​नोट जाली, अन्ततः नदीमा फाली


Friday, 1 Sep, 2017 12:00 PM

  • राजेन्द्र स्थापित

दोस्रो विश्वयुद्ध सकिइसकेको थियो । पराजित देश जर्मनीमाथि विजेता मुलुक रुस, अमेरिका, बेलायत र फ्रान्सले कब्जा जमाएका थिए । अष्ट्रिया र चेकोस्लोभाकिया पनि मित्रराष्ट्रको अधीनमा थिए । चेकोस्लोभाकियामा एउटा नदी छ– एन्स । एकदिन त्यसवरपरका गाउँलेले थुप्रै नयाँ नोट बगिरहेको देखेर टिप्न दौडिए । त्यसैबखत अष्ट्रियामा तैनाथ गुप्तचर नियन्त्रण दलका अधिकृतसमक्ष एक जर्मन सैनिक लरी (ट्रकजस्तो ठूलो गाडी) को साथमा उपस्थित भए । लरी बैंक अफ इंग्ल्याण्डबाट जारी नयाँ नोटको बक्साले भरिभराउ थियो । नोटले भरिएको सो ट्रक जर्मन सैनिक अधिकृतले मित्रराष्ट्रका अधिकृतहरुलाई बुझाए । लरीमा २ करोड १० लाख पौण्डबराबरको नोट थियो । त्यत्रो ठूलो धनराशी देखेर अधिकृतको होशहवास गुम्यो । तुरुन्तै एउटा सन्देश जर्मनीको फ््रयाँकफर्ट पठाइदिए । फ््रयाँकफर्टबाट तुरुन्तै एउटा टोली अष्ट्रिया पुग्यो र लरी कब्जा ग¥यो । नोट सक्कली हो वा नक्कली छुट्याउन गाह्रो प¥यो । उच्च अधिकारीहरुको टोलीले शीघ्र लण्डनस्थित बैंक अफ इंग्ल्याण्डसित सम्पर्क राख्यो । समाचार सुनेर हैरान भएको बैंकले पनि तुरन्तै टोली खटायो । जसमा प्रमुख थिए, नोट विशेषज्ञ एडोल्फ रिवस । उनले बडो सूक्ष्म ढंगले परीक्षण गरे । कैयौं दिको मिहिनेतपछि बल्ल ठोस निश्कर्षमा पुगे– ‘सबै नोट जाली हुन् ।’

समाचार सुनेर ब्रिटिश सरकार अचम्ममा प¥यो । दुई करोडभन्दा बढी जाली नोट एउटै लरीमा फेलाप¥यो भने नदीमा बगाइएको नोट झन् कति होला ! किनभने बगाइएको नोट त्योभन्दा ठूलो डंगुर थियो भन्ने अनुमान लगाइयो । यसको अर्थ करोडौंको जाली नोट बजारमा पुगिसकेको थियो । यो प्रकरण बैंक अफ इंग्ल्याण्डको मात्र सरोकारको विषय रहेन । मुलुककै अर्थतन्त्र धराशायी पार्न सकिने यो प्रकरण कसरी, कहाँबाट कसले ग¥यो, पत्ता लगाउने निर्णय बेलायत सरकारले तत्काल ग¥यो । नोट विशेषज्ञ रिवस र नामुद स्कटल्याण्ड यार्डका जासुसहरुलाई जिम्मेवारी सुम्पियो । रिवसहरु नोटको षड्यन्त्र पत्ता लगाउन जुटे । यसअघि कुनै पनि देशले अर्को देशविरुद्ध यति ठूलो धनराशी बराबरको नक्कली नोट निकालेको थिएन । अनुसन्धानक्रममा बैंक र बेलायती सरकारले दुई वर्षअघि नै नक्कली नोट बजारमा आइपुगेको अन्ध पायो । यहाँसम्म कि तटस्थ मुलुकबाट एक–एक लाख पौण्डको हिसाबले नोट लण्डनको बजारमा पुग्ने गरेको बैंकले थाहा पाएको रहेछ । सन् १९४३ मा इंग्ल्याण्डमा पक्राउ परेका एक जर्मन जासुसबाट जाली नोटले भरिभराउ सुटकेश बरामद भएको रहेछ । नोट दक्ष कारिगरद्वारा बनाएको पाइएको थियो । नोट नक्कली प्रमाणित गर्न बैंकलाई निकै गाह्रो परेको थियो । इंग्ल्याण्डको नोटको युरोप र एसियाली मुलुकमा ठूलो इज्जत थियो । मानिसहरु त्यो नोटलाई सुनजत्तिकै संरक्षण गरी राख्न योग्य मान्थे । यस्तो अवस्थामा स्टर्लिङ पौण्डको नक्कली नोट बजारमा पुगिसकेको हल्ला फिँजिएको खण्डमा सबै देशमा हलचल मच्चिन सक्थ्यो । विशेषतः युद्धको समय भएकाले इंग्ल्याण्डको आर्थिक व्यवस्था र बैंक अफ इंग्ल्याण्डको इज्जतमाथि शत्रुले धावा बोल्न सजिलो हुन्थ्यो । नक्कली पर्ने डरले बैंक अफ इंग्ल्याण्डद्वारा जारी सक्कली नोट लिनसमेत सबैजना डराउँथे । त्यसैले नक्कली नोट फेला पारेपछि पनि इंग्ल्याण्ड चुप बस्यो । तथापि आन्तरिक तवरमा छानबिन नचलाएको भने हैन तर छानबिन निश्कर्षमा पुग्नुअगावै युद्धको अन्त्य भयो र एन्स नदीमा नोट बग्न थाल्यो ।

