​उहाँलाई राष्ट्रपति बनाउने चर्चा थियो


Sunday, 31 Dec, 2017 10:39 AM

  • दुर्गा पौडेल, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय जनमोर्चा

नेकपा (मसाल) को खुला मोर्चा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष र पार्टी प्रवक्ता पनि हुन् दुर्गा पौडेल  । तर, मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नीको नामले बढी चिनिन्छिन्  । यसचोटि एकमात्र निर्वाचन क्षेत्र कायम भएको प्यूठानबाट वामगठबन्धनको उम्मदवार थिइन्  । नेपाली कांग्रेसका डा.गोविन्द पोखरेललाई १६ हजारको मतान्तरसाथ पराजित गरिन्  । एमाल र माओवादी केन्द्रको स्थानीय नतृत्वसमेत उनको पक्षमा निक्कै जोडसँग लाग्यो  । त्यसो त प्यूठान आफैँमा जनमोर्चाको आधारभूमि मानिन्छ  । तर, चुनाव जित्ने पर्याप्त मत भन थिएन  । यसरी वाम गठबन्धनका उम्मेदवार भएर जिताएकोमा एमाले र माओवादीप्रति अनुग्रहित छन्  । बुढ्यौली उमरका मोहनविक्रम सिंहसँग विवाह गरेपछि राजनीतिक बृत्तमा बढी चर्चामा आइन्  । भारतमा जन्मिएकी र कपिलवस्तुकी बासिन्दा हुन् उनी  ।

० चुनावी अनुभव कस्तो रह्यो ?

– महिलाको हकमा धेरै कठिन  । त्यसमा पनि प्रत्यक्ष निर्वाचन हामीजस्ता मध्यवर्गीय परिवारको सदस्यलाई एकदमै गाह्रो, खर्चिलो । पुरुषप्रधान पिछडिएको मानसिकता, महिलालाई हेर्ने दृष्टिकोण नै फरक  । साँघुरो सोच र हेर्ने दृष्टिकोणलाई चिर्नका लागि थप उर्जासहित लड्नु पर्दाेरहेछ  । अहिले पनि महिलाले केही गर्न सक्दैनन् भनेर बुझेका पुरुष उम्मेदवारले हल्ला फिँजाउँदा रहेछन्  । कतिपय मिडियालाई पैसाले किन्नुपर्ने, २१ औँ शताब्दीमा पनि विवेकले मतदान गर्न नपाउने, मत किन्ने परिपाटी देखियो  । प्यूठान जिल्ला शुरुदेखि नै वामपन्थीलाई रुचाउने, स्थानीय तहको निर्वाचनमा नौमध्ये आठ गाविसमा बहुमतसहित वामपन्थीहरूले जितेको ठाउँ  । हामीलाई हराउन धेरै ठूलो चलखेल थियो । तीनवटा वामपन्थी पार्टीका साथीहरू एक भएर हिँडेका थियौँ  । हामीबीचमै फुट ल्याउने षड्यन्त्र दिनैपिच्छे र एक–एक छिनमा हुन्थे । तर, हामी कोही विचलित भएनौँ  । राज्यसत्ताको चरम दुरुपयोग गरेर जनतामा भ्रम सिर्जना गर्ने, कम्युनिष्टहरूका विरुद्ध अन्त्यन्तै निच ढंगले अभिव्यक्ति दिने काम भए  ।

० डा.गाविन्द पोखरेल, जो छँदाखाँदाको सरकारी जागिर छो डे र तपाइसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो  । त्यो समयमा कत्तिको डर लागेको थियो ?

– धेरैले यही प्रश्न सोधे । डरभन्दा पनि प्रतिष्पर्धी त्यही प्रकारको भयो भने मैदानमा लड्नुको मज्जा बेग्लै हुने । अहिलेको भड्किलो र खर्चिलो परिस्थितिअनुसार हेर्दा उहाँहरूको खर्च गर्ने स्तर, हैसियतसँग हाम्रो तुलना हुनै सक्ने थिएन  । वास्तवमा पैसाले नै चुनावमा जित–हार हुन्छ भन्ने हो भने प्यूठानी जनताले त्यो मानसिकतालाई यसपटक तोडेका छन् । एउटा धनी, उपल्लोस्तरको जीवनशैली भएको उम्मेदवारसँग चुनाव लड्ने म गरिवकी छोरीलाई नै उहाँहरूले चुन्नुभएको छ  । किनभने, जनताले ब्याकग्राउण्ड हेर्दा रहेछन् । चुनाव जितिसकेपछि अर्कै रिजल्ट आयो पनि भने  । प्रचारको आधारमा मत खस्दो रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरण म आफैं हुँ  । नोमिनेशन गरेकै दिन डा.गोविन्द पोखरेल ‘मेरो जित त पक्का छ म्याडम’ भनेर हात मिलाउन आउनुभएको थियो । मैले भनेँ,  ‘म जनताको विवेकमा विश्वास गर्छु  । हामीले आर्जन गरेको सम्पत्ति भनेको पनि जनताको विवेक र विश्वास हो ।’ अन्ततः जनताको विवेककै जित भएको छ  ।

