​गाई खान किन सिकायौ गुरु ?


Friday, 6 Apr, 2018 6:50 PM

  • दिलनिशानी मगर
जसोतसो बिहानको छाक टारेपछि बेलुकीको चिन्ता हुने छेमु विकलाई निमेकको भारीले कहिल्यै छाडेन । दुई जना कलिला नानीहरू श्रीमती, बा, आमा र आफूभन्दा साना ७ जना भाइहरूको बोझले थिचिएका छेमुले आफ्नो सानो खरको झुपडीमुनि परिवारको साथमा केही गाई पालेका थिए । घर जंगलको मुखमा थियो । गाउँमा पूजापाठ गरेर गौदान पाएका पण्डितहरूले गाई लेक कटाउन सक्दैनथे यसर्थ सित्तैमा छेमु विकलाई छाडेर जान्थे । माटेबिसौनामा घाँसपातको समस्या थिएन । 
एक दिन मैले छेमु विकलाई प्रहरीले हात बाँधेर लगिरहेको देखँे । साँझ ५ बजेको हुनुपर्छ । स्कुलबाट फर्किंदै थिएँ । त्यस्तै १४ वर्षको हुदो हुँ । छेमु विकको पछाडि कलिला नानी र श्रीमती रुँदै–रुँदै आइरहेका थिए । खाली खुट्टामा थिए । छेमुले रुन्चे अनुहार लगाएर खलखली पसिना काढेको थियो । प्रहरीले घरको भाँडाकँुडा, थाल, गिलास, बन्चरो, कोदालो पनि समातेको थियो । सोचे, ‘सरकारले गरिबहरूका लागि घर दिएको हुनुपर्छ । छेमुको दुःखका दिन गयो अब, यिनीहरूले बसाइँ सरेछन् ।’
घर पुगेपछि हल्लाखल्ला सुनेँ, छेमु विकलाई गाई काटेर खाएको आरोपमा प्रहरीले समातेर लग्यो । सिंगो गाउँ डराएको थियो । जनजाति र दलितको बाहुल्य भएको गाउँमा यसअघि गाईको मासु नखाएका त कोही थिएनन् तर तिनले खुल्लमखुला काटेर खाँदैनथे । भीरबाट लडी मरेका, जंगलमा बाघले मारेका गाई खान्थे । छेमुले खाएको गाई पनि बाघले चिथोरेर मारेको रहेछ । किनभने गाई मरेको ठाउँमा गाई र बाघको धेरै समय लडाइँ भएको प्रमाण देखिन्थ्यो । बाघको खुट्टाका निशान थिए, रौँ झरेका थिए । 
गाउँका धेरै मानिस, छेमुका छिमेकीले गाई बाघले मारेको बताएपछि म गाउँका ठूला कुलघराना तथा जान्ने–मान्ने भनिएकाहरूको घरमा पुगेँ । प्रहरी, नियम, कानुन उनीहरूले चलाउँथे । गाउँमा कसलाई ठीक पार्ने÷नपार्ने हाम्रो हातमा छ भन्थे । भनें, ‘हेर्नुहोस् बडाबा, छेमु विकमाथि ठूलो अन्याय भएको छ । उसले बाघले मारेको गाईको मासु खाएको रहेछ । बिचरा गरिब मान्छे, खायो त के बिरायो । प्रहरीले समातेर लगेका छन् । उसले निमेक गरेर जतनले कमाएर बालबच्चा, बा, आमा भाइहरू पालेको छ ।’
बडाबा, केही बोलेनन्  
मैले थपें, ‘छेमु जेल गयो भने बिचरा नानीहरूको हालत के हुन्छ ? तपाईंले इलाका प्रहरीलाई भनेर यो केस जिल्ला नपु¥याउन भन्नुप¥यो । जिल्ला पुग्यो भने बर्बाद हुन्छ । तपार्इंले भनेको मान्छन् । छेमु यही गाउँमा जन्मियो, हुर्कियो । ऊ गरिब हुनुमा हाम्रो पनि हात छ । गाई पालेर के गर्ने, उसले पालेको गाईको दूध, घिउ हामीले किनेनौं । प्रहरीहरू बाघले गाई मारेको ठाउँमा गएकै छैनन् । मासु पकाएको भाँडा र खाएको थाल उठाएका छन् । अदालतमा यो मात्र प्रमाण कसरी होला र ?’
