तामा झुन्ड्याइएका हुन्छन् । सिंहदरबारलाई बाँसको खटले नौ महिनादेखि बाँधेको र प्लास्टिक पालले छोपेर राखेको देखिन्छ । वर्षा शुरु हुन लागिसक्यो । अब कहिले झरीले लडाउने हो त्यसको चिन्ता कसैलाई छैन । त्यसमा अहिलेसम्म ४ करोड लगानी भइसक्यो तर काममा प्रगति भने केही भएको हैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा यसअघिका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले त्यो कामको थालनी गरे र प्युठानबाट चुनाव लड्न गए । त्यसपछि आएका सिइओ युवराज भुसाललाई त्यता फर्केर हेर्ने फुर्सद भएजस्तो देखिँदैन जबकि उनको कार्यालय त्यही भवनको पछिल्लो भागमा छ ।

प्रश्न के हो भने भूकम्पले पु¥याएको क्षति र त्यसको पुनर्निर्माणमा भएको प्रगतिबारे छानबिन कसले गर्ने ? कति पीडितले घर बनाए ? त्यो हेर्न प्राविधिक गएका छैनन् । पहिलो किस्ता बुझेर काम गर्नेहरूको यकिन तथ्यांक नै छैन । त्यसबेला निवेदन दिने सात लाखमध्ये ६ लाखले पहिलो किस्ता प्राप्त गरेका हुन् । दोस्रो किस्ता माग गर्ने जम्मा १ लाख मात्र छन् । तेस्रो किस्ता माग गर्नेको संख्या २०/३० हजार हाराहारीमा मात्र रहेको प्राधिकरणसम्बद्ध स्रोत बताउँछ । बनेका पनि मापदण्डबमोजिमका छन् वा छैनन् भन्ने चासो कसैलाई छैन । स्वबासी भनिएकाहरूले पहिले जहाँ घर थियो त्यहीं बनायौं भन्छन् तर लालपुर्जा नै छैन । हाम्रो ताल नै यस्तो भएपछि विदेशीले कबुल गरेको सहयोग कसरी दिने ? के सधँै बैठक बसेर मात्र हुन्छ ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top