​संसद्को खेलमा, श्यामबहादुर अझै जेलमा


Sunday, 19 Nov, 2017 2:02 PM

  • नारायण नेपाल 

उमेरले ४० नकटेका श्यामको वास्तविक नाम श्यामबहादुर विश्वकर्मा हो । गाउँले उनलाई श्यामे कामी भन्दै बोलाउँथे । झिल्टुङको उत्तरी पाखो झ्याप्ले खोलाको भीरमाथि थियो उनको सानो झुपडी । पहिलो श्रीमती अन्तै गएपछि दोस्रो ल्याएका थिए । पहिलो र दोस्रो गरेर आधा दर्जन केटाकेटी जन्माइसकेका छन् । भीरबारीको उब्जनीले के धान्नु र विचराको परिवारलाई, ज्याला निमेक र मजदुरी परिवारको दैनिकी थियो । बीचमा श्यामले स्थानीय बनपालेमा जागिर पाए, परिवारलाई थप राहत मिल्यो । 

०५४ को स्थानीय निर्वाचनमा श्याम सात सूर्य– सात छाप, नेकपा एमाले जिन्दावाद भन्दै कम्ती उफ्रिएको थिएन । तर, चुनावमा कांग्रेसविरुद्ध एमाले–राप्रपा तालमेल भयो । दंग खायो । उता, देशमा फैलँदै गएको जनयुद्धको तुफानी लहर पश्चिम नेपालतिरबाट पूर्वी क्षितिजमा लाग्दै थियो । ०५८ साल भदौको महिना । रातमाटेको मानके डाँडामा क्रान्तिकारीका राता झण्डा फरफराएका थिए । छापामार दस्ता आफ्नो सैन्य पोशाकमा थियो । नयाँ राज्यसत्ता बनाउने अठोट लिएर आएको यो दस्ताले श्यामको मन मोड्न थाल्यो । 

सदरमुकाम नजिकको गाउँम@< यो कार्यक्रम स्थानीय जनता र प्रशासन दुवैको कौतुहलताको विषय थियो । तत्कालीन शाही सेनाले घेरा हाल्यो । तर, कुनै झडप भएन । जनसरकार घोषणा समारोह अन्तिम हुँदै थियो । जनसरकार सदस्य कमरेड श्यामबहादुर विक... भन्ने नाम बज्यो माइकबाट, ऊ खुशी हँुदै मञ्चमा पुगेर टिकाटाला लगाई मुठी कसेर अभिवादन ग¥यो । अब श्याम बनपाले हापेर क्रान्तिको यात्रामा हान्नियो । कमरेड श्यामबहादुर यात्रामा थियो तर ६ महिना नबित्दै देशको राजनीतिक घटना मोडियो । सरकार–माओवादी वार्ता भाँडियो, देशमा संकटकाल लाग्यो । माओवादी भएका–नभएकाहरूलाई संकटकालको बहानामा जिल्ला प्रशासन कार्यालयमा ल्याउने र एमाले–कांगे्रसको सदस्यता भिराउँदै पठाउने अभियान चलेको थियो । तर, श्याम भने त्रिशूलीको माछाझैं फुत्तै उछिट्टिएको थियो । खै कता अलप भयो ? समय बित्दै जाँदा जेठो छोरा जनसेनामा सामेल भयो । लोकतन्त्र आएसँगै फेरि श्याम गाउँघरतिर दौडन थाल्यो । बाउ नेता, छोरो जनसेना – श्यामलाई साँच्चै लोकतन्त्र आएको थियो । उसको आरनमा त उहिल्यै झार पलाइसकेको थियो । 

पार्टीमा धन, बल र बुद्धि भएका भदौरे कार्यकर्ताको ओइरो लागेपछि श्याम राजनीतिभन्दा विस्तारै घर, मेलापात र मजदुरीमा लागेको थियो । उता, श्यामको छोरोलाई जनसेनाको अस्थायी शिविरबाट अयोग्य भन्दै खालिहात घर फर्काइयो । क्रान्तिको झन्डा उठाउने भन्दै माओवादी विभाजन भएको हल्ला कानमा पुग्यो । जानेहरू कहाँ गए, किन गए श्यामलाई मतलव छैन । तर, आउनेहरू सबै क्रान्तिका लागि भन्दै आए । हिजो लुंगी बाँधेर आए, आज बाइक चढेर गए । हिजो मैलो कमिज र धुस्रो फुस्रो भएर आए, आज चिल्ला र सुकिला बनेर गए ।
स्वास्नीले अंगेनामा आगो नसल्काई चुलोमा नजाने श्यामले डोजर पोलेकै हुँदै होइन । अझ गुलेलीमा मट्यांग्रासम्म नहान्ने उसले बन्दुक कसरी चलाउनु ? त्यसमा पनि अझ एसएमजीको त नामै प्रस्ट भन्न सक्दैन भने कसरी चलायो होला बन्दुक ? हो, त्यही आरोपमा जेलजीवन बिताइरहेछ आजभोलि । क्रान्तिको कुरा गर्ने फणिन्द्रले पनि यही आरोप खेप्नुपरेको छ आज । नुवाकोट जिल्लामा अवैध क्रसर उद्योग सञ्चालित छ । त्यस्तै, अवैध बालुवा खानी मौलाएसँगै तस्करले जिल्लामा डनहरूबीच ग्याङफाइट चलाएका छन् ।

