​निराशाको भुमरी र संकटको संकेत


Friday, 6 Apr, 2018 7:06 PM

  • नरेन्द्रजंग पिटर

तिमी सारा पूmलहरूलाई कुल्चन सक्छौ तर वसन्तको आगमनलाई रोक्न सक्दैनौ –पाब्लो नेरुदा

म एक यायाबर सक्रियतावादी लेखनदास हुँ । मधेस, पहाड र हिमाली क्षेत्र घम्छु, फिर्छु र हिम्मतिलो यसै पत्रिकामा सुने÷देखेका र भोगेका कुरा आक्कलझुक्कल लेख्छु पनि । यो साहसिक पत्रिका हो । तर, सत्तामा एमाले आएपछि भने यसका पनि दाह्रा र नंग्रा उखेलिँदै कतै साहस बन्ध्याकरण त हुँदै छैन ! आशंका बढ्दो छ ।

संकेतले चेत्ने मान्छे, परिणामले चेत्ने पशु । महाभ्रष्ट सिण्डिकेट राज्यसत्ताको कारण अहिले असन्तोष, निराशा र आक्रोश फैलिँदो छ । सामाजिक निराशता भनेको लेमिंग–फोबिया (सामुहिक आत्महत्या) संकेत हो । नवउदारवादको कुरूप उपहार झांगिएकाले यो चक्रब्यूह तोड्न इन्द्रको बाउ चन्द्रलाई पनि हम्मेहम्मे पर्छ । ओखतीले छुँदैन, ठूलो अप्रेसन नै आवश्यक भैसक्यो । कथाकार पुलिस हाकिम महेशविक्रम शाह लेख्छन्, ‘यदि पुलिस, वकिल, न्यायाधीश, पत्राकार र नेता मिले भने यहाँ जे पनि हुन सक्छ ।’ उनको अनुभव र अनुभूति पनि होला । 

क्रान्तिले पैदा गरेको तीव्र महŒवाकांक्षा र महाआशा अहिले तीव्र निराशामा फेरिँदै छ । सर्वत्र राज्यसत्ता र राजनीतिक पार्टीसँग छोटे÷बडे नेतासँग, मिडियासँग विश्वास टुट्दो छ । केन्द्रीय शासन र पार्टीमा एनजिओ, पकड जबरजस्तीको छ । स्थानीय अधिकांश नेतृत्व त उसैको नियन्त्रणमा छ । नयाँ बहस र चेतको व्यवस्थापन उसैले गर्छ । युरोपेली युनियनको विरोध गरेर के गर्नु ? उनीहरू दाता मात्रै होइनन् मालिक र निर्देशकको दाबी पनि गर्छन् । सबै मन्त्रालयका परामर्शदाता वा सल्लाहाकारको रूप नियाले पुग्छ । निर्वाचित संसद्बाटै एउटा स्वतन्त्र देश सिक्किम भारतमा गाभिएको नजिरै छ ।

समाजमा विद्रोही चेत खस्कँदो छ । अझ विद्रोही र आलोचनात्मक चेतलाई तह लगाउन यस्तै सिन्डिकेट प्रयोग गरे स्वसेन्सर भइहाल्छ भन्ने मान्यता सत्तासँग झाँगिदो छ । जब न्याय अन्यायमा फेरिन्छ, न्याय किन्न सक्नेहरू समाजमा सम्मानित देखिन्छन्, ४ रुपैयाँको चोर जेलमा पुग्छ र अर्बौंको भ्रष्टाचारीलाई स्यालुट ठोक्नुपर्छ, तब निराशाको छुत रोग फैलिन्छ नै ! जहाँ नागरिक समाज स्वसेन्सरको शिकार या एनजिओकरण हुन्छन्, अफिसियल राजनीतिक पार्टीसँग आन्दोलन गर्ने नैतिक पुँजी हुँदैन, अर्कातर्फ भरपर्दो संगठित विद्रोही शक्ति पनि देखा पर्दैन तब निराशा छाउँछ नै ! सामान्यजन, मिडियाका हल्का पाठक, श्रोता र द्रष्टाले त्यसको पाउँदैनन् । विषयको चयन नै उसको पक्षधरताको सुरुवात हो । त्यसै मान्छे धृतराष्ट बन्दैन, बनाउने परिवेश हुन्छ । अरूलाई उपदेश दिनेहरू स्वयं न्याय किन्ने पसलमा धाउन विवश भएपछि विद्रोही र आलोचनात्मक चेतस्वतः बन्ध्याकरण हुन्छ । 

