​मन परे चाट्ने, मन नपरे काट्ने


Sunday, 31 Dec, 2017 9:00 AM

  • संकेत कोइराला

एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठक बसिरहेको थियो । राजनीतिक मुद्दामा सहमति नभएपछि नेताहरू पूmर्तिसाथ आफ्ना पितापुर्खाको बखानमा उत्रिए  । 
शेरबहादुर देउवा : भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णालीबाट फुत्त निस्कनुहुन्थो ।

केपी ओली : तपाईंका बा के बहादुर, मेरा बाको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट पानी भएर निस्कनुहुन्थ्यो । 

पुष्पकमल दाहाल : मने तपाईंहरूका कुरामा पटक्कै दम भएजस्तो लागेन  । लौ सुन्नुस्, मेरा बालाई एकपटक यस्तो भुंग्रे ज्वरो आयो कि आमा बाको गालामा हरियो मकै पोलेर हामीलाई ख्वाउनुहुन्थ्यो । 

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एक्युरेट समय बताउँछ  । तर, बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरूले जिन्दगीभर आफ्नो नामबाहेक अरू केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मुखियाहरूले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षभन्दा कम रेमिट्यान्स भित्रिएको तीतो समाचार बाहिर ल्याएको छ  । गाउँगाउँमा सिंहदरबार पुगेको खुशीमा अबिरजात्रा भइरहँदा रेमिट्यान्स वृद्धि ऋणात्मक बन्नु सुखद संकेत होइन  । यसले बैंकिब तरलता चर्किने र अर्थतन्त्रमा संकटको बादल आउने  खतरा बढेको छ  । हामीले चुनावमार्पmत घरघरमा हजारौं केपी ओली, शेरबहादुर र प्रचण्ड त जन्मायौं तर तिनीहरूको काम, कर्तव्य र अधिकारका विषयमा निरपेक्ष रह्यौं  । अब शक्ति संघर्षका काला बादल मडारिने क्रम शुरु हुनेछ  । 

जनप्रतिनिधि जनअनुमोदित डन बन्ने खतरा छ  । केन्द्रले क्षेत्र, क्षेत्रले जिल्ला र जिल्लाले स्थानीय निकायलाई टेर्ने छैनन् । सरकारी कर्मचारीको महत्वाकांक्षा कम गराउने कुनै उपाय लगाइएन भने त्यो गोमन साँप पाल्नुसरह हुनेछ  । त्यसै पनि ट्रेड युनियनका सटरहरूको शासन थामीसाध्य छैन  । स्थानीय निकायमा सरुवा भएर जाँदा पद र पैसा बढाउनुपर्ने दलाली शुरु भएकै छ  । पुलिसको सिपाही नवराज सिलवालले सरकारमा नपाएको न्याय राजनीतिबाट फच्याएको प्रकरण पहिलो र अन्तिम बन्नुपर्छ  । यो प्रवृत्ति प्रस्थानबिन्दु भयो भने राजनीतिमा पन्पिएको अर्को घातक भाइरस ठहरिनेछ  । प्रतिशोधको राजनीति संस्थागत हुँदाका बखत एन्टीभाइरस पाइने छैन  । त्यसै पनि हाम्रो चुनावी प्रणाली पैसावालहरूको रेसलिब बनेको तथ्य कसैबाट छिपेको छैन  । अधिकार गाउँलाई दिनेमा सबैको सहमति भयो तर एक पातो जीवनजल किन्ने पैसाको कुरा उठ्नासाथ केन्द्र ताक्ने प्रवृत्तिमा कत्ति पनि सुधार आउने छाँट छैन  । संघ उर्जावान हुन सकेन भने त्यो लुटतन्त्रको स्टेशन बढोत्तरी मात्र हो ।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा हरेक पार्टी नेताको घोषित–अघोषित योगदान छ  । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर  । सबैको अस्तित्व देखिने सलादको नाममा कलबिख घोलिएको सुप बनाइएको छ  । नेपाललाई रत्नपार्कबाट सार्वभौम देश बनाउनु अहिलेको चुनौती हो । सत्ता नपाएसम्म क्रान्तिकारी, सत्ता पाउनासाथ आज्ञाकारी हुन्छन् । प्रधानमन्त्री हुँदाताका बाबुराम भट्टराईले भनेका थिए–  । । ।सत्ताको साँचो त अन्तै पो रहेछ  ।’ बिपी–जिपी, केपी–पिके, मनमोहन– माधवदेखि शेरबहादुर हुँदै झलनाथसम्म यस कटु सत्यका पारंगत व्यक्तित्वहरू हुन् । तर, यो विषयलाई उनीहरूले फगतः कम्बल ओढेर घ्यू खाने माध्यम मात्र बनाए  । अरू  त अरू कम्युनिष्ट पृष्ठभूमिका नेताहरू कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो ।

सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरफ्लाई ब्राण्डका पारखी हुन पुगे । तर, सिसाको गिलासमा खायो भने हैसियत खुल्ने डरले स्टिलको गिलासमा खाएर जनताको नाममा चिसो पानी खाएको पाखण्ड ओकल्न भने पछि पर्दैनन् । मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरू आइफोनको पारखी भएका छन् । अरू त परै छाडौं एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरूमा देखिँदैन  । हो, देश पनि तिनीहरूका लागि त्यही मोबाइल सेटजस्तै भएको छ  । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाएभैंm नेताहरूको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ  । मन पर्दा तिनै नेतालाई चाटेर देवत्वकरण गरियो । मन नपर्नेबित्तिकै खुँडा बोकेर काट्न खोजियो । 

