​ढुकुटी भरी छ


Thursday, 12 Apr, 2018 2:38 PM

सरकारले भर्खरै जारी गरेको श्वेतपत्रले कांग्रेसलाई पर्नु पीर परेको छ । अहिले कांग्रेसका केन्द्रीय सभापतिदेखि वडाका सभापतिसमेत यही श्वेतपत्रको विरोधमा छन् । श्वेतपत्रमा भनिएको छ – ढुकुटी त खाली छ । तर, कांग्रेस नेताहरूको दाबी छ, ढुकुटी खाली छैन, भरिएकै छ । सरकार झुठ बोलिरहेको छ । 

अस्ति एउटा पार्टीको कार्यक्रम थियो । राजनीतिक होइन । भोज खाने पार्टी । पार्टीमा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको उपस्थिति थियो । हातमा गिलास लिएर त्यहाँ पनि उहाँ श्वेतपत्रकै कुरा गरिरहनुभएको थियो– यो त श्वेतपत्र होइन रेडपत्र हो । ढुकुटी पूरा खाली छ रे ! कसले भन्यो खाली भनेर ? यस्तो झुट बोल्नुहुन्छ ?

‘ढुकुटी खाली छैन त सभापतिज्यू ?’ एक निम्तालुले प्रश्न राखे ।

‘ए बाबा...कसले खाली भन्यो र भन्या ? कहाँ खाली छ ढुकुटी ? पहिले राम्ररी ढुकुटी हेर्नु त प¥यो नि । हेर्दै नहेरी त्यसै खाली भन्ने ?’ उहाँको गाला रातो हुँदै आउन थाल्यो ।

‘हेर्दै नहेरी त भनेको होइन होला सभापतिज्यू...’ अहिले प्रश्न राख्ने शायद एमाले समर्थक होला । 

‘खै कहाँ हे¥यो ? मेरो घरमा आएर त हेरेको छैन । मेरो घरमा आएर हेर्नु न, ढुकुटी पूरै भरिएको छ । खाली कहाँ छ ? जसको ढुकुटी खाली छ त्यसको मात्र हेरेर त ढुकुटी खाली भन्नुभएन नि ! जसको भरी छ त्यसको पनि त हेर्नुप¥यो नि बाबा ! मेरो घरको ढुकुटी हेर्नोस्, अनि भन्नोस् न खाली छ कि भरिभराउ छ । ढुकुटी खाली छ भनेर त्यसै आरोप लगाउने ? हामी यो कुरालाई छोड्नेवाला छैनौँ ।’ अहिले भने सभापतिज्यूको आँखा पनि रातो रातो हुन थाल्यो ।  


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top