​जताततै छाउन थाले जासुस


Friday, 12 Jan, 2018 1:28 PM

नेपालप्रतिको भारतीय हेराई यहाँको परिवर्तित राजनीतिक परिस्थितिअनुकूल हुने गरी तय गर्नलाई हुनसक्छ, प्रधानमन्त्री नरेन्द्र मोदीको वरिपरि गुप्तचर संस्थाबाट भूपू भएका मान्छेले भरिभराऊ पारिएको छ ।

इन्टिलिजेन्स ब्यूरोका पूर्व निर्देशक अजित दोभाललाई मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका मोदीले अहिले फेरि ‘र’  पूर्वप्रमुख राजेन्दर खन्नालाई डेपुटी नेशनल सेक्युरिटी एडभाइजर बनाएका छन् । नेपाल, बंगलादेशजस्ता निकटस्थ छिमेक हेर्ने गरी एबी माथुरलाई पनि यस्तै काममा खटाएका छन् । जो ‘र’ कै पूर्व सेकेण्डम्यान हुन् । छिमेकी मुलुकलाई ‘र’का मान्छेले हेर्ने गरी राखेपछि सुरक्षाका विषयमा संसदलगायत कतै जवाफ दिइरहनु पनि परेन । नेपालमै पनि ‘र’को चिफ तोकिएका विवेक जोहरी कार्यकाल सिध्याएर आजभोलि फर्किंदैछन् । उनलाई बदली गर्न अजयकुमार (एके) हल्दर काठमाडौं आउने क्रममा छन् । उनको सहायकका रुपमा दार्जिलिङका बासिन्दा पि. छिरिङलाई खटाइएको छ । काठमाडौंस्थित दूतावासको संरचनालाई पनि भारतले व्यक्तिगत हैन, संरचनागत रुपमा हेरफेर गर्दैछ ।

राजनीतिक र प्रशासनिक दुवै ज्ञान नभएका मानिसहरुले दूतावास भर्न खोजिँदै छ । राजदूतपछि दोस्रो वरियताको डिसिएम पदमा चार महिना पहिले विनयकुमार थिए । उनी गएपछि डा. अजयकुमारलाई काममा लगाइयो । अजय ०७२ को महाभूकम्पपछि पुनर्निमाण परियोजना हेर्ने गरी तोकिएका व्यक्ति हुन् । पोलिटिकल मामिला गोपालकृष्णन्ले हेर्दै थिए । उनको तीन वर्षे कार्यकाल स्थानीय निर्वाचनअघि नै सकिएको हो । अमेरिकी राजधानी वासिङ्गटन डिसीमा सरुवा भएर पनि तीन महिनादेखि नेपाल बस्दै आएका उनले गत शनिबारमात्र काठमाडौं छाडेका हुन् । अर्थात्, नेपालको राजनीतिलाई नियाल्नका लागि चाहिने मान्छे नयाँ ल्याइएको छैन । यसबाट बुझ्न सकिन्छ, भारतले छिमेकका हकमा मिहिन ढंगले हेर्ने मानिस पठाउन खोज्दैछ । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top