सकौंला भनेर कसले सोचेको थियो र !


Sunday, 31 Dec, 2017 8:44 AM

भनिन्छ, कोही पनि सर्वगुण सम्पन्न हुन सक्दैन । सधँै समय र परिस्थिति आफूअनुकूल भइदिए सायद मानिसलाई चिन्ता के हो भन्ने कुनै अनुभूति हँुदैनथ्यो। सामाजिक पद धारण गरेका व्यक्तिलाई पनि कुनै न कुनै कुराले पिरोलिरहेको हुन्छ । नियतिले कतै न कतै ठक्कर
दिइरहेको हुन्छ । यस्तै समस्या  लिरहेका छन् पूर्वप्रहरी प्रमुख कुवेरसिंह रानाले। जसले आफ्नी अशक्त छोरीलाई घरमै राखेर स्याहार सुसार गरिरहेका छन्।

यस्तै हालत छ एमाले नेता प्रदीप ज्ञवालीको। अशक्तहरूले पनि अवसर पाएको खण्डमा धेरै कुरा गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो हालै सम्पन्न प्रथम ह्विलचियर टुर्नामेन्ट । जसमा नेपाली खेलाडीले भारत र बंगलादेशका खेलाडीलाई हराए र देशको नाम उँचो पारे। यो प्रतियोगिता आयोजना गर्दा धेरै कष्ट र पीडा व्यहोरँे। म आफैं पनि अशक्त । सोलुखुम्बुको थामेमा ०२३ सालमा जन्मिएँ । जुन ठाउँमा विश्वविख्यात आरोही आप्पा शेर्पा र तेञ्जिब नोर्गे शेर्पाको जन्म भएको थियो। साढे दुई वर्षकै हुँदा पोलियोले सतायो। त्यसपछि हिँडडुल गर्न सकिएन । ०२५ सालमा भित्रिएको हँु राजधानी खाल्डोमा । त्यसपछि गाउँ फर्किनै सकिनँ। काठमाडौं, क्षेत्रपाटीको जेपी स्कुलबाट क ख रा’ शुरु भयो। त्यतिबेला शारीरिक अक्षमताका कारण स्कुल जान निकै कष्ट खेपें । साथीहरू गिज्याउँथे। नानाथरी भन्थे तर सहनुपर्ने। सबैभन्दा गाह्रो ट्वाइलेट जान र सबैभन्दा ठूलो समस्या जातीय । हिमालको मान्छे। भाषामा समस्या । सबैले 'भोटे, ओइ भोटे.!’ भनेर पेल्थे। पीडाको पहाड आफैसँग थियो। यद्यपि, पढाइमा अब्बल थिए । गुरुहरूको न्यानो माया पाएको थिएँ । कक्षामा सबैभन्दा अब्बल साबित भएपछि पहिला हेलाँ गर्ने साथीहरूले पनि माया गर्न थाले। पहिले गिज्याउने साथीहरू बसमा आइदिँदा खुशी लाग्यो। त्यसो त स्कुलमा हुने अतिरिक्त क्रियाकलाप हाजिरीजवाफमा प्रथमै हुन्थँे। १० कक्षामा अध्ययन गर्दै गर्दा बीचमा अलिकति पढाइ छुट्यो। जोरपाटीको अपांग केन्द्रमा गएर तालिम लिएँ । र, थप जीवन जिउने मौका मिल्यो।

०४० सालमा एसएलसी उत्तीर्ण गरेँ, विभिन्न समस्याका बाबजुद ०४६ सालमा स्नातक पनि उत्तीर्ण गरिछाडेँ । त्यो समयमा राजनीतिक उथलपुथल थियो। कलेज गएर पढ्न पाइने अवस्था थिएन । यद्यपि, मेरा लागि ठूलो सम्पत्ति थियो शिक्षा । यसको अलावा ठमेलमा पसल सञ्चालन गरँे। सबै जिम्मेवारी आफ्नै काँधमा थियो। ।।।ब्याक सपोर्ट’ घर परिवारको छँदै थियो। 

