​गाउनैपर्छ र गीता, छामौं पहिले सिता


Friday, 6 Apr, 2018 7:33 PM

  • बाबुलाल भण्डारी

सन् १८६५ मा जर्मन चान्सलर बिस्मार्कलाई अस्ट्रियाबाट आफ्नो मुलुक प्रशाको विशेष हित गर्ने कुनै सन्धिमा हस्ताक्षर गराउनु थियो । सहजै र सोझो तालबाट अष्ट्रियाले आफ्नो अहित हुने यस्तो असमान सन्धिमा हस्ताक्षर गर्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो । बिस्मार्क कूटनीति र राजनीतिका बहुतै चतुर र माहिर खेलाडी थिए । उनले अष्ट्रियाका कूटनीतिज्ञ काउण्ट ब्लोमको कमजोरी र सामथ्र्य पत्ता लगाई त्यसबाटै आफ्नो स्वार्थ सिद्ध गर्ने कुनै उपाय खोज्न थाले । पत्ता लाग्यो, काउण्ट ब्लोम तास खेल्नमा सिद्धहस्त खेलाडी थिए र उनलाई यतिसम्म घमण्ड छ कि तासको क्विन्ज खेलबाट व्यक्तिको स्वभाव र चरित्र सजिलै बताइदिन सक्छन् ।

द्विपक्षीय वार्ता अघि बिस्मार्कले तास खेल्न प्रस्ताव राखे । जानीजानी हदैसम्मका मूर्खतापूर्ण चाल चल्दै गए र ब्लोमको आँखामा आफूलाई पूरापूर असावधान एवंं हतार र हताशामा अदूरदर्शी कदम चाल्ने अबुझ र स्वाँठ देखाउन सफल भए । ब्लोमलाई लाग्यो बिस्मार्कजस्तो मूर्ख मान्छेले कुनै दूरगामी योजना बनाउन र धुत्र्याइँ अनि धोकाको बाटो लिनै जान्दैन । भोलिपल्ट सन्धिपत्रलाई सतही र एकसरो सर्सर्ती हेरेको भरमा सहीछाप ठोकिदिए । राम्रोसँग पढ्नसमेत जरुरी ठानेनन् । सन्धिपत्रलाई पट्याएर ब्रिफकेसमा राख्दै बिस्मार्कले बडो प्रफुल्ल मुद्रामा भने, ‘धन्यवाद महामहिम, कुनै अष्ट्रियन राजनेताले यति सजिलै यस दस्ताबेजमा सही गर्छ भन्ने मलाई विश्वास थिएन ।’ त्यतिञ्जेल अष्ट्रियामाथि ठूलो धोका भइसकेको थियो । 

कूटनीति त्यस्तो दुईधारे तरवार हो जो कुशल प्रयोक्ताका लागि आत्मरक्षा र मुलुकलाई विकास र समृद्धिका दिशामा अघि बढाउन साधक हुन्छ भने ढंग नहुनेका लागि यसले आफ्नै विनाशको बाटो खोल्छ । मुलुकका लागि निर्भय भएर काम गर्न झण्डै दुई तिहाइको मतादेश पाएका इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सि चैत २३ गतेदेखि मित्रराष्ट्र भारतको राजकीय भ्रमण तय भएको छ । यो उनको प्रधानमन्त्री पदमा दोस्रो इनिङको ‘मेइडन’ अर्थात् पहिलो विदेश भ्रमण पनि हो । पछिल्लो पटक भारतसमेतका मुलुकहरूसँग परस्पर मित्रता, सम्मान र समानतामा आधारित सम्बन्ध हुनुपर्छ भनेर वकालत गर्ने ओलीले आफ्नो पहिलो कूटनीतिक भ्रमणका लागि भारतलाई नै किन रोजे ? सबैका लागि रुचिको विषय भएको छ । 

