​माग्नु रहेछ हाम्रो महिमा


Friday, 12 Jan, 2018 2:19 PM

  • तीर्थ सिग्देल 

कसैले तपाईं भनोस् कि नभनोस् आफंै मपाईं भनेझैं भएभरका तन्त्र ल्याउन लडाइँ गरे पनि यो उखान तोड्न भने कसैले लडेको देखिएन । बरु त्यसैलाई चरितार्थ पार्न रातदिन तल्लीन भएको पाइयो । 

नेपालीले २५० वर्षदेखि एउटा असल शासनका लागि लडे । भुरे टाकुरे राजतन्त्रको अन्त्यसँगै नेपाल एकीकरण अभियान, ००७ सालको संघर्ष, ०१७ सालको कदम, ०२८ सालको झापा संघर्षदेखि ०३६ सालमा बहुदल निर्दलको लडाइँ, ०४६, ०६२ । ०६३ को जनआन्दोलन, १० वर्षे जनयुद्धको मारमा परे पनि नेपालीले नचेतेको जस्तो प्रतीत हुन्छ । त्यसबीचमा राजा ज्ञानेन्द्रको कदमको त कुरा गरिसाध्य छैन । तैपनि, अवस्था उस्तै छ । 

भन्नै पर्ने हुन्छ, हाम्रा पुर्खाले देशका लागि लडे । हजारांै सहिद भए, अरूकै लागि । तर, हामी अहिले पनि आफ्नै लागि मात्र लडिरहेका छांै । 
राजा महेन्द्रले जब प्रशासनिक क्षेत्रको विभाजन गरे त्यतिबेला ५ विकास क्षेत्रको परिकल्पना गरे । तराईका सिमानामा जिल्लाहरूको सदरमुकाम s एयरपोर्ट बनाए । पूर्व–पश्चिम राजमार्ग बनाए । तराई–पहाड जोड्ने सडक बनाए । सिमानामा भूपूहरूको बस्ती बसाए । जातीय विद्रोह नहोस् भनेर पुनर्वासलगायत कार्यक्रम ल्याए । तर, आज हामी तिनैले ल्याएका कामको संरक्षण गर्न नसकेर लाजको पसारो गरिरहेका छौं । 
हामीले प्रजातन्त्र ल्यायौं, लोकतन्त्र ल्यायौं, गणतन्त्र पनि ल्याइछाड्यौं । राजालाई नागार्जुन पु¥याइछाड्यौं । जनयुद्धलाई बहुदलीयकरण गरिसक्यौं । संघीयता ल्यायौं । तीनै तहका चुनाव पनि सक्यौं । यद्यपि, अझै बदलिएनौं । माग मात्र राख्न जान्यौं, कर्तव्य सम्झेनौं । अधिकारको पाठ रट्यौं, जिम्मेवारीबोध गर्न सकेनौं । र, यअतिबेला हामी तिनै महेन्द्रले ल्याएको ५ विकास क्षेत्रको अबधारणा अनुरूपका गतिविधि गरिरहेका छौं ।

त्यसबेला नेपाललाई १४ अञ्चलमा वर्गीकरण गरियो । अञ्चलहरूलाई ७५ जिल्लामा वर्गीकरण गरियो । १४ प्रशासकीय अञ्चलहरूलाई ५ विकास क्षेत्रमा बाँड्दा सम्पूर्ण विकास क्षेत्रमा हिमाल, पहाड र तराईको भूभाग पर्ने गरी अञ्चलहरूलाई समेटियो । 

त्यो समयको माग र आवश्यकता थियो । आज समय बदलिएको छ । मुलुकको चाहना र माग फेरिएको छ । गतिशील समयको रफ्तारलाई समात्नु छ । तर, यतिबेला त्यही विगतका निर्णयलाई सदर गराउन संघर्ष चलिरहेको छ । हिजो जे थियो, त्यही आज किमार्थ हुनु हुँदैन । किनभने आज नेपालको भूगोलमा धेरै उतारचढाव आएको छ । पर्याप्त सम्भावना बोकेका ठाउँ छन्, संघीयतामा ती क्षेत्रको प्रवद्र्धन गर्नु आवश्यक हुन्छ । के धनकुटावासीले यतिवर्षसम्म पूर्वाञ्चलको सदरमुकाम पाएर केही पाएनन् र ? के अब पनि मध्यमाञ्चल विकास क्षेत्रको राजधानी काठमाडौं नै हुनुपर्छ भन्ने छ र ? अब पश्चिमाञ्चलको राजधानीको साख पोखराले मात्र जोगाउन सक्छ ? मध्य पश्चिमाञ्चल विकास क्षेत्रको आवश्यकता वीरेन्द्रनगरवासीको मात्र हो र ? अब सुदूर पश्चिमाञ्चलको राजधानीको विकल्प छैन ? के अब त्यस क्षेत्रका जनताले दिपायलको विकल्प दिन पाउँदैनन् ?