पसल सञ्चालन गर्नुपूर्व काकाले एउटा जागिर पनि दिलाउने भए, सेक्युरिटी गार्ड । तर, त्यो प्रस्ताव मेरा लागि ।।।फिट’ हुने कुरै भएन । सहजै इन्कार गरें। त्यसपछि दुई दशक बढी व्यवसायमै होमिएँ । तर, जोरपाटीमा अवस्थित खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्रबहादुर बस्नेतले दिनुभएको प्रेरणा नै मेरा लागि जिउने आधार बन्न पुग्यो। पसल छाडेर आफ्नै सत्कर्मका फर्किएँ । बस्नेतसँग ३५ सालमा भेट भएको हो। तर, केही समयमै उहाँको निधन भयो। म आफैँ उहाँको कार्यभार सम्हाल्ने कुरै भएन तर प्राप्त प्रेरणाका कारण भूकम्पपछि सबै थोक छाडेर सामाजिक कर्ममा होमिएँ । काठमाडांैको गोलढुंगामा अपांग कल्याण संघ खोलियो। भूकम्पपीडित अपांगहरू अलपत्र थिए, खोला बगरमा । कुखुरा, सुंगुरसँगै खान्थे–बस्थे। उनीहरूका लागि नजिकै एक रोपनी जग्गा भाडामा लिएर आवास निर्माण गरेँ । कैलाली पुगेँ । त्यहाँको सुपा अपांग अस्पतालका ३० बढी स–साना बालबच्चालाई पनि सहयोग गरेँ । धरान छाता चोकको पुनःस्थापना केन्द्रमा पनि पुगेँ । त्यहाँ पनि आफूले सकेको सहयोग गरँे। काठमाडौंको साँखुमा ९ महिनाका लागि खाद्यान्नको जिम्मा लिएँ । ज्वाइँ आबनोर्बु शेर्पाले आवासका लागि
भवन निर्माणमा सहयोग गरे। खगेन्द्र नवजीवन केन्द्रको बोर्ड मेम्बर छु। भूकम्पपछि खगेन्द्र नवजीवन केन्द्रद्वारा सञ्चालित स्कुलका छाना फेरिदिएँ । त्रिपालको ठाउँमा जस्तापाता लगाइदिएँ ।

ह्विलचियर क्रिकेट संघको जन्म पोहोर साल भएको हो। तर, कानुनी मान्यता भने अस्ति फागुनबाट मात्र प्राप्त भयो। मैले हामीजस्ता अपांग व्यक्तिलाई अघि बढाउने माध्यम खेल मात्रै देखेँ। यो प्रस्ताव ल्याइसकेपछि साथीहरू खुसी हुनुभयो। खेलमार्फत दुःख–सुख सेयर गर्न थाल्नुभयो। पैसा मात्र सबथोक रहेनछ । सबभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ । संस्था स्थापनासँगै ।।।डोमेस्टिक’ खेल आयोजना
गरें, गत जेठमा । त्यसपछि पहिलो त्रिदेशीय क्रिकेट खेल आयोजना गरें। ह्विल चेयरमा बसेर क्रिकेट खेल्ने देशहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तान मात्र हुन्। तर, यो खेलका लागि पाकिस्तानबाहेक अरू दुई देशलाई मात्र आह्वान गर्न सम्भव भयो। पाकिस्तानलाई डाक्न एकै जना
खेलाडीका लागि १ लाखभन्दा बढी टिकट खर्च लाग्ने भएपछि सम्भव भएन । भारत र बंगलादेशबाट २०÷२० जना दरले खेलाडी आए । दुई देशलाई पाखा लगाउँदै नेपालले खेल जित्यो। बंगलादेश र भारत क्रिकेटका ।।।गुरु’ नै हुन् तर हाम्रा खेलाडीले जिते। भारतले यो खेलको अभ्यास गरेको एक दशक भइसक्यो, पाकिस्तानको पनि उत्ति नै समय भइसक्यो भने बंगलादेशको पाँच वर्ष हुँदै छ । तर, हामीले यो अभ्यास थालनी गरेको एक वर्ष हुँदै छ । एक वर्षको टे«निब खेल जितेको नेपालले अब एसिया कपमै आयोजना गर्नेछ ।
जोरपाटी, जावलाखेल र नेपाल आर्मीको समूहलाई मिलाएर अहिले तीन टिमले प्रशिक्षण लिँदै छन्। त्रिवि मैदानमा 'च्याम्पियनसिप’ जितेको क्षणले भावुक बनाइदिन्छ । दर्शक थोरै तर उत्तिकै उत्साह आर्थिक सहयोगका लागि कहाँ कहाँ पुगिएन ? कर्पाेरेट हाउसदेखि नाम चलेका विद्यालयसम्म । तर, निराशाबाहेक अरू केही पाइएन । एयरलाइन्सका कार्यालयदेखि सबै साना–ठूला गल्ली चहारियो। तर, हात्ती
आयो हात्ती आयो फुस्सा भनेझैं भयो। ठूला आश्वासनबाहेक अरू केही पाइएन । ती दिन सम्झिएर के फाइदा ! बरु त्यसलाई केही सिक्ने अवसरका रूपमा लिएर हिँडेको छु।

