​अनशनबाट नदेखिएका अन्तर्य


Sunday, 28 Jan, 2018 2:47 PM

  • विदुर खड्का

पेस गरिएका माग पूरा गराउन केही पनि नखाई भोक हडतालमा बस्ने आन्दोलनलाई आमरण अनशन यसकारण भनिन्छ कि माग पूरा गरिएन भने केही नखाएर आफूलाई मार्ने, त्यसको दायित्व पूरा गरिदिने पक्षलाई त्यो हत्याको बात लाग्ने एकै पटकमा विष खाएर, झुन्डिएर, हामफालेर, बन्दुक हानेर, नशा काटेर, रेलको लिगमा बसेर जसरी गरे पनि आफूलाई मार्ने काम आत्महत्या नै हो । फरक के भने आत्महत्यामा अगाडिको कुनै विकल्प नदेखेपछि जीवनसँग हारेर आफैंद्वारा आफ्नो हत्या गरिन्छ भने आफूले भनेको कुनै कुरा पूरा गर्न अर्को पक्षलाई नैतिक वा मानवीय संवेदनात्मक दबाब दिँदै अनसनमार्फत् आफैंलाई मार्न खोजिन्छ ।

कसै–कसैले त दुनियाँलाई आफ्नो मिसनप्रति ध्यानाकर्षण गराउन आगो लगाएर आत्मदाह गरेको पनि पाइन्छ । केही समयपहिले बौद्ध स्तुपा प्रांगणमा दलाई लामाका अनुयायीले फ्रि तिब्बतको माग राख्दै आत्मदाह गरेका थिए । प्रभूले बोलाए, स्वर्गको ढोका खुल्यो भनेर सामुहिक आत्मदाह गरेका घटना पनि समाजमा पर्याप्त देखिन्छन् । यसमध्ये डा. गोविन्द केसीले गरिरहेको भनिएको आमरण अनशन सामाजिक हितका केही सुधारमुखी काम दबाबमूलक ढंगले पूरा गराउन खोजिएको एकप्रकारको आत्मदाह हो । आमरण अनशनमा विपक्षीलाई भौतिक अस्त्र वा नाराजुलुस, दंगाफसादबिनै सशक्त दबाब दिएर पराजित गर्न सकिन्छ । भारत छोड आन्दोलनामा महात्मा गान्धीले गरेको सत्याग्रह, त्यही समय भगतसिंहले गरेको जेलभित्रैको आमरण अनशन, अन्ना हजारेले भ्रष्टाचारविरुद्ध पटकपटक गरेको भोक हडताल, यी सबै सरकारलाई नैतिक तथा मानवीय संवेदनात्मक दबाब दिएर आफ्ना माग पूरा गर्न सफल आन्दोलन हुन् । नेपालमा विश्वेश्वरप्रसाद कोइरालाले जेलभित्र गरेको भोक हडताल, माओवादी नेताहरूले विभिन्न समयमा जेलभित्र गरेको आमरण अनशन पनि सरकारलाई दबाब दिन र केही सुधारात्मक काम गर्न सफल भएको देखिन्छ । 

गम्भीर विषय तर कसैले स्पष्टसँग सतहमा ल्याउन नसकिरहेको अवस्थामा उनले मिहिन ढंगले उजागर गरी युवापिँढीमा पु¥याएकोलाई सकारात्मक नजरले नै हेर्नुपर्ने हुन्छ । अहिले १५ देखि ३० वर्षसम्मका युवा डाक्टर केसीको आन्दोलन र उनको फ्यान भएका छन् । ती ‘नेपालमा यदि कोही जिउँदो मान्छे छ भने त्यो गोविन्द केसी हो, उसले नै नेपाल र नेपालीलाई विकसित र समृद्ध बनाउँछ’ भन्ठान्छन् । राजनीतिक दल र तिनका नेता–कार्यकर्ताले गर्दा यो देश सखाप भयो, अब गोविन्द केसीले सबै ठीकठाक पारिदिनेछन् भन्ने मान्यता राख्दछन् । शरीरमा भाइरसहरूले आक्रमण गर्ने पनि शरीर कमजोर भएकै बेलामा हो । राजनीतिक संक्रमणमा दलको खुट्टा धरमराएका कारण केही विदेशी पैसा र योजनामा नेपालको परिवर्तन संस्थागत नहोस्, पुरानै अवस्थामा फर्काउन सकियोस्, त्यसो भयो भने मात्रै आन्तरिक मामिलामा सधैं आफू हाबी भएर दयामायामा केही भिख दिई सधैं आफूअनुकुल परिचालन गर्न पाइएला भन्ने तत्वहरूले सशक्त चलखेल गरेको पनि स्पष्टै देखिन्छ । किशोर पुस@Xपरिपक्व र स–साना घटनाबाट तरंगित भएर तुरन्त प्रतिक्रिया जनाइहाल्ने भएका कारण त्यस्ता तŒवहरूले हाम्रो त्यही कमजोर अंगमाथि प्रहार गरेको देखिन्छ । 

