​दिल्लीको काग, नेपालमा राग


Friday, 1 Sep, 2017 11:46 AM

एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरूलाई प्रश्न गरे, ‘ल भन, दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै थियो । त्यसैबेला वीरबल टुप्लुक्क देखा परे । उनलाई पनि राजाले यही प्रश्न दोहो¥याए । प्रश्न झर्न नपाउँदै वीरबलले उत्तर दिए, ‘पृथ्वीनाथ ! दिल्लीमा यतिखेर सबै मिलाएर तीस हजार नौ सय असी काग छन् ।’ यस्तो कठिन प्रश्नको सहजै उत्तर पाएर सशंकित राजाले फेरि सोधे– ‘तिमीले त गनेकै जस्तो गरी फ्याट्ट बतायौ । काग गनेर बस्ने फुर्सद कहिले भयो ? कसरी गन्यौ ? यदि तिमीले भनेको संख्या एक मात्र तलमाथि भयो भने त्यति नै रूपैयाँ दण्डित गरिनेछ ।’ बादशाहको शंका निवारण गर्दै वीरबलले भने, ‘शहरमा कागको संख्या मैले भने जति नै हो । यदि, सरकारले गन्दा कम या ज्यादा भए म जिम्मेवार हुने छैन किनभने कोही परदेश गएका भए घट्न सक्छ, कतैबाट पाहुना आएको खण्डमा बढ्न सक्छ । यदि यो दुवै नभएको स्थितिमा मेरो गन्तीमा फरक पर्दैन ।’ वीरबलको तर्कपूर्ण उत्तरबाट राजा मौन भए ।

नेपालको संघीय गणतान्त्रिक व्यवस्था र वीरबलको काग गनाई ठ्याक्कै उस्तै भएको छ । नेपालको राजनीति दिल्ली र चीनका यस्तै प्रयोजनहीन काग गनेर उनीहरूको रंग खुट्याउनमै अल्मलिएको दशकौं भइसक्यो । प्रधानमन्त्रीको भारत भ्रमणमा यस्तै बेतुकका खिचडी पाक्ने गर्छन् । दुई तिहाइ मत पाएको सरकारका प्रधानमन्त्री बिपी कोइराला ६ दशकअघि भारत भ्रमण जाँदाको मनोविज्ञानमा अहिले पनि एकरत्ति फरक आएको छैन । उनले भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका नेता केशरजंग रायमाझीलाई बोलाएर केही खर्च दिँदै आफ्नो विरोधमा नाराजुलुस लगाउन अह्राएका थिए । जुलुसले नेपालको पक्षमा काम गराउन दबाब पर्ने उनको बुझाइ थियो । चीन जाँदा प्रो इण्डियन भनेर नेपाली राजनीतिमा परिचित आफ्नै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई चीनकै भूगोलमा आफ्नो छोरो हेर्ने जिम्मा दिई राजकीय निर्णयमा सहभागी नगराएर राजनीतिक बठ्याइँ गरेको समेत इतिहासमा उल्लेख छ । बिपीको राजनीतिक दर्शन सर्वप्रिय भए पनि सवल नेतृत्व लिएर देशलाई समृद्ध बनाउने अभियानमा उनी चुकेको घामजत्तिकै छर्लंग छ । <br /> <br /> भारत र चीनलाई डिलर बनाएपछि मात्र नेपालमा खुद्रे व्यापार चल्छ भन्ने मानसिकतामा कहिल्यै परिवर्तन आएन । हिमालसम्मको उत्तरी सीमालाई आफ्नो देशको पैmलावट मान्ने नेहरू डक्ट्रिन र हातका पाँचवटा मध्ये एउटा औंला नेपाल ठान्ने माओ त्सेतुङको कूटनीति उनीहरूकै देशमा खोटो मोहोर भइसक्दा पनि हामी भने पुछपाछ गरेर त्यसैलाई शालिग्राम मानी पुजिरहेका छौं । उत्तर–दक्षिणमा पानी पर्दा यहाँ छाता किन्नेहरूको संख्या बढ्नुको प्रयोजन पनि त्यही हो । खुर्सानी स्वभावैले पिरो हुन्छ । चिनी गुलियो हुन्छ भन्ने कुन उल्लुलाई थाहा नहोला ? तर हाम्रो राजनीति हाँक्ने सारथिहरूले दशकौंदेखि खुर्सानी पिरो र चिनी गुलियो भनेर भाषण गर्दा पर्ररर ताली पाइरहे । शनिबारपछि आइतबार आउँछ भन्नेहरू क्रान्तिकारी दरिए । बाउछोरा, दाजुभाइ, लोग्ने स्वास्नीले देशको कार्यकारी पद बाँडचुँड गरेर खाएको दृश्यलाई नेताले ‘लोकतन्त्रको सुन्दर पक्ष’ भनेर धुलो उडाउँदा त्यही धुलोलाई तिलक मानेर शेचन गर्नु आज्ञाकारी नागरिकको कर्तव्य बन्यो । सत्तारोहण हुँदा लोकतन्त्र फलेको फुलेको देख्ने, सत्ताबाट झर्नासाथ लोकतन्त्रमा खग्रास ग्रहण लागेको भन्दै भाउन्न हुनेहरू अब्बल दर्जाका साधक भए । नेपालमा यस्तो लोकतन्त्र आयो कि चुनावमा तेस्रो स्थान प्राप्त गरेको दल माओवादीले मुलुकका ५ वटा सम्माननीयमध्ये बहुमत पद हात पार्दा पहिलो दल नेपाली कांग्रेस अधिकांश समय उत्तानो परेर दिउँसै तारा गनेर बस्न बाध्य भयो ।