० तपाईंहरूका पार्टी संघीयताविरोधी । प्रतिनिधि सभा र प्रदेशसभाका चुनावमा भाग लिनुभयो  । के ही ठाउँमा जित्नुभयो पनि  । संघीयतामा सहमत हुनुभएको हो ?

– संविधान निर्माण गर्दाखेरि नै ६ दशक लामो संघर्ष लडेर ल्याएको गणतन्त्र धरापमा पर्नुहुँदैन भनेर संघीयताप्रति विमती राखेका हौँ  । यो लडाइँलाई नियमित अगाडि बढाउँछौँ  । विमतीका बाबजुद पनि संविधानलाई समर्थन गरेर जानुपर्छ र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट विचार छ  । संघीयतासम्बन्धी हरेक च्याप्टरमा संशोधन राख्दै संविधानलाई समर्थन ग¥र्यौं  । संघीयताले यो देशलाई टुक्राएर लैजान्छ  । जनताले चाहेको @Xर हो ।  ‘मलाई राज्य टुक्राएर दे’ भनेर जनताले कहिल्यै माग गरेनन् । प्रजातान्त्रिक विकेन्द्रिकरणमा आधारित एकात्मक शासन व्यवस्था हुनुपर्दछ भन्यौँ  । स्थानीय तहलाई बढी मजबुत बनाउनुपर्छ भन्यौँ  । संघीयता ल्याउनेहरूले नै स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले अपर हाउसमा मतदान गर्न पाउने अधिकार कटौती गर्न खोजेका थिए  । त्यसको विरोध ग¥यौँ  । एक सय २७ भन्दा बढी जातजाति, भाषाभाषी भएको देशलाई टुक्र्याउने, संघीयताको नाम लिनेबित्तिकै वैमनस्यता पैदा भइसकेको अवस्थालाई हेर्दा यो एक प्रकारको  ‘स्लो पोइजन’ नै हो । यो विषवृक्षलाई राख्न हुँदैन  । यसले सिध्याउँछ  । या त हामीले यसलाई सिध्याउनुपर्छ, या यसले देशलाई नै सिध्याइदिन्छ  । हिजो हाम्रो जुन स्पष्ट धारणा थियो, त्यो अहिले पनि छ  । 

संघीयताको विरोध गर्दै जाँदा हाम्रै अध्यक्ष  सरकारमा पनि जानुभयो । तर, पहाड र तराईलाई अलग बनाउने विषय आउँदा विमति राख्नुभयो । विपक्षमा हस्ताक्षर गर्नुभयो । आफ्नो विचारको पक्षमा हामी स्पष्ट छौँ, अडान छ, त्यही प्रकारले जान्छौँ । जहाँसम्म विकास र समृद्धिको पाटो छ, त्यसमा हाम्रो केही विमती रहँदैन  ।

० वाम गठबन्धनबाट जित्नुभयो  । अहिले एमाले र माओ वादी एकीकरणको तयारीमा छन् । तपाईंहरू के गर्नुहुन्छ ? 

– देशमा मजबुत वाम पार्टीको आवश्यकता छ  । जनताले खाँचो महसुस गरेकै कारण वाम शक्तिलाई त्यहीअनुसार मत दिए  । पार्टी एकीकरणका लागि सिद्धान्त, विचार एउटै प्रकारको छ  । नीतिमा फेरबदल छैन भने त्यहाँ एकता भइहाल्छ  । तर, जहाँ आफ्ना विचारहरू सैद्धान्तिक रुपमा, नीतिगत प्रश्नमा कतिपय फरक छ भने सम्भावना नै छैन भन्न मिल्दैन  । निर्वाचन पछाडि यी बिषयमा छलफल गर्ने भनिएको हो । हामी कति टाढा, कति नजिक छौँ, छलफल गरौँ  । दूरी राखेर पार्टी एकता गर्दा दिगो हुँदैन  । हामीसँग विगतको त्यो अनुभव छ  । त्यसका लागि वैचारिक मतभेदलाई चिरेर, पार गरेर कति दूरी घट्यो र कति दूरी बाँकी रह्यो, त्यसको वैचारिक आधारले तय गर्दछ  । कति समयभित्र हुन्छ ? अहिले नै भन्न सकिँदैन  ।

० एमाले र माओ वादीबीचको एकता कत्तिको दिगो हुने देख्नुहुन्छ ?