 आन्दोलन सुस्ताएको बेला निराशालाई तोड्ने आलोचनात्मक चेतकावाहक त लेखक, पत्रकार र बुद्धिजीवी तप्का नै हुन् । उनीहरूका पनि सीमा र समस्या आस र त्रासमा फेरिएपछि सुखप्यासाको शैक्षिक कारिन्दा बन्दै सामाजिक चरित्रअनुसार नै ढाल्ने भए । नित्यनयाँको भोक, पिछडिएको चेत र सम्बन्धमा जेलिँदा अतृप्त अपेक्षा र कामनाले जैविक चरित्र गुम्ने हुन्छ ! परिणाम शक्तिकेन्द्रसँग जोडिने उपाय र तरिका खोज्दै भौँतारिँदा चित्र त्यही रहे पनि चरित्र फेरिँदा नायकबाट खलनायक बनेको फेरिएको पत्तै पाइँदैन । अहिलेको बौद्धिक चाकरी नियालौँ त ! ‘सफल’ मान्छेका कथा पढांै त ! भजनहरू त्यसै लेखिँदैन । बुद्धिको लिलामी त अझ ठूलो व्यवसाय हो । मिडिया सचेत छैन भने लुकाइएका, छिपाइएका, उरालिएका र कथिएका सूचनाबीचको भिन्नता थाहै हुँदैन । चौथो खम्बा भनिने तर चुत्थो खम्बा बन्दै गएको बजारमिडिया नियाल्दै धारणा बनाउन मिडियाचेत नै हुनुपर्छ । हिजोको धारणालाई खण्डित गरेर नयाँ धारणा बनाउन सूचनाशक्तिको भरपर्दो उपयोग र उपभोग पहिलो सर्त हो । अहिलेको न्यायकर्मी, मिडिया र महाभ्रष्ट सिन्डिकेट नियाल्न सर्वाेच्च र मिडिया टाइकुनबीच गत महिनाका रत्यौली बुझे हुन्छ । 

 डाक्टर, पुलिस र वकिलहरूले जति ज्यादा भय पैदा गर्न सक्छन् त्यति नै आफ्ना क्लाइन्टलाई दोहन गर्न सक्छन् । न्यायाधीशले न्याय दिएको होइन, फैसला गरेको देखिन्छ । अदालत त लागेका दाग मेटाउने धोबीघाट बन्दा सेटिङ मिलाउन नसक्ने ठूला वकिलका पनि पसल सुकिरहेका छन् । बारको राष्ट्रिय भेलाले नेपालगञ्ज घोषणापत्र जारी गर्न सकेन । न्यायालय भ्रष्टताको विरोधमा तिनै वकिलहरूको चिच्याहट सुनियो, जो सेटिङका महागुरु हुन् । 