बल्लतल्ल कांग्रेसले यतिबेला शेरबहादुर देउवाको नेतृत्वमा सत्ताको करारी जागिर पाएको छ । नेपालमा लोकतन्त्रको अभ्यास विचित्रको छ । ०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर बिपीको नेतृत्वमा सरकार बनायो । संसद्को अजेय शक्तिअघि शक्तिहीन मानिएका राजाको एक प्रहारले त्यत्रो चट्टानी जनप्रतिनिधिको धरहरा उठ्नै नसक्ने गरी ढल्यो । अचम्म त बिपीकै भक्त उनलाई जेल लैजाँदा खुच्चिङको अवस्थामा पुगिसकेका थिए । दुई तिहाइ मत प्राप्त प्रधानमन्त्रीलाई दुईजना सिपाहीले चौखु¥याएर लैजाने त्यो प्रजातन्त्रको जग कस्तो थियो ? पूm गर्दा ढलेको लोकतन्त्रको विकल्पमा राजाले पञ्चायत ल्याए । अन्ततः एउटा भीडले त्यसको पनि अन्त्येष्टि ग¥यो । कांग्रेस र नेतृत्वमा बहुमत आयो । दुईचार लोभीपापी सांसदका गतिविधिलाई कारण देखाएर फेरि पञ्चायतका खेलाडीलाई बहुदलमा हिरो बनाइयो । यही प्रवृत्ति हाबी हुँदै जाँदा जनताको म्याण्डेट लिएर आएको सरकार प्रमुखलाई राजाले ‘अक्षम’ घोषणा गरे । विडम्बना त्यही रिजल्ट अन्तिम बन्यो । ओखलमा टाउको राखेपछि मुसलको के डर भनेभैंm माओवादीले थापेको तुरूप सदर गर्दै दलहरूले राजसंस्था हुत्याए । सबै समस्याको ओखती गणतन्त्र भएको बताएर दलहरूले जनतालाई भेडोमा अनुवाद गराए । नेताले गल्ती नगर्ने भनेर तामो, तुलसो छुन मात्र बाँकी राखे । चटकी शैलीमा राजनीतिक परिवर्तन हुँदै गए । दलीय सिन्डिकेटका चारजना नाइके बसेर गोजीमा लगेको प्रस्ताव पास गर्दै जाने अनि अरुले ताली बजाउने संस्कृति हावी बन्दै गयो । आखिर संविधान पनि यस्तै महाजालको पुलिन्दाजस्तै बन्यो । हुँदाहुँदा बाहुन हुनु , लोग्ने मान्छे हुनु , कालो या गोरो हुनु , पहाड र हिमालमा जन्मनु अपराध भएको जस्ता कुतर्क जन्मिन, जन्माइन थाले । पाठेघर, स्तनका मोल खोज्नेहरू धरामा बढ्दै गए । कुनै जात, भूगोलमा आफ्नो स्वेच्छा वा कसैको तोक लगाएर जन्मिन पाइने भए यतिबेला नेपाली नागरिकता फिर्ता गरिएको चाङले देशका प्रशासनिक निकाय भरिन्थे होलान् । कतिसम्म अशिष्ट दृश्य देखिए भने जन्म दिने बाबुआमा बृद्धाश्रममा मिल्काउने तर चुरेका गिटीबालुवाको माया गरेर अनसन र विरोधमा उत्रने बढे ।