बेलायती प्रहरीले नोटले भरिएको लरी बुझाउने जर्मन अधिकृतसँग सोधपुछ शुरु गरे । उनले जवाफमा भने, ‘नजिकैको गाउँ रेडलजिफमा एकजना नाजी प्रहरी अधिकृतको गाडी बिग्रियो । उनले नोटले भरिएका ती बक्साहरु पहाडबाट खसालिदिन भने । मैले ती बक्सा आफ्नो लरीमा हालेर बुझाउन ल्याएको हुँ ।’ यो सूचनाका आधारमा स्कटल्याण्डका जासुस रेडलजिफ गए । खोजतलासको क्रममा एउटा भूमिगत कारखाना भेट्टाए, जहाँ नोट छाप्ने मेशिन तथा अन्य उपकरण थियो । तर कागज, नोट छाप्ने प्लेट केही पनि फेला परेन । यद्यपि फेला परेको मेशिनको आधारमा त्यो नोट छाप्ने छापाखाना रहेछ भन्ने थाहा भयो । युद्धमा पराजय भोगेपछि सबै अभिलेख मेट्न जर्मनीले कागज तथा प्लेट अन्त लगेर लुकाएको हुनसक्ने अनुमान लगाइयो । सोधपुछको क्रममा गाउँलेले छापाखानाका कर्मचारीलाई ४० माइल टाढाको यातना शिविरमा लगेको बताएपछि टोली त्यहीँ पुग्यो । छापाखानामा कार्यरत १ सय ४० जना कर्मचारीलाई विषालु ग्यासले मार्ने आदेशअनुसार त्यहाँ पु¥याइएको रहेछ । ताकि जाली नोटको कुरो कसैले थाहा नपाउन् । धन्न, यातना शिविरमा उनीहरु मारिएनन् । त्यहाँका अधिकृतहरुले हिटलरको उक्त आदेश पालना गरेनन् । विश्वयुद्धमा जर्मनीको पराजयपछि सबै रिहा भए । 

