​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ


Thursday, 23 Nov, 2017 1:55 PM

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ ।

निगमल हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  मेघौली उडान गर्ने भएको छ ।

मेघौलीका लागि एकतर्फी भाडा रु.३,१६५ निर्धारण गरिएको छ  भने ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ ।

यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ । 

सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिने छ ।

सुकेटारका लागि एकतर्फी भाडा रु.५,४०५ निर्धारण गरिएको छ ।

Related News


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top