​रानीले नै परपुरुष रोजेपछि कसले रोक्ने


Thursday, 29 Mar, 2018 1:11 PM

  • राजेन्द्र स्थापित

लियोपोल्ड (द्वितीय) जर्मन राजा फ्रान्सिस (प्रथम) का पुत्र हुन् । १७ वर्षको उमेरमा पोल्याण्डका राजा अगुस्तस (तृतीय) की नातिनी मारिया लुइसासित बिहे भयो । सन् १७९० मा फ्रान्सिसको मृत्युपश्चात् उनी राजा बने । युवराज्ञी मारिया रोमन साम्राज्ञी, हँगेरी र बोहेमियाको समेत रानी घोषित भइन् ।

लियोपोल्ड पत्नी मारियादेखि डराउँथे । महारानीले भनेबमोजिम गर्थे । मारिया व्यभिचार गर्थिन् । तल्लो तहका कर्मचारीलाई समेत यौनेच्छाको शिकार बनाउँथिन् । पत्नीका यी सबै क्रियाकलापको जानकारी लियोपोल्डलाई थाहा थियो तर टुलुटुलु हेरी बस्थे । दरबारमा तैनाथ सुरक्षा टोलीका प्रमुख थिए– म्यानुयल । रानीले आफूभन्दा २० वर्ष कान्छो म्यानुयललाई सजिलै फसाइहालिन् । सन् १७९१ मा तत्कालीन प्रधानमन्त्री पेट्रो पाब्लोले म्यानुयललाई ड्युटीबाट हटाउन खोजे । म्यानुयलले रानी मारियासँग अवैध यौन राख्ने गरेको आरोप उनको थियो तर भोलिपल्ट पेड्रो पाब्लो नै बर्खास्त भए । मारियाले प्रेमी म्यानुयल गोडोइलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिन् । म्यानुयल लफंगा र अनपढ थिए, त्यसैले लियोपोल्ड उनलाई प्रधानमन्त्री बनाउन राजी थिएनन् तर पत्नीको दबाबको सामु टिक्न सकेनन् । राजा आफ्नी महारानी र म्यानुयलबीचको यौन सम्बन्धबारे जानकार थिए, तैपनि चुप बसे । त्यसबेला महारानी मारिया ४७ र म्यानुयल २५ वर्षका थिए । 

लियोपोल्डले महारानीको पछाडि गुप्तचर छाडेका थिए । तिनले महारानीले कुन दिन कसलाई शयनकक्षमा लिएर जान्छिन्, सबै रिपोर्ट राजालाई दिन्थे । रिपोर्टअनुसार मारिया आफू मात्र व्यभिचार गर्दैन थिइन्, दरबारका पुरुष तथा महिला कर्मचारीलाई पनि यसो गर्न उक्साउँथिन् । नातामा लियोपोल्ड र मारिया दिदी–भाइ पर्थे । मारिया दुई वर्षले जेठी । बिहे गर्दा मारिया १९ र लियोपोल्ड १७ का थिए तर शुरुदेखि नै दाम्पत्य जीवन सुमधुर बनेन । लियोपोल्डले सुस्त, अल्छी र मन्द बुद्धिका थिए । त्यसको ठीकविपरीत मारिया सुन्दर, चुस्त र तीक्ष्ण बुद्धिकी थिइन् । लियोपोल्ड राजा बनेदेखि नै राजकाजमा हस्तक्षेप गर्न थालेकी थिइन् । सेनाको कार्यक्रममा प्रायः जान्थिन् किनभने उनलाई सैनिक युवकहरु मन पर्थे । अक्सर उनी कुनै न कुनै सैनिक अधिकृतसँग समय बिताएकै हुन्थिन् ।