नेपालका अधिकांश प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग उभिएर फोटो खिचेका छन् । बेडरुमदेखि बैठकसम्म त्यो फोटो सगौरव झुन्ड्याएका छन् ।  अमेरिकी राष्ट्@Xँग फोटो खिच्ने लोभ त सबैमा पलायो तर सिक्नुपर्ने कार्यशैलीप्रति भने बेखबरजस्तै बने । बिहान उठेका डोनाल्ड ट्रम्प मर्निब वाक गर्दा सुरक्षा सल्लाहकार, चिया पिउँदा राजनीतिक सल्लाहकार र टेनिस खेल्दा कूटनीतिक सल्लाहकारसँग बैठक भ्याइसकेका हुन्छन् । विश्व चलाउने ट्रम्प यति सजिलै सवै काम सिध्याउँछन् । विडम्बना, आपूmले नेतृत्व गरेका दललाई गुठीमा रूपान्तरण गरेका हाम्रा नेता बैठकलाई घरको माना बचाउने र जिब्रो भिजाउने मौकाका रूपमा हेर्ने गर्छन् । सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशुलको अन्तरकथा पनि यही नै हो । माओ कि ट्रम्प ? यसो भनेर गाई त्रिशूल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताको रोजाइ ट्रम्प पर्नेमा शंका छैन  । कार्यकर्तालाई माक्र्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताका लागि युरोप, अमेरिकाबाहेक अरू मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युवा र चिनियाँ साँस्कृतिक क्रान्तिको पाठ पढाए  जाँचमा भने अमेरिका, स्विट्जरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरू यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् । अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौं माओवादी कार्यकर्ताले अमेरिकी नागरिक हुन आफ्नै पार्टीले दुःख दिएर परदेश भास्सिनु परेको व्यहोरामा ल्याप्चे लगाएर फेडरल अदालतमा कागजात पेश गर्ने गरेका छन् । अब नेपालको कम्युनिष्ट नेतृत्वले फेसबुकका मार्क जुकरबर्ग, आइफोनका स्टीभ जब्स, कम्प्युटरका पिता चाल्र्स  बाबेजलाई नेता मान्नुपर्छ  । यी यस्ता आविष्कारक हुन्, जसले अमेरिकी राष्ट्रपति र नेपालको एउटा सामान्य नागरिकलाई पोष्टमा समान सुविधा दिएका हुन्छन् । आखिर सवैलाई समान आँखाले हेर्नु कम्युनिष्ट समाजवादी हेराइ होइन र ? यदि यसो नभएको भए सवै जनता रोटीको हकदार नभएसम्म केक काट्न नपाइने उर्दी लेनिनले किन लगाउँदा हुन्? सबै मजदुरले चिनी हालेको चिया नपाएसम्म आपूm पनि खल्लो चियामा डल्लिने इच्छाशक्ति कहाँबाट पलाउँथ्यो? संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? 

यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पूरै शून्य छ  । देशको कार्यकारी पदमा पुग्नेहरू लंगुरबुर्जा सञ्चालकजस्ता भएका छन्  । जसको एउटै ध्याउन्न हुन्छ– दायाँ बायाँ हेर्ने अनि जतिसक्दो सोहोरेर सुईंकुच्चा ठोक्ने । राजनीतिलाई जुवाको खाल ठानेर दाउ लगाउनेहरूको संख्या विचित्रसँग बढेको छ  । समावेशीका नाममा एकाध दर्जन मानिस भएका पार्टीका कमजोर मानिसलाई मन्त्री बनाएर राज्यका निकायलाई होलसेलमै दलालीको अखडा बनाउने सुनियोजित अभ्यास भइरहेको छ  । संयोगवस एउटा प्राविधिक व्यक्ति देशको प्रधानमन्त्री भएकाले होला प्रतिशतमा मिलाउनेहरूको जताततै बिगबिगी देखिन्छ  । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू प्राविधिकहरूको भ्रष्ट शैलीबाट यति आजित भएछन् कि इञ्जिनियरको सम्मेलनमा थोरै मात्र खाइदिनुस् भनेर क्वाँ क्वाँ रोएका थिए रे! राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ  । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी  । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ  । यदि, नेता हौसिएर हाकिम हुन खोज्यो भने ऊ त खरानी हुन्छ नै, देश पनि अवनतिको पातालमा भासिन्छ  । यदि यो देशमा नैतिकवान राजनीतिज्ञ थिए भने उनीहरूले टाईसुट त के लाज छोप्न बुर्का लगाउनुपर्ने अवस्था छ  । तृतीयांश बजेटले मुलुकको अर्थतन्त्र धानिरहेको यो बेला कृषिप्रधान देशका अर्थशास्त्रीहरू २५ अरब बढी रूपैयाँको चामल भारतबाट आयात भएको तथ्यांक पढिरहेका छन् ।

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन  । राज्यले जन्मिएका मात्र होइन, दशकौंपछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ  । धुलिमाटीबाट क, ख सिकेका देखि आईफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रपूर्वक खेल्न, बढ्न पाउनुपर्छ  । निष्ठा र इमान्दारीको राजनीति गर्नेहरू देउतासमान हुन्छन् भन्ने नेल्सन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरूलाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । कस्ता–कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरूले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपनासिवाय केही होइन  । मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो । सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन  । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ  । पोखरीमा पानी हुञ्जेल माछाले कमिला सिध्याउँछ  । जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ  । पर्खन सक्नुपर्छ– पालो सबैको आउँछ  । सत्तालाई पनि शिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ  । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने न रहे बाँस, न बजे बाँसुरी हुन बेर लाग्दैन  ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top