सोच्न जरुरी छ, संघीयतामा नयाँ सम्भावनाका ढोका खोल्नुपर्छ । त्यही भारतमा हेरौं न राजधानी नयाँदिल्ली हो, जुन एक कुनामा छ । तैपनि, त्यसले भारतलाई जोडिरहेको छ । दिल्ली राजधानी भए पनि भारतमा अनेकांै शहर छन्, जसले दिल्लीको सम्पन्नता र वैभवतालाई बिर्साउँछन् । मुम्बई आफैंमा माया नगरी बनेको छ, के मुम्बईवासीलाई राजधानीवासी हुने चाहना छैन होला र ?

राजधानी हुँदैमा ठाउँको विकास हुने होइन । विकास हुन र समृद्ध हुन ठोस योजना चाहिन्छ । एउटा न एउटा कुरामा महŒव भएको हुनुपर्छ । 
हामीले माग्ने र दिने लुकामारी खेल्यौं । माग्दा पाइन्छ भन्ने मान्यतालाई विकास ग¥यौं । भद्रपुरमा मेची पुल माग्यौं । पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट माग्यौं । फाष्ट ट्र्याक माग्यौं । लुम्बिनीमा विमानस्थल माग्यौं । कर्णालीमा सिटामोल माग्यौं । अनि काठमाडौंमा भएभरका विकास थोप¥यौं । बनाउन जानेनांै, भत्काउन मात्र जान्यौं । पुल भत्कायौं, पावरहाउस भत्कायौं । बनाउन दिएनौं । बरु अन्धकार रुचायौं । लोडसेडिङ स्विका¥यौं । 

पहिले राणाशासन हटाएर प्रजातन्त्र माग्यौं । त्यसपछि आफैंले आफ्नो शासनसत्तालाई टिकाउन सकेनौं । त्यतिबेला राजालाई बैरी ठान्यौं । आफ्नैलाई पनि विश्वास गर्न सकेनाँै, पराइ ठान्यौं । पञ्चायतमा बोल्ने, लेख्ने हक माग्यौं । पञ्चायतविरुद्ध आवाज उठायौं । ०२८ सालमा हतियार नै उठायौं । त्यतिबेला आफ्नै जनता मारेर पञ्चायतविरुद्ध होली खेल्यौं । ०३६ सालसम्म बहुदल माग्यौं । र, आआफूबीच बेमेल पालेर सुधारिएको पञ्चायतलाई जितायौं । त्यसपछि पनि माग्न छाडेनौं । त्यतिले चित्त नबुझेर लोकतन्त्र माग्यौं । बहुदलीय व्यवस्थाविरुद्ध नै हतियार उठायौं । १७ हजार नागरिकलाई उच्चकोटिको दर्जा दियौं । त्यसपछि गणतन्त्र ल्यायौं । त्यही गणतन्त्र माग्ने शक्ति र त्यतिबेला गणतन्त्र दिन नचाहने शक्तिबीच कार्यगत एकता ग¥यौं । राजा फाल्यौं । र, आफंै राजा हुने प्रयास ग¥यौं ।

संघीयता माग्यौं । लिम्बुवान माग्यौं, खम्बुवान पनि माग्यौं । यतिसम्म कि अखण्ड सुदूर पश्चिम माग्यौं । माग्ने माग्यौं, नमाग्ने पनि माग्यौं । धर्मनिरपेक्षता माग्यौं । आज पनि आफ्ना लागि मागिरहेका छौं । कसैले उपचार खर्च माग्यौं । कसैले टिकट माग्यौं । र, अहिले फेरि प्रदेशको राजधानी मागिरहेका छौं । आफ्नै सडक बालेर आगो तापिरहेका छौं । बन्द गर्न जान्यौं । नाकाबन्दी गर्न जान्यौं । प्रदेश बन्दैमा सबथोक हुन्छ भन्ने मान्यतालाई स्थापित गर्ने कोसिस ग¥यौं । आजसम्म पाएको चिजको महत्व बुझेनौं । बरु त्यही गुम्न लाग्यो भनेर कोकोहोलो मच्चाउन पछि परेनौं ।

हामीले मागेर नै पाइन्छ भन्ने सोचको विकास ग¥यौं । आफ्नो ठाउँको सम्पन्नता मागेनौं, प्रगति मागेनौं, समृद्धि मागेनौं । प्रतिस्पर्धाले नयाँ सम्भावनाको ढोका खोल्छ भन्ने विचार कहिल्यै गरेनौं । जम्माजम्मी मागेरै पाइन्छ भन्ने सोच रोप्यौं, त्यही उमा¥यौं, फलायांै र खायौं । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top