मारिया कुल १२ सन्तानको आमा बनिन् । कैयौंपटक त गर्भपतन नै गरिन् । नतिजा ३० वर्षको हुँदानहुँदै बूढी देखिन थालिन् । ३६ को हुँदा त दाँत पनि झ¥यो । त्यसपछि सुनको दाँत लगाइन् । प्रेमीहरु उक्त दाँतको तारिफ गर्थे । ती दाँतमा रानीको सुन्दरतामा झन् बढी निखार आएको बताउँथे । मारिया यतिविघ्न कामुक थिइन् कि बिहे गरेको केही समयपछि नै छुट्टै दरबार बनाउन लगाइन्, जहाँ प्रेमीहरुलाई भेला गर्थिन् । त्यहाँ अश्लिल मात्र होइन, वीभत्स प्रकारको यौन कार्यक्रम हुन्थ्यो । तर, यी कार्यक्रमबारे राजा फ्रान्सिसले थाहा पाए र बुहारीलाई नजरबन्द गरिदिए । नजरबन्दमै रहँदा पनि सैनिक जवानलाई भोगविलासको शिकार बनाउन थालिन् । ससुराको मृत्युपछि र लोग्ने रोमन सम्राट तथा हँगेरी र बोहेमियाको समेत राजा बनेपछि शक्तिशाली बन्न पुगिन् ।\

म्यानुयल प्रधानमन्त्री बनेपछि मारियालाई झन् कसैले छुन नसक्ने भए । म्यानुयललाई राजाले नचाहँदा नचाहँदै पनि ‘शान्तिको राजकुमार’ खिताब दिलाइन् । जबकि उनको शान्तिसित कुनै साइनो थिएन, मात्र रानीको शारीरिक भोक ‘शान्त’ पार्ने काममा दत्तचित्त भएर लाग्ने गर्थे । म्यानुयललाई प्रेमी बनाइसकेपछि भने उनको हरम (पुरुष घर) मा अरु युवक देखा पर्न छाडे । नभए त यसअघि उनी पुरुषसाथी लुगासरह फेर्थिन् । म्यानुयल उनलाई छाडेर टाढा नजाउन् भनी बिहे पनि आफ्नो लोग्नेको काकाकी छोरीसित गराइदिइन् । गद्दीमा बसेको करिब दुई वर्षपछि अष्ट्रियाको भियना गएका बेला लियोपोल्डलाई कसैले  विष खुवाइदिए । पतिको मृत्युको ठीक अढाई महिनापछि सन् १७९२ को मे १५ मा मारियाको पनि निधन भयो ।

सोच्दासोच्दै छैन थप समय
आइज्याक न्युटन भुलक्कड वैज्ञानिक थिए । एकपटक घोडा चढेर एउटा गाउँतिर जाँदा बाटोमा पहाड देखे र घोडाबाट ओर्ली लगाम समाएर हिँड्न थाले । बस्दा, खाँदा, हिँड्दा केही न केही सोचिरहन्थे । त्यो बेला पनि अचानक गणितसम्बन्धी एउटा समस्यामा अल्झिन पुगे । आफू कता र किन गइरहेको छु, केही मतलब राखेनन् र गणितको समस्यातर्फ लागे । निकै बेरपछि समाधान निस्क्यो । त्यसपछि बल्ल तन्द्रा छुट्यो । हेर्दा घोडा थिएन । उनी डोरी (घोडाको लगाम) मात्रै समाएर लुखुरलुखुर हिँडिरहेका थिए । घोडा फर्केर घरतिर गइसकेको रहेछ ।

पैसा पुतली र पशुलाई
सुजा–उद–दौलाह लखनउका सुवेदार नबाब । बेगम थिइन्– उन्मातु जोहरा बानो । उनले २२ वर्ष राज्य गरे । सन् १७७५ मा सुजाको निधन भयो । २६ वर्षीय उनका छोरा आसफ–उद दौलाह नबाब बने । नबाब त्यत्तिकै सन्काहा हुन्थे नै, आसफले बाबु सुजाको अन्त्येष्टिमा २० लाख स्टर्लिङ पौैण्ड खर्च गरे । 