छेमु ६ वर्षका लागि जेल चलान भयो । 
त्यसपछि जनयुद्ध सुरु भयो । 
माओवादी लडाइँको सुरुवातीकालमा खासगरी सामन्तीहरूलाई कारबाही गर्ने नाममा धेरै मानिस मारिए । ती सोझा थिए वा सामन्ती, तिनलाई गरिएको भौतिक सफाया न्यायिक थियो वा थिएन, त्यता बहस नगरौं । तर, एक किसिमको जगजगी थियो । छेमु विकका भाइहरू माओवादीमा प्रवेश गरे । जनमुक्ति सेनाको लडाकु बने । माओवादीको सबैभन्दा धेरै प्रभाव र विस्थापित हुनेहरूको एक आपसमा मर्ने, मार्नेहरूको क्षेत्र नै त्यहि बन्यो । छेमुका १ भाइ भविलाललाई तत्कालीन शाही सेनाले मा¥यो । 
तर, एउटा कुरामा भने हाइसञ्चो भयो । माओवादीको प्रभाव रहेका देशका सबै ठाउँमा काई काटेर खाने कुरा हाँस र कुखुरा काटेर खाए बराबर भयो । गाउँलेहरूले लुकिचोरी हैन हाक्काहाक्की गाई खान थाले । तिनले स्कुल र खुला चौरमा गाई काट्न थाले । कुनै बेला त १५ वटासम्म गाई काटिन थाल्यो । माओवादीको जत्था धेरै हुन्थ्यो, एउटा कुखुरा, बोका काटेर एक छेउ नि नपुग्ने । दुधालु भैंसी काट्ने कुरा आएन । गाई र गोरु नै धेरै काटियो । 
के बाहुन, के पण्डितको छोरा, के मगर, के दलित शाकाहारीबाहेक गाईको मासु नखाने माओवादी कोही भएन । पहिले गाईदानमा पाएको गाई छेमु विकलाई दिन्थे, विस्तारै माओवादीलाई दिन थाले । गाई गोरु बूढो भयो वा घाँसको दुःख भयो भने माओवादीको नाममा समर्पित हुन थाल्यो । 
गाई काटेर मासु खानेहरू सबै हतियारको साथमा हुन्थे । जिन्दावाद, मुर्दावाद मात्र हैन । ऊ बेला गोली नै हानाहान । छेमु विकलाई जेल पठाउने इलाका प्रहरी कार्यालय नै कब्जामा–रामरामरामराम । ठूलो जगजगी भयो । खुला रूपमा गाई काटेर खानुपर्छ भनेर माओवादीले सिकायो, माओवादीले आदेश दियो, माओवादीले गाई गोरु दर्शन बाँड्यो । जति सकिन्छ खाए हुन्छ भन्यो । प्रहरी र सुराकीहरूको आँखा छलेर लुकिछिपी गाईको मासु खाने जनजाति र दलितका लागि त महोत्सव नै आयो । 
अहिले माओवादी सरकारमा छ । गृहमन्त्री गाईखाने रामबहादुर थापा बादल नै छन् । संविधान निर्माण माओवादीले नै पहलकदमी लियो । गाई काट्न र गाईको मासु खान नि माओवादीले सिकायो । तर, आज किन गाईको मासु खाँदा जेल ? अझै नि गणतन्त्र आएन ? गाई गोरु काट्न किन सिकाएको माओवादीले ? अरूले काटेर दिएको मासु खाँदा नि जेल, मरेको गाई खाँदा नि जेल? आखिर किन ? किन यस्तो अन्याय ? स्मरण रहोस्, विषय मासुको होइन, विभेदकारी कानुनको हो । 
जनतालाई खुला रूपमा गाई काट्न लगाउनुमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईको समेत ठूलो हात छ । नेपालमा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेद भएको र, यसको मूल जग खस आर्यहरू भएको उनको कथन थियो । हिन्दू अहंकारवादी, ब्राह्मणवादी, मनुस्मृतिका चेलाहरूले विभेद बढाएको र यसको अन्त्य नभए सम्म नेपालमा विकासको कुनै सम्भावना नभएका राजनैतिक प्रतिवेदनहरू बाबुरामकै हो । यसर्थ, खुला रूपमा गाई काट्नु भन्ने उनको आदेश हुन्थ्यो । 
पक्कै पनि युद्धको समयमा खानपिन तथा बन्दोबस्तीका समानहरूको अभाव हुन्छ नै । यो अभावलाई चिर्नको लागि बाबुरामले २०५४ सलमा सर्वप्रथम खुला रूपमा गाई काटेर खाने नीति ल्याए । त्योभन्दा अगाडि पनि माओवादी र जनजातिले गाई नखाएका त हैनन् तर नीतिगत थिएन । बाबुरामले नीति बसाले । बाहुनको छोरो, पढ्न भारत बसेको । गाई काटेर खानू भन्ने आदेश पक्कै पनि एक किसिमको साहसिक कदम थियो । उनले यो नीति ल्याउनका पछाडि केही कारण छन् । 
पहिलो कारण, रोल्पा–रुकुमजस्तो जनजातिको बाहुल्य क्षेत्रबाट युद्ध सञ्चालन गर्नका लागि चतुर दिमाग आवश्यक पर्दैन । बाबुरामहरूले ऊ बेला नै भनेका थिए– जाँड, रक्सी खाएर झैझगडा हुने गाउँमा राजनीतिक चेतना भरिदिनुपर्छ, युद्ध त्यसै जितिन्छ । तर, रक्सीको सितन के हो ? 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top