ब्रिटिश टोलीले उक्त यातना शिविरमा रहेका बन्दीहरुको अभिलेख फेला पा¥यो । रजिष्टरमा छापाखानाबाट ल्याइएका सबै कर्मचारीको नाम र ठेगाना लेखिएको थियो । सबैको विवरण टिपेर टोलीले खोजी शुरु ग¥यो । एक–एक गरी ४० कर्मचारीसँग सम्पर्क राख्यो । उनीहरूको तर्फबाट महŒवपूर्ण जानकारी हात लाग्यो । सम्पूर्ण योजनाको विवरण चेक नागरिक एकालाले राख्ने गरेको पनि थाहा भयो । चेक प्रहरीको सहयोगबाट एकाला पनि फेला परे । उनले सम्पूर्ण कुरा बताए । यहाँसम्म कि इटलीका तानाशाह बेनिटो मुसोलिनी ग्रान सासोमा बन्दी रहँदा र हिटलरको आदेशले उनलाई सन् १९४३ को सेप्टेम्बरमा त्यहाँबाट भगाउँदा (जसरी उम्काए पनि गएरै छाड्यो ज्यान, जनआस्था, ०६८÷१२÷८) जर्मनीले सोही जाली नोट एक लाख पौण्ड खर्च गरेको रहेछ । सिसेरो कोड नाउँ भएका टर्की जासुस इलिसा बाज्नामार्फत जति पनि सूचना किनियो, ती सबैमा पनि यही नोट भुक्तान दिने गरिएको रहेछ (नक्कली नोटमा जासुसी निरन्तर, जनआस्था, जेठ १९) । स्वीस सरकारलाई हतियार खरिदको भुक्तानी पनि सोही नोटबाट दिइएको रहेछ । कूल ३० करोड पौण्ड नोट छापिएको र त्यसमध्ये १३ करोड २६ लाख प्रयोगमा ल्याइएको जानकारी मिल्यो । र, बाँकी रकम नहरको बाटो हुँदै यातना शिविरमा पठाएको र युद्धको समाप्तिपछि त्यसमध्येका धेरै नोट एन्स नदीमा फ्याँकिएको हो । 

सन् १९३९ को सेप्टेम्बर १८ मा जर्मनीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख आर्थर नेबेले एउटा बैठकमा शत्रु राष्ट्र बेलायतको अर्थतन्त्र ध्वस्त गर्न, युद्ध खर्चको जोहो गर्न र विश्वकै अर्थतन्त्र उलटपुलट पार्न ३० अर्ब बराबरको पौण्ड नोट निश्कासन गर्नुपर्ने योजना अघि सारे । उनका हाकिम रेन्हार्ड हेड्रिखले सो योजना मन पराए तर हिटलरका प्रचार मन्त्री जोसेफ गोयबल्सले ‘विकृत योजना’ भने भने अर्थमन्त्री वाल्टर फुन्कले नोट निश्कासनसम्बद्ध अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप हुने भनी विरोध गरे । तर हिटलरले योजना अत्यन्त गोप्य हुनुपर्ने भन्दै स्वीकृत गरिदिए । यद्यपि दुई महिनापछि नै नोभेम्बरमा एकजना प्रवासी रुसीमार्फत ग्रिसस्थित बेलायती राजदूत मिसेल पालारेटले योजनाबारे थाहा पाए तर बैंक अफ इंग्ल्याण्ड निश्कासित नोटको मिहीन बुट्टा, बीचमा राख्ने धातुको धागो र लोगो कसैले नक्कल गर्न नसक्नेमा ढुक्क भयो । जर्मनीको योजना ‘हल्ला’ मात्र ठान्यो । तर, उता बेलायतले असम्भव ठानेको कार्यलाई जर्मन मेजर बनहार्ड क्रुजरले मूर्तरुप दिए । जसको कारण योजनाको नाउँ नै ‘अपरेशन बर्नहाड’ रह्यो ।

