​मिल्नु र मिलाउनु


Friday, 9 Feb, 2018 1:42 PM

दरबारमार्गको प्रहरीलाई के दशा लाग्या हो कुन्नि, एउटा यौनकाण्डले साह्रै घुमाइदियो । यौनकाण्ड पनि कस्तो भने अहिलेसम्म यो बलात्कार हो कि राजीखुशी हो ठम्याउन मुश्किल । कहिले यो बलात्कार बन्छ । कहिले राजीखुशी । स्थिति यहाँसम्म पुगिसक्यो कि यही काण्डमा परेर प्रहरीका हाकिमहरू भकाभक निलम्बनमा पर्न थालिसके तर काण्ड वास्तवमा के हो पत्ता लगाउन सकिएको छैन । 

यसमा बिचरा प्रहरीको पनि के दोष ! प्रहरीले त दुईटा पक्षलाई सँगै राखेर मिलाउने हो । मिलाउनु भनेको राम्रै काम हो । छुट्याउनु वा झगडा गराउनु पो नराम्रो । मिल्नु र मिलाउनु भनेको जे पनि राम्रो । अस्ति चुनावमा हेर्नोस्, एमाले र माओवादी मिलेपछि कति राम्रो भयो । संसारमा सबैतिर यसै गरी सबै जना मिलेको भए कति राम्रो हुन्थ्यो । भारत र पाकिस्तान मिलेको भए कति राम्रो हुन्थ्यो । उत्तर कोरिया र दक्षिण कोरिया मिलेको भए कति राम्रो हुन्थ्यो । नमिलेरै सबै कुरा बिग्रेको त हो नि ! 

तर, दरबारमार्ग प्रहरीलाई चाहिँ के दशा लाग्या हो कुन्नि, उल्टो मिलाएर पो नराम्रो भएछ । बलात्कृत महिला र बलात्कारी पुरुष दुवैलाई मिलाउने काम प्रहरीले गरेको थियो । त्यो पनि आफ्नै रोहवरमा । पण्डित उपलब्ध भएको भए झण्डै चौकीमै बिहेसमेत गराइदिने तयारी थियो । तर, यो सतीले सरापेको देशमा राम्रो गर्नेको के दशा भयो हेर्नोस् त, झन् मिलाउने प्रहरीलाई उल्टो कारबाही गरिँदै छ ।

साला ! कहिलेकाहीं मिल्नु र मिलाउनु पनि अपराधै हुँदो रहेछ कि क्या हो ? जय नेपाल !


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top