– यी पार्टीबीच नीतिगत प्रश्न नभएका हुँदा एकता सम्भव छ, हुन्छ  । त्यो आवश्यकता पनि हो  । त्यसलाई हामीले स्वागत गरिरहेका छौँ  । पार्टीका मूल लिडरहरूले भनेअनुसार पार्टी एकता हुने सम्भावना नै बढी देखिन्छ  । 

० तपाईंको आफ्नै राजनीतिक परिचय छ  । तर, मो हनविक्रमकी पत्नीको रुपमा बढी चर्चा हुन्छ  । यस्ता हुँदा कस्ता े लाग्छ े ? 

– मोहनविक्रमकी पत्नीको रुपमा मात्र प्रचार हुँदा म दुःखी हुनुभन्दा पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो कञ्जुस्याईं र पिछडिएको मानसिकताको रुपमा हेरेँ  । आफ्नै पहिचानलाई माइनस गरेर यसरी प्रस्तुति गरियो, जो राम्रो हुँदै होइन  । महिलालाई काम गर्न धेरै गाह्रो छ भन्ने यही कुराले पनि पुष्टि गर्छ  । नेतृत्व तहमा रहेका महिलालाई त यस्तो अवस्था छ भने सामान्य महिलाको अवस्था कस्तो होला ?

० यहाँ लामा समयदेखि मोहनविक्रमको सहयात्री हुनुहुन्छ  । बताइदिनुस् न, उहाँको स्वास्थ्यस्थिति, सक्रियता कस्तो छ ?

– राम्रो छ  । सकारात्मक चिन्तनका व्यक्ति भएको कारण स्वास्थ्यले पनि साथ दिएको छ  । ८३ वर्षको हुनुभयो । बिहान ३ बजे उठ्नुहुन्छ  । नित्यकर्म सकाएपछि बिहानको समय लेखाई, पढाइमै जान्छ  । अरुलाई बिहानको समयमा भेटघाट दिनुहुँदैन  । व्यस्तताको बाबजुद पनि योगमा जुट्नुहुन्छ  । आफ्नो खानपान र स्वास्थ्यको एकदमै ख्याल राख्नुहुन्छ  । खान हुँदैन भनेको चिज मन परे पनि खानुहुन्न  । 

० एकसमय उहाँलाई राष्ट्रपति बनाउने चर्चा पनि थियो  । तर, उहाँ राजनीतिक मूलधारमा आउन चाहनुभएन  । यसको कारण के हो ?

– राष्ट्रपति बनाउने चर्चा सरकारको थियो । ती पोष्टहरूप्रति उहाँको लगाव देखिएन  । मूलतः पार्टीभित्रको डिसिजन महŒवपूर्ण हुन्छ  । उहाँको हकमा पार्टीभित्र कहिँ–कतैबाट प्रस्ताव आएजस्तो लाग्दैन  । केपीजीसँग माओवादीका साथीहरूले प्रस्ताव लगे भन्ने पनि लाग्छ  । यद्यपि बाहिर कुरा मात्र चलेको हो । पार्टीमा यो कुरा कहिँ–कतैबाट आएन  ।

० चुनाव लड्दै गर्दा तपाईं प्यूठानी हाइन भन्न े हल्ला चल्यो । यी र यस्ता हल्लाले चुनाव लड्नलाई कति अप्ठ्यारा भयो ?

– खासै अप्ठ्यारो परेन  । प्यूठान, चुँदामा मेरो माइती  । त्यहाँबाट बाबाहरू कपिलवस्तु झर्नुभयो । ओखरबोटमा अहिले पनि घर छ  । एक प्रकारको भ्रम फैलाउने गरी तलसम्म झरेर प्रचार पनि भएको हो । त्यो भ्रम केही समय मात्र टिक्यो । त्यसलाई चिरियो ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top