त्यसो त प्र.म.को पहिलो भ्रमण कुनै न कुनै मुलुकमा हुनै पर्छ । भारतलाई नै पहिलो गन्तव्य बनाउँदैमा लम्पसारवादी र अन्य मुलुकमा जाँदा अब्बल कोटीको राष्ट्रवादी भइन्छ भन्ने होइन र भारत भ्रमणमा जाँदैमा सबै कुरा बिग्रिहाल्ने पनि होइन । तैपनि यथार्थ के हो भने नेपालका सबै रंग, रूप र पहिचानका प्रधानमन्त्रीहरू भारतीय समकक्षीको दर्शनभेटमा हाजिर हुन आतुर रहेको देखाउँदै सर्वप्रथम दिल्ली दौड लगाउने एउटा प्रथाजस्तै बसेको छ । अनि भारतले यसैलाई बढाइचढाइ विश्व समुदायमा नेपाललाई आफ्नो स्याटलाइटको रूपमा चित्रण गरेको छ । यो वस्तुतः औपनिवेशिक मान्यता हो र स्वाभिमानी नेपालीका लागि सुपाच्य बन्न छोडेको छ । अझ विशेष के रह्यो भने नेपालले आफ्नो समय, सन्दर्भ र अनुकूलता हेरी तिथिमिति प्रस्तुत गर्नुअघि भारतीय पक्षले सार्वजनिक गरेको समय तालिकाअनुरूप नै यो कार्यक्रम निर्धारण भएको छ । जनअपेक्षा पनि उनी आफ्ना पूर्ववर्तीकै पदचिह्नअनुरूप पहिले दिल्लीकै शयर गरुन् भन्ने थिएन । यो सबै बुझेका प्र.म. ओलीले परम्परा तोड्ने आँट किन देखाएनन् वा बाध्यता के थियो ? यो नै अहिलेको मुख्य प्रश्न हो । 

पmेरि उनले अर्को मुलुक रोज्दा भारतसँगको सम्बन्ध टुटिहाल्ने पनि होइन । भारतीय प्र.म मोदीबाट ३÷३ पटक टेलिफोनमा बधाई खाएको कुरा उनी आफैंले सगर्व बताइरहेका छन् र विदेशमन्त्री स्वराज प्रम मोदीको विशेष दूतको रूपमा बधाई र शुभकामना कोशेली बोकेर आवभगतमा आइ पनि सकिन् । ओलीजीमा ‘यूफोरिया’ होला, स्वाभाविक पनि हो । तर, प्राकृतिक विपत्तिका बेला नाकाबन्दीद्वारा घाँटी थिच्न नहिच्किचाउने भारत अहिले अचानक ओलीजी र नेपालप्रति औधी माया लागेर साखुल्ले भइरहेको छैन । ओलीजीसँग डराएर रुप बदलिएको त झनै होइन । बरु धम्क्याउने, तर्साउने कूटनीति अब छलछाम र फकाउने कूटनीतिमा बदलिएको छ । यस सरकारसँग ढुक्कले पाँच वर्ष पूर्ण कार्यकाल काम गर्न पाउने अवसर छ भन्ने कुरा भारतले बुझेको छ र स्थिर सरकार र भू–रणनीतिक कारणले नेपालको कूटनीतिक र राजनीतिक महŒव ह्वात्तै बढेको उसलाई थाहा छ । आफूले बढ्ता भर गरिरहेका राजनीतिक शक्ति राष्ट्रिय राजनीतिमा निर्णायक नरहेको हालको स्थितिमा चाहेर वा नचाहेर पनि वामशक्तिसँग सहकार्य गर्नु बाध्यता हो । भारतका उद्देश्य र दृष्टिकोण उनै छन् केवल रणनीति बदलिएको छ र यसका लागि ऊ बढी चतु¥याइँसाथ प्रस्तुत हुँदै छ । आफ्नो मुख्र्याइँले नेपाल आफ्नो धुरीबाट अझ पर जाने र यसबाट आफैंलाई अहित हुने कुरा उसले बुझ्न थालेको छ । अर्थात मौजुदा परिस्थितिमा राष्ट्रहितलाई केन्द्रबिन्दुमा राखेर भारत, चीन र अन्य मुलुकसँग नयाँ शिराबाट समानतामा आधारित सम्बन्ध विकासका लागि सन्तुलित कूटनीतिक सम्बन्ध विकास गर्न नेपालसँग प्रशस्त अनुकूलता छन् र यिनीहरूलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिन्छ । तर ओलीजीले अघि सारेका महारथीहरूले मन्त्रीपदको शपथग्रहण गरेको दोस्रो दिनबाटै कूटनीतिक आचारसंंहिता उल्लंंंघन गर्दै परराष्ट्र र विषयगत मन्त्रालयको जानकारीबिनै भटाभट राजदूतहरू भेट्न र कूटनीतिक संवेदनशीलता नबुझेको अपरिपक्वता वा अनाडीपन देखाउन थाले । यो घोप्टिएरभन्दा उम्लिएर पोखिने लक्षण हो । कटुसत्य यही हो कि हाम्रो सुस्पष्ट कूटनीति छैन । हामी सत्ताबाहिर हुँदा एकथोक भन्छौंंंं, सत्तामा पुगेपछि अर्कैथोक गर्छांै र लहड र हचुवाका भरमा वैदेशिक सम्बन्ध सञ्चालन गर्छौंंंं । 

