​दान दिँदा यो कस्तो दण्ड ?


Friday, 9 Mar, 2018 11:38 AM

बेलबारी–२, मोरङनिवासी खगेन्द्र नेउपानेले ०७२ सालमा बाबु स्वर्गीय विष्णुप्रसाद नेउपानेको स्मृतिमा सामाजिक काम गर्ने सोच बनाए । १२–१५ लाखसम्म खर्च गर्ने योजना पनि बनाए । तर, सामाजिक कामका लागि कुन क्षेत्र अनि कुन विषय र शीर्षकमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने अन्योल भयो । केही समयको अध्ययनपछि निधो गरे एम्बुलेन्स खरिद गरेर समाजलाई हस्तान्तरण गर्ने । नजिकै लालभित्ती बचत तथा ऋण सहकारी संस्था रोजे र एम्बुलेन्स दिने निधो गरे ।

०७२ पुसमा खगेन्द्रले सप्ताह महापुराणको आयोजना गरेका थिए । त्यहीँ करिब सात लाख खर्चेर करिब साढे तीन सय वृद्धवृद्धालाई जनही १५ सय नगद र दोसल्लाले सम्मान पनि गरे । पुराणकै समापनका दिन आठ नौ वर्षकी हुँदा भेटेर धर्मपुत्री बनाई हुर्काइएकी अनि कक्षा १२ सम्म पढाइएकी छोरी रूपाको बिहाबारी गरिदिए । त्यसो त उनले आफ्नो व्यापारमा सहयोग गर्ने चन्दन चौधरीलाई पनि घर पनि बनाइदिएका छन् ।
पुराणपछि तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाको उपस्थितिमा लालभित्तीमै एक भब्य कार्यक्रम गरियो । एम्बुलेन्सको चाबी बनाएर सहकारीलाई हस्तान्तरण गरी मन्त्रीको हातबाट सम्मानित भए ।

आफ्नै ठाउँमा पहिलोपटक एम्बुलेन्स आउने कुराले स्थानीय हर्षित थिए । त्यसैले खगेन्द्रलाई बधाई र आभार व्यक्त गर्नेको ओइरो लाग्यो ।
आफ्नै ठाउँमा एम्बुलेन्स आएको देख्न स्थानीयवासी हतारिएका हुँदा खगेन्द्रले एक तिहाइ रकम अर्थात् ९ लाख ६७ हजार रूपैयाँ धरानस्थित टाटा शोरुमलाई भुक्तानी गरे । बिक्रेताले एम्बुलेन्स आयात प्रक्रिया अगाडि बढायो तर एम्बुलेन्स सन्चालन गर्न लागेको सहकारीले तत्काल स्वीकृति लिन सकेन । प्रक्रियागत ढिलाइका कारण त्यो आर्थिक वर्षभित्र एम्बुलेन्स सञ्चालन गर्ने स्वीकृति मिलेन । त्यत्तिकैमा २०७३ साउनदेखि सहकारीलाई एम्बुलेन्स नदिने नीति आयो । त्यसपछि  गाउँमा एम्बुलेन्स ल्याउने खगेन्द्रको सपना अधुरै छ ।

कुनै पनि संस्थाले एम्बुलेन्स चलाउन जिल्ला प्रशासन कार्यालय र त्यसपछि जनस्वास्थ्य कार्यालयको स्वीकृति चाहिन्छ । तर खगेन्द्रले हस्तान्तरण गर्ने भनिएको एम्बुलेन्सका लागि हालसम्म सिडिओले नै स्वीकृति दिएका छैनन् । खगेन्द्रका अनुसार सिडिओले स्वीकृत नगर्दा फायल जनस्वास्थ्यमा जान पाएकै छैन । जसका कारण एम्बुलेन्स भन्सारमै थन्किएको छ ।

०२३ सालमा भोजपुरमा जन्मेका खगेन्द्र पूर्वप्रहरीसमेत हुन् । ०५४ सालमा जागिर छाडेपछि निर्माण सामग्रीको व्यापार व्यवसाय गर्दै आएका उनका दाजुभाइले मेडिकल चलाएका छन् । पारिवारिक परिधिमै मेडिकल चलाइएको हुनाले उनले त्यसमार्फत पनि एम्बुलेन्स ल्याउन सक्थे तर नाफारहित तवरले समाजमै एम्बुलेन्स चलोस् भनेर सहकारी संस्था रोजेका हुन् । तर, पैसा तिरेको तीन वर्ष पुग्न लाग्दा पनि एम्बुलेन्स आउन सकेको छैन । पावर र पहुँच भएकाहरूले अहिले पनि एम्बुलेन्स ल्याइरहेको दाबी गर्दै प्रतिप्रश्न गर्छन् (‘लाखौं खर्चेर सामाजिक सेवा गर्छु भन्दा पनि नपाइने राज्यको कस्तो नीति हो ?’

– अम्बिका भण्डारी 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top