साथीभाइ, इष्टमित्रले दिएको हौसला काफी छ । भर्खंरै सम्पन्न इपिएल क्रिकेट खेललाई कर्पाेरेट हाउसहरूले करोडौँ सहयोग गरे। ६ टोलीका लागि पैसाको खोला बगाए । अपांग हुने रहर कसलाई हुन्छ ? जानी–जानी को अपांग बनेको हुन्छ ? के थाहा आजका सग्लो मान्छे भोलि अपांग बन्न पनि सक्छ । हामी सबै जन्मजातै शारीरिक अपांग होइनौँ। हिँड्दै जाँदा ठेस लाग्यो। तर, ज्यान बाँचिरहेको छ । सुनेको थिएँ, संसार अँध्यारो छ । हो रहेछ, हामी अपांगलाई एक लाखको सहयोग दिन हिच्किचाउने उनीहरूले हामीजस्तै तर हातखुट्टा सग्ला भएका खेलाडीका लागि आँखा चिम्लेर करोडौं दिए । यस्तो देख्दा कहिलेकाहीँ लाग्छ, यो देशका नागरिक हामी होइनौं । त्रिवि क्रिकेट मैदानमा प्रथम ह्विलचियर क्रिकेट प्रतियोगिता आयोजना गर्दै गर्दा धेरैले प्याच्च भने अपांगले पनि खेल्न सक्छन् र ? जब गेम समापन भयो नेपालले भारत र बंगलादेशलाई हरायो।

तिनै कर्पाेरेट हाउसका साथीहरूले सबैभन्दा बढी बधाई दिए । यसरी कसैले सहयोग नगरिँदिँदा समस्या त होइन उल्टो प्रेरणा पो मिल्यो। केही गरेर देखाउँछु भन्ने झन् जोश चल्यो। सहयोग गर्न हिँड्ने फाउन्डेसनका विवेक उपाध्याय, समाजसेवी श्वेता जैनका ती सहयोगी हातहरूलाई सलाम भन्न चाहन्छु। सरकार पक्षबाट सहयोगको नाममा राष्ट्रिय खेलकुद परिषद्ले त्रिवि मैदानको व्यवस्था ग¥यो। त्यहाँ पुगेपछि केशव विष्टले खेलाडीलाई ५०–५० र २५ हजार दिने घोषणा गरे। तर, यो रकम लिने प्रक्रिया निकै झन्झटिलो रहेछ । हामीले पनि सग्ला खेलाडीझैं अन्तर्राष्ट्रिय स्तरमा देशलाई थप चिनाउने मौका पाएका छौँ। खुसी यसैमा छु। खेल जसोतसो सकाइयो तर थाप्लोमाथि साढे पाँच लाख ऋण छ । पैसा भन्ने कुरा आउने र जाने चलिरहन्छ । उखानै पनि छ नि ! ऋण लागोस् तर दिन नलागोस्।’ मन मार्नु हुँदैन । यस्ता समस्या समाधान हुँदै जान्छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ, 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।’ पैसा होइन, उद्देश्य नै महान् रहेछ । अपांगले के गर्न सक्छन्? भन्नेहरूको मुखमा बुझो लाग्यो।

– छुल्ठिम शेर्पा, जोरपाटी


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top