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई समानताका आधारमा अगाडि बढाउँदा राष्ट्रियताका सवालमा कदापि सम्झौता गर्ने छैन भन्नुभएको छ । यद्यपि, हिजो भारतीय नाकाबन्दीलाई यथेष्ट रूपमा अन्तर्राष्ट्रियकरण गर्न सक्नु भएन वा चाहनु भएन, यो भिन्दै कुरा हो । तथापि, उहाँ नाकाबन्दीमा खरो उत्रिनुभयो र एकढंगले राष्ट्रियताको ‘आइकन’ बन्नुभयो जसको बलमा एमाले र वाम गठबन्धनले भारी बहुमत हासिल ग¥यो । नाकाबन्दी नहट्दासम्म भारत भ्रमणको निम्तो स्वीकार नगर्ने उहाँको अडानले नाकाबन्दी हट्यो । तर, सद्भावना भ्रमणमा जारी संविधानलाई भारतले स्वागत वा समर्थन नगरेको र संविधान संशोधनको चाहनालाई ओलीले मान्न नसक्दा संयुक्त वक्तव्य आउन नसकेको तीतो अनुभव छ । भारतले नेपालको संविधानमा संशोधनको आग्रह राख्यो, त्यस्तो संशोधन देशको हितविपरीत भएकाले हामीले मानेनौंंंं र नाकाबन्दीसम्मको अवस्था भोग्यौैैंंंंं, कुरा सरल र स्पष्ट छ । अहिले भाका बदलिँदै छ र संविधान संंशोधनमा एमाले सहमत भएको सुनिँदै छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भनाइमा संविधान संंंशोधनमा एमाले ‘ओपन’ छ रे ! आफ्नै विचार हो भने यो बेइमानी हो र अरू कसैको दबाब हो भने लाचारी हो । ‘क्लोज’ केमा रह्यो ? बुझ्न सकिएन । अब सायद ‘बहुमत प्रदेशको सहमति’ भन्ने संवैधानिक प्रावधान संंशोधन भई सम्बन्धित प्रदेशको निर्णयबाट तराईको सर्लक्क कित्ताकाट हुने होला । 