सामान्य मान्छेसँग भने संयम र धैर्यताको सीमा हुन्छ । ऊ उग्रवादी, आतंकवादी, विद्रोही वा क्रान्तिकारी त्यसै बन्दैन, परिवेश र परिस्थितिले बनाउँछ । राज्यसत्तासँग जब मोहभंग हुन्छ, आदर्शवक्ता र कानुन रक्षकका नांगा कर्तुतको मारमा पर्छ, त्यसबेला ऊ प्रतिक्रियाको पुजारी बन्दै हिंस्रक बन्न पुग्छ । मान्छेसँग अन्तरनिहित अद्भूत शक्ति हुन्छ । त्यो जागृत भयो भने अकल्पनीय भूमिकामा उत्रिन सक्छ । जाग्न, जगाइदिन, चिन्न मात्र सक्नुप¥यो । तब माया, प्रेम, घृणा, कुण्ठा, आग्रह, सिर्जना, बदलाभाव, क्रान्तिकारी त्याग, बलिदान, आतंककारी, हत्यारा, योगी, फकिरी जेमा पनि ऊ अनुवादिन सक्छ । मौका र अक्करको पर्खाइ मात्र हो । जागृतमानव अणु पनि हो, परमाणु पनि । अझ घृणाको शक्ति त त्यो आगो हो जो पानीमा पनि डढेलै लगाइदिन सक्छ । त्यसलाई बल प्रयोगले मात्र नियन्त्रण गर्न सकिँदैन । त्यो महाघुम्टी ध्वस्त, सिर्जनाको पहिलो पाइलो वा अकल्पनीय संकल्पको क्षण नै बन्न सक्छ । घाइते सिंह र निराश जनमत त्यत्तिकै खतरा हुन्छन् । यसैमा प्रतिगमनले जाति, धर्म र पहिचानका नाममा खेल्छ ।  

आशा मर्नु, विश्वास हराउनु, संवेदना सकिनु, विश्वास नरहनु र निराशा मौलाउनु भनेको एउटा जागृत समाज र राष्ट्र आत्महत्यातर्फ बढ्दै छ भन्ने कुराको संकेत हो । यो भयावह अवस्थालाई आशामा फेर्नु, राजनीति र अराजकतालाई तह लगाउन राज्यको पहिलो काम हो । त्यसको अगुवाई राजनीतिक पार्टी, अझ पहिलोकोटीमा राजनीतिक नेतृत्वको दायित्व हुनुपर्ने हो । नियन्त्रण र निर्देशन शक्ति पृथकीकरणका अरू अंगले गर्नुपर्ने भूमिका त्यस्तो नैतिकपुँजी र उच्च इक्षाशक्ति भएको नेतृत्वले मात्र गर्न सक्छ । तर, यहाँ त अरूलाई भ्रष्ट गराएपछि आफ्नो पनि भ्रष्टताले औचित्य र वैधानिकता पाउँछ भन्ने मान्यता पो मौलाउँदो छ । अब मान्छे कसले के भन्छ, कति कर्णप्रिय वा लोकप्रिय लछ््रछेदार भाषामा कहन्छ भन्नेमा भर पर्दैन, उसको प्रत्यक्ष भूमिकामा देख्न चाहन्छ । हिजो भनेका कुरा आज स्वयंले धोती लगाएकाले आज भनेका कुरा भोलि त्यस्तै हुँदैनन् भनेर कसरी पत्याउने ! आजको आशा र विश्वासको संकट यही हो । भनिरहनै परेन– सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएको बेला विश्वासको खडेरी त परेकै छ, व्यवहारमा सिन्डिकेट राजनीति चलेको बेला महाभ्रष्टसिन्डिकेटको जालो तोड्ने इच्छाशक्ति नेतृत्वमा कसरी होला ! त्यसको असर यत्रतत्र, सर्वत्र परेको छ । मूल्यहीन आदर्श त बातबहादुरका गफै बन्छन् । 

प्रतिगमन रोक्ने र आशा जगाउने काम भ्रष्ट महासिन्डिकेट बनेको राज्यसत्ताको दलाल चरित्रविरुद्ध सशक्त आन्दोलनले मात्रै सक्छ । आज नयाँ नेपाल चाहनेको पहिलो कार्यसूची र आन्दोलनको निशाना निराशाविरुद्ध मोर्चा हो । चौतर्फी असन्तोष र निराशा त छ तर त्यो आन्दोलन भने किन बन्न अझै सकेको छैन, सोच्ने बेला हो । निराशा तोड्ने र आशा जगाउने नयाँआन्दोलन आजको आवश्यकता हो, त्यो क्रान्तिकारी रोमान्सवादमा मात्र हुने छैन ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top