डाक्टर गोविन्द केसी, कनकमणि दीक्षित र रवीन्द्र मिश्रबीच तालमेल र सम्वन्धबाट जन्मिएको अनशनको अन्तर्य जति गहिराइमा गयो, उति रहस्यमय देखिन्छ । 

बेलायती सञ्चार मिडियामा जागिर खाएर राजा ज्ञानेन्द्रको पक्ष र जनआन्दोलनविरुद्ध प्रचार गर्ने, नेपाललाई भारतमा मिसाइदिनुपर्छ भनेर बिबिसीबाट आह्वान गर्ने रवीन्द्र मिश्र साझा विवेकशील पार्टी खोलेर परिवर्तनको नेतृत्व गरेका पार्टी, नेता र उपलब्धिमाथि विभिन्न आरोप लगाउँदै छन् । उनी पत्रकार भएर चिनिएको पहिचानलाई नेपालका नेता, परिवर्तन र राजनीतिको बद्नाम गर्नमा खर्च गरिरहेका छन् । जबकि उनी स्वयं रातोबंगला स्कुलमा बिबिसीको प्रोजेक्टबाट नेपाली गरिब विद्यार्थीका नाममा आएको पैसा लगानी गरी नाफा खाएको र विदेशस्थित नेपालीसँग एकएक डलर चन्दा उठाएको आरोप खेपिरहेका छन् । 

यहीं डाँडापाखामा जन्मिएर, ढिंडोरोटी खाएर, च्यातिएको थोत्रो लगाएर जीवनमृत्युको लडाइँ लडेर, समाज रूपान्तरणका लागि रगत र पसिना बगाएर, सिंगो जवानी न्यौंछावर गरेर, पढेर क्यारियर बनाउने, रमाइलो गर्ने, रवीन्द्रकै भाषामा भन्दा जीवन जिउने उमेर व्यवस्था परिवर्तनको आन्दोलनमा होमेर, हजारौंले मरिदिएर ल्याएको राजनीतिक परिवर्तन र यसका अभियन्तालाई तथानाम सराप्दै कठैबरा बिचराको उपमा दिँदै वा नेताले उनीहरूको जीवन बर्बाद बनाए भन्ने झुट स्थापित गर्न खोजेर रवीन्द्रहरू त्यही बलिदानबाट प्राप्त उपलब्धिचाहिँ कब्जा गर्न खोज्दै छन् । जसले राजनीतिक परिवर्तनमा बलिदान र योगदान ग¥यो, उसलाई दानवीकरण गर्ने र उसैले ल्याइदिएको परिवर्तनलाई अपहरण गर्न खोज्नेहरूको नियत नेपालका समकालीन युवापुस्ताले बुझ्न जति ढिलो गर्नेछन्, उति यिनीहरूको षड्यन्त्र साकार हुँदैजाने देखिन्छ । 