आसफ जनावरप्रेमी थिए । त्यसैले दरबारमै पशुघर बनाउन लगाए । हात्तीप्रति विशेष प्रेम थियो । प्रायः हात्तीको लस्कर अघिपछि लगाई सवारी चलाउँथे । एकदिन नयाँ कुरो सुझ्यो । आफू चढ्ने हात्ती बिहे गर्न नपाइकन मर्ने भो भन्ने चिन्ताले सतायो । लगत्तै पोथी हात्ती खोज्न लगाए । नबाबको हात्तीको लागि ढोई खोज्नु सजिलो थिएन । माउतेहरु उपयुक्त ढोइ खोज्न नसकी कायल भए र सबै मिलेर नबाबसमक्ष बिन्ती गर्दै भने, ‘हजुर, दलबदल (नबाब चढ्ने गरेको हात्तीको नाउँ) को निम्ति बेगम साहिबकी ढोइ ‘बडकनी’ जति उपयुक्त अरु हुँदैन ।’
आसफलाई माउतेहरुको सुझाव मन प¥यो । उनले आफ्नी बेगमसँग कुरा गरे । बेगम पनि राजी भइन् । दलबदल र बडकनीको बिहेको तिथि तय भयो । निर्धारित दिनमा बडकनीको पूरा शरीर सुगन्धित लेपले पोतियो । गुलाफ फूल–जलले नुहाउन लगाइयो । शरीरभरि सुगन्धित अत्तर छर्किइयो । आँखामा एक तोलाको भारु एक सय पर्ने गाजल लगाइयो । पछि अन्य श्रृंगार गर्न लगाइयो । बडकनीलाई गरिएको श्रृंगार हेर्ने जो कोहीले जीब्रो टोके । बडकनीलाई लिन नबाब आसफ आफैँ जाने तय भयो । आसफ एक हजार दुई सय हात्तीवाला जन्तीको नेतृत्व गरेर दरबारबाट निस्के । लखनउवासी जिल्ल परे । बाह्र सय हात्तीको जन्ती, त्यो पनि नबाबको नेतृत्वमा ! सबै जनता हेर्न सडकमा तँछाडमछाड गर्न थाले । अन्त्यमा शहरको परिक्रमा सकाएर जन्ती दरबार पस्यो । बडकनीतर्फकाले पनि कम तयारी गरेका थिएनन् । जन्तीलाई भव्यरुपमा स्वागत गरियो । सम्पूर्ण हात्तीलाई उखु, बाक्लो पाउरोटी र केक खुवाएर सत्कार गरियो । बडकनीलाई थुप्रै दाइजो दिएर बिदा गरियो । 

बेगमको रोव र शेखी पनि कम थिएन । हठी पनि थिइन् । धाक–रवाफ उस्तै । खाना पस्कने वस्तु र टेबुलमा हाल्ने कपडामा मात्र दैनिक भारु चार सय खर्च गर्न लगाउँथिन् । सन् १७७५ मा तरुनी थिइन्, वैंशले मात्तेकी । एक दिन दिमागमा एउटा हठ सुझ्यो । केटाकेटीमा खेलेका सम्पूर्ण पुतली जम्मा पारेर राखेकी थिइन् । त्यसमध्ये एउटा पुतलीको नाउँ थियो– गुलाबो । मनमा कुरो उब्जियो, ‘अहो, गुलाबोको त अहिलेसम्म बिहे नै भाको छैन !’ लगत्तै नोकरहरुलाई वर खोज्न आदेश दिइन् । गुलाबोको लागि सुन्दर र अविवाहित बेहुला फेला पारेपछि बेहुलासरह सजाउन लगाइयो । गुलाबोलाई पनि सिंगारेर बेहुली बनाइयो । अनि धुमधामसाथ पुतलीको बिहे सम्पन्न भयो । बेगमले गुलाबोलाई हिरा, मोतीलगायत थुप्रै धनसम्पत्ति दाइजो दिइन् । तर, बिहे गरेकै दिन गुलाबोको पति पुतलीलाई घरज्वाइँ बनाउन बेगमले स्वीकारिन् र दुवैका लागि छुट्टै कोठाको व्यवस्था गराई दरबारमै बस्ने व्यवस्था मिलाइदिइन् ।

भारतीय नबाबहरुको इतिहासमा उल्लेख छ कि एकपटक नबाब आसफ आर्थिक संकटमा परे । सेनालाई तलब दिन बन्द गरे । त्यस्तो बेला बेगमले गुलाबोलाई दिएको त्यही दाइजोको रकम झिकेर नबाबलाई सहयोग गरिन् । त्यही रकमबाट नबाबले सेनालाई तलब दिए, त्यो पनि एक महिना, दुई महिना होइन, पूरै दुई वर्षसम्म चलाए ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top