क्रुजर त्यसबेला ३५ वर्षका थिए । नाजी पार्टीका सदस्य र गुप्तचर विभागका अधिकृत । सर्वप्रथम उनले रिस बैंक र रिस प्रिन्टिङ प्रेसका कर्मचारीको सहयोग लिन चाहे तर उनीहरु अर्को देशको जाली नोट निकाल्न तयार भएनन् । क्रुजर त्यसपछि गैरजर्मनहरु राखिएको यातनागृह पुगे । मुद्रण पेशामा कार्यरत कैदीहरुलाई आर्थिक प्रलोभन दिई मनाए । त्यसपछि बर्लिननजिकको सासेनहासेन यातना शिविरको एउटा भागमा कारखाना खोले । मेशिन र बैंक अफ इंग्ल्याण्डले प्रयोग गर्ने हाराहारीको कागज खोजे र नोट छाप्न थाले । प्रकाशित नोटलाई तीन श्रेणीमा विभाजन गरे । प्रथम श्रेणीको नोटबाट तटस्थ मुलुकमा जासुसहरुलाई सामान किन्न लगाए । दोस्रो श्रेणीको शत्रु देशमा कार्यरत आफ्ना गुप्तचरहरुलाई पठाइदिए, जसबाट उनीहरुले धेरैभन्दा धेरै सूचना खरिद गर्न सकुन् । तेस्रो श्रेणीको नोट हवाईजहाजमार्फत इंग्ल्याण्डमा खसाल्ने योजनामा थिए ताकि बेलायतीहरुले ती नोट उपयोग गरेर सरकारलाई संकटमा पारुन् । तर यो योजना सफल भएन, किनभने त्यसबेलासम्ममा जर्मन विमान बेलायतको आकाशमा प्रवेश गर्न नसक्ने अवस्थामा पुगिसकेको थियो । तथापि नोट छाप्ने कार्य रोकिएन । निर्धारित संख्याको नोट छापिसकेपछि कारखाना बन्द गर्ने र बर्नहाडलाई युद्धमोर्चा र छापाखानामा कार्यरत कर्मचारीलाई यातनागृह पठाउने योजना जर्मन सरकारको थियो । योजनाबारे क्रुजर पूर्णतः अवगत थिए । त्यत्रो मिहिनेत गरेका कर्मचारीलाई ग्यास च्याम्बरमा हाल्न दिन चाहन्नथे । त्यसैले नोट छपाइमा ढिलाइ गर्न लगाए । छापिएको नोट दोषपूर्ण देखिएको भन्दै बाहिर पठाउन लगाएनन् । 

यसबीच युद्धको स्थितिमा परिवर्तन आयो । जर्मनी पराजित बन्ने संकेत देखाप¥यो । बर्लिन शहरमै बम बर्सिन थाल्यो । आक्रमणबाट बच्न छापाखाना अष्ट्रियाको रेडलजिफ पहाडी इलाकाको भूमिगत सुरुङमा सारियो । यो कार्यमा निकै समय लाग्यो । पछि यहाँ नोटका साथै नक्कली परिचयपत्र र पासपोर्ट पनि छाप्न थालियो पराजयपछि नाजी नेताहरुलाई भाग्न सजिलो होस् भनेर । नभन्दै रिडाउट क्षेत्रमा मित्रराष्ट्रको सेना प्रवेश ग¥यो । जाली नोट छाप्ने गरेको कारखानाको नामोनिशान मेटाउन हिटलरले आदेश दिए । छापिसकेको नोट तथा अन्य अभिलेख जलाउने, प्लेट र साँचो नदीमा डुबाउने र सम्पूर्ण कर्मचारीलाई यातनागृहमा लगेर मार्ने आदेश थिए । क्रुजरले उक्त आदेश कर्मचारीलाई बताइदिए । र, आफू बहाना बनाएर त्यहाँबाट हिँडे । एक युवतीलाई गाडीमा राखेर स्वीटजरल्याण्डतर्फ भागे तर युद्धको समाप्तिपछि बेलायती सेनाको फन्दामा परे । त्यसबेलासम्ममा क्रुजरको सक्कली रुप थाहा पाइसकेका थिएनन् । जाली पासपोर्ट र अन्य कागजात प्रयोग गरेको आरोपमा फ्रान्सिसीहरुलाई सुम्पिइयो । सन् १९४८ मा रिहा भएपछि स्वदेश फर्के । उनको निधन सन् १९८९ मा भयो । 

उता क्रुजरले हिटलरको आदेशको जानकारी दिएपछि कारखानाभित्र आतंक मच्चियो । तीन दिनपछि नै सम्पूर्ण नोट र अभिलेख जलाइयो । प्लेट र साँचो तालमा फालियो । ठूलो नोट जुन क्रुजरले सुरक्षित गर्न दिएका थिए, त्यसलाई बक्सामा राखेर लरीको चालकलाई जमिनमुनी गाड्न आदेश दिइयो । कतिपय लरी गायब भए । कतिपय बक्साको नोट एन्स नदीमा बगाइयो र एउटा लरी जर्मन अधिकृतले मित्रराष्ट्रलाई सुम्पे । एन्सका स्थानीय जनताले मात्र पौने चार करोड संकलन गरे । जर्मनीले अमेरिकी डलर र स्वीस फ्रान्कको पनि जाली नोट छाप्ने योजना बनाएको थियो तर समय अभावले छाप्न सकेन ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top