त्यस्तै, एकदिन तस्करबीच हानाहान भएको थियो । केहीबेरमा एक हुल जुलुस मोटरसाइकलमा श्यामको घरतिर दौडियो । यो बेला श्यामसँग न पार्टीका साथी भए, न छिमेकी ! ज्यान बचाउने आशमा घर छाडेर छाँसियो वनवनै मध्यरात र उज्यालो भएपछि काठमाडांै छि¥यो । केही समयमा प्रहरीले पक्राउ ग¥यो र मुद्दा चलाएर जेल पठायो । श्याम जेल गएपछि परिवारलाई लिएर माकेका स्थानीय कार्यकर्ता चन्द्रबहादुर लामा जिल्ला अध्यक्ष हीरानाथ खतिवडासँग भेट्न पुगे । परिवारको कुरै नसुनी खतिवडा बुरुक्क उफ्रिँदै बम्किए– एक भोटले चुनाव हारे पनि केही फरक पर्दैन, यो कुरा गर्नै सक्दिनँ । नेताले धर्म छाडेपछि कार्यकर्ताको के लाग्नु र ! बिचरा चन्द्रबहादुर निरास भएर फर्किए । हिजो हाम्रै घरमा लुक्ने माओवादी नेताले दुःख पर्दा देखाए असली रूप । श्याममाथि अन्याय भयो भनेर कुनै दलित अधिकारकर्मी र मानवअधिकारवादी बोलेनन् । 

केही समयअघि मात्र कमरेडहरूले पार्टीका लागि भन्दै सहयोग संकलन गरेका थिए । तर, यो आक्रमण किन र केका लागि, कसले गरायो ? श्याम अनभिज्ञ थिए । उनी पक्राउ परेको केही समयमै फणिन्द्र पनि समातिए, जेलमा साथी त भए तर मनमा सन्तोष थिएन, विप्लवले नेतृत्व गरेको पार्टीलाई समर्थन गर्नुबाहेक केही अपराध छैन । उनीहरूको तर किर्ते कथा हालेर आरोप पत्र बनाइयो र जबरजस्ती सही ठोकाइयो । श्यामका लागि कालो अक्षर भैंसी बराबर हो । 

आजभोलि सुनौलो मार्गको नाममा रूपान्तरित गल्छी–त्रिशूलीमार्गको ढुंगेमा सडकबाट २ सय फिट तल जिल्ला कारागार नुवाकोट छ । बन्द पर्खालभित्र भएका मनको विरहहरू सुन्न जिल्ला कारागारतिर लागेको थिएँ । 

‘तिनीहरू त बद्मास रहेछन्, हामीलाई फसाएर गए । आजकल आउनै छाडे । यो पार्टीका नेता नेपालमै छन् कि विदेशतिर लागे ?’ रसिलो आँखा बनाउँदै उनीहरूले प्रश्न गरे । मैले एकोहोरो सुनिरहेँ । हुन त यो संकटकाल होइन, केही होइन तैपनि जेल आनन्दसँग बस्न पाउनुपर्छ नि ! न हामीले घटना घटाएको हो । न घटनाबारे थाहा छ । यसरी हामीलाई किन फसाइयो ? कसले बदल्यो रातारात प्रहरी प्रतिवेदन ? मैले यो घटनाबारे पार्टीको गाेंगबु बैठकमा कुरा उठाएपछि नेताहरू मसँग अलि कालो मुख लगाउन थालेका थिए । पर पर हुन थाले । आज म यता कारागारमा छु । परिवारजन र आफन्तलाई पार्टीका नेताले सहानुभूति दिनुको साटो उल्टै फणिन्द्र आफंै जेल गएको हो भन्दै हिँड्दा रहेछन् । यो के हो सर ? म उनको कुरा सुनेर छक्क परँे ।

निस्कने क्रममा भेटिए अर्को पूर्वछापामार । हत्या अभियोगमा कारागार जीवन व्यतित गर्दै थिए । भन्दै थिए, जेलले धेरै कुरा सिकाएको छ सर । हिजो धेरै बोकियो अरूको झोला, धाउनु धाइयो नेताको घर र पार्टी कार्यालय तर अब आफ्नो झोला बोकाउन पार्टी खोल्ने हो । पार्टी खोल्ने बाबुराम र कमरेड किरणको बेहाल अनि संसद्वादी साना दलको हरिबिजोग देखेको म, उनको यो कुराले झन् दंगदास भएँ । अलिकता फलफूल र जुलियस फुयचिकको झुन्ड्याउँदा झुन्ड्याउँदै भन्ने किताब छाडेर जेलबाट बिदा भएँ । 

 – विदुर नुवाकोट 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top