हुन त यस भ्रमणमा कुनै सम्झौता नहुने परराष्ट्रमन्त्रीको वक्तव्य आएको छ । तर, प्रचण्डजस्ता चतुर खेलाडीलाई समेत २५ बुँदे समझदारीको नाममा अन्तर्राष्ट्रिय मुद्दामा भारतीय पक्षको साथमा उभिने भन्नेजस्तो प्रावधानमा खुसुक्क चिप्ल्याउन सक्ने भारतको खप्पिस तरिका र माइक्रो मेनेज्मेन्ट बुझ्नेहरू यत्तिकै आश्वस्त हुन सक्दैनन् । यसै पनि संविधान निर्माण र नाकाबन्दीअघिको सिंगो कालखण्डमा ओलीको राष्ट्रवादी छवि थोरै–थोरै मलिन नै हो, चहकिलो हैन र दोस्रो पटक प्रधानमन्त्री भएयता दक्षिणसँगको हिमचिम धेरैका लागि सन्देहास्पद नै छ । कूटनीतिमा शब्दशब्दमा अर्थको अनर्थ र अनर्थको अर्थ हेरिन्छ । थोरै असावधानीको पनि मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, यो सुरुकै कथाले बोलिसकेको छ । 

संघीयता कार्यान्वयनको आर्थिक पाटो र राष्ट्रिय ढुकुटीको विद्यमान अवस्थामा मुलुकका लागि अवको बाटो आर्थिक कूटनीति नै हो । विश्वका दुई उदीयमान अर्थतन्त्रबीचको नेपालले दुवैतर्फ विश्वसनीय, सन्तुलित र व्यवहारोपयोगी गतिशील कूटनीति अपनाउन सकेमा समृद्धिको ढोका खोल्न कुनै गाह्रो छैन । प्रधानमन्त्री राम्ररी जानकार हुनुहुन्छ, भारतसँग हाम्रो वार्षिक ६ खर्बको कहालीलाग्दो व्यापार घाटा छ । नेपालका अदुवा, अलंैची, सुपारीजस्ता सामान्य कृषि उपजदेखि ऊर्जा व्यापारसम्ममा भारतले सानो चित्त देखाएको छ र आफ्नोअनुकूल ऐन बनाएर अप्ठ्यारो पार्दै आएको छ । विभिन्न ठाउँमा दिनहुँ सीमा सारिएका छन् । व्यापार पारवहन र असमान सन्धि सम्झौताका कैयौं जल्दाबल्दा समस्या स्थायी रूपमा नेपाल–भारतको दुईपक्षीय सम्बन्धमा तगारो बनेर रहेका छन् । उता पञ्चेश्वरको डिपिआर २० वर्षसम्म तयार हुन सकेको छैन र योलगायत भारतले होल्ड गरेर ‘तीन न तेह्र’को अवस्थामा पु¥याएका सबै परियोजनामा नेपाललाई अधिकतम हित हुनेगरी अघि बढाउन के गर्नुपर्छ ? अब यो दायित्व प्रधानमन्त्री ओलीमा आएको छ । 

चीनसँग सम्पन्न यातायात र पारवहन सम्झौताले मात्रै पनि भारत आफ्नो नेपाल नीतिमा पुनर्विचार गर्न बाध्य भएको हो । आफ्नै खुट्टामा उभिने दृढता र इच्छाशक्ति हुनुपर्छ, कसैले अवमूल्यन गर्न सक्दैन । ओलीले पहिलो प्रधानमन्त्रीत्व कालको बिदाइ भाषणमा संसद्मा ‘म लहडमा काम गर्दिनँ; दूर क्षितिजलाई हेरेर गर्छु ।’ भन्नुभएको कुरा स्मरणीय छ । उहाँलाई जसरी असफल हुने छुट छैन, अरूमाथि दोष पन्छाउने सुविधा पनि छैन । आशा गरौंं प्रधानमन्त्री वचनको पक्का हुनुहुन्छ र काममा नतिजामुखी हिसाबले अगाडि बढ्नुहुन्छ । उहाँको भारत भ्रमण सफलताको कामना र द्विपक्षीय सम्बन्ध सुधारका सार्थक कदमसहित न्यूनतम रूपमा २००८ मा कोशीको बाढीले राजमार्ग अवरुद्ध हुँदा विराटनगरमा यातायात प्रबन्धनका लागि भनेर बसेको इण्डियन क्याम्प अफिस तुरुन्त हट्ने अपेक्षा गर्न सकिएला ? कसौंंंंडीको भात पाके÷नपाकेको अनुमान गर्ने सिता छामेर न हो !


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top