जतिबेला नेपाली छोरीहरू पिठ्यँुमा बच्चा, हातमा बन्दुक, झोलामा परिवर्तनका दस्तावेज, कम्मरमा सकेटबम र हृदयभरि परिवर्तनका लागि बलिदानको मनोविज्ञान बोकेर उच्च नैतिकता र साहससाथ आन्दोलनको अग्रमोर्चामा जोतिएका थिए, त्यही समय रवीन्द्रहरू फ्युचर बनाउन, क्यारियर बनाउन र पैसा कमाउन उच्च शिक्षा हासिल गर्ने नाममा विदेशीको पाउण्ड खाइरहेका थिए । आज देशमा राजनीतिक परिवर्तन भएको छ । राजतन्त्र हटेर गणतन्त्र ल्याएको छ । के रवीन्द्रले बिबिसीमार्फत नेपाललाई भारतमा मिसाइदिए हुन्न भनेर प्रश्न गरेबापत यो उपलब्धि आएको हो ? फसल रोप्नेबेला  उत्तानो टाङ लगाएर खाटमा सुत्ने र काम गर्नेलाई तथानाम गाली गर्नेले भिœयाउने बेलामा हडप्न खोज्ने ? भान्सेले राम्रोसँग सबैलाई बाँड्न जानेन भनेर विदेशीको कठपुतली बनी आफैं भान्से बन्न तम्सिने ? 

यसको मतलब परिवर्तनको नेतृत्व गरेका दल र तिनका नेताले जेजे नराम्रा काम गरिरहेका छन् सबै आँखा चिम्लेर अनुमोदन गर्नुपर्छ भन्ने छैन । उनीहरूका बदमासीमाथि निरन्तर प्रहार गरिरहन जरुरी छ । तर यसको मतलब यो होइन कि परिवर्तनको नेतृत्व गरेका दलहरूले उपलब्धिको रक्षा गर्न सकेनन् र अब रवीन्द्र मिश्र र कनकमणिहरूले त्यसको रक्षा गर्देलान् । 

सन्देह र समस्या कहाँनेर हो भने शशी शर्मालाई भ्रष्ट भनिरहेका केसीले अग्रवाललाई कुन आधारमा दूधले धुलाइ गरे ? आमरण अनशन भनेको माग पूरा नभए मर्न तयार हुने भनेको हो । तर उनी अनशन बसेको भोलिपल्टदेखि स्लाइनपानीबाट शरीरमा आवश्यक पौष्टिक तत्व घुसार्न थाल्छन् । मुखबाट मात्रै मिष्ठान्न खानेकुरा खाँदैनन् । तर शरीरलाई आवश्यक सबै तत्व नसाबाट लिन्छन् । यसको मतलब उनी खाइरहेका छन्, विज्ञानको भाषामा यही हुन्छ । महिनादिनको अनशन त्यागेको भोलिपल्टै ठमठम हिँडेर सुदुर पहाडका गाउँवस्तीमा उपचार गर्न जान्छन् । महिनादिनसम्म केही नखाई बसेको मान्छे एक–दुई दिनमै बलियो भएर घण्टौं उकालो पहाड हिँडि गाउँवस्तीमा उपचार गर्न जान सक्छ ? यदि कसैले साँच्चिकै आमरण अनशन पाँचदिनभन्दा बढी बसेको छ भने उसले मात्रै यो प्रश्नको जवाफ दिन सक्छ । त्यसैले उनी सारा नेपालीसँग निरन्तर झुुटो बोलिरहेका छन् । नेपाली जनता यसकारण उनको यो झुटमा चुप छन्,. किनकि उनले उठाएको स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति अन्त्य हुनै पर्छ । तर त्यसको नाममा उनलाई जसरी विवेकशिल र रवीन्द्रहरू भगवान बनाएर, अन्ना हजारे बनाएर ब्याकअपमा अरविन्द केजरीवाल बन्न खोजिरहेका छन्, त्यो आपत्तिजनक छ । 

८० प्रतिशत ग्रामीण भूगोल, किसान र गरिबहरू भएको देशको राजधानी काठमाडौंमा केही प्लस टु पढ्ने किशोरहरूलाई डाक्टर केसी लेखेको प्लेकार्ड बोकाएर उफार्दैमा राष्ट्रिय समृद्धि आउँदैन । राष्ट्रिय समृद्धिका लागि त बालकृष्ण ढुंगेल बन्न तयार हुनुपर्छ जसले परिवर्तनको नेतृत्वमा जत्तिकै अहिले समृद्धिको संक्रमणको  बेला पनि पार्टी र आन्दोलनलाई सहयोग गरेर जेल बसिरहेका छन् । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top