यही व्याकरण नमिलेको दृश्यभित्र संसार बदल्ने आँट र साहस लिएर मान्छेको रगत पानीमा अनुवाद गरेका प्रचण्डको राजनीति कमल थापाको राजनीतिक आदर्शमा विलीन भएको छ । अबको एक वर्षभित्र प्रचण्ड मुसा राजनीतिको यस्तो महानाइके हुने छन्, त्यसबेला विजय गच्छदारको सत्तालालसा फिका हुनेछ । सत्ता राजनीतिको सम्पूर्ण पेटी ठेकेदारी प्रचण्डले पाउने छन् । भोग्दै जाँदा अब एउटा यस्तो घडी आउने छ, सत्तालाई जागिर ठान्नेहरूले पेन्सनको सुविधा दिलाएर राजनीतिलाई विधिवत जागिरमा रूपान्तरण गर्नेछन् । नेपालको राजनीतिमा अब के हुन्छ ? यही अमूर्त र त्रासदी प्रश्नको उत्तर खोज्दाखोज्दै नातिपुस्ता हजुरबामा परिणत हुँदा पनि भेउ नपाई धर्तीबाट विदा हुनुपरेको दृष्टान्त भोग्नेहरू पाइलापाइलामा भेटिन्छन् । स्याल कराउने र कुखुरो हराउनेको उक्ति नै हाम्रो राजनीतिको जमिन प्रमाणित हुनु नेपालीको दुर्भाग्य नियति बन्दै आएको छ । आफ्नो दलको महाधिवेशनमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर संविधानसभाको चुनाव स्विकार्ने प्रचण्डको उक्ति जति हावादारी लाग्थ्यो, कालान्तरमा त्यही सत्य सावित भयो ।

माओ त्सेतुङले लेखेको ‘रेडबुक’ पुस्तक ढोगेर मात्र काम श्रीगणेश गर्ने त्यो बेलाको चिनियाँ दीक्षा र अख्तियार, अदालतका विषयमा अनावश्यक उछालेर त्यही रेडबुकको दर्जामा पु¥याउने जुन धृष्टता देखिँदै छ, त्यसले शुभ लक्षण दिँदैन । जसले कोइला खान्छ, त्यसले नै कालो पदार्थ उत्पादन गर्ने हो । तर, सरकारी शपथ खाएर आएको एउटा सामान्य व्यक्तिलाई असामान्य अलंकार दिएर देशभन्दा माथि राख्न खोज्ने उत्ताउला राजनीतिज्ञ, लेखक, विश्लेषक, पत्रकारले सुदिनको आमन्त्रण गरिरहेका छैनन् । हिटलर, मुसोलिनी, इदिअमिन, विन लादेन, सद्दाम हुसेनदेखि जंगबहादुरसम्मका पात्र कुनै दिन दालभात डुकू पीडित थिए । यस्तै अवसरवादी र छाते च्याउजस्तो मनोविज्ञानका मानिसको भीडले उनीहरूलाई निर्दयी शासक बनायो । साँचो अर्थमा नेता कार्यकर्तामाझ घोडाभन्दा अघि देखिएको बग्गीजस्ता भएका छन् । तर, मुखुण्डो फेरेर अनुहार त किन फेरिन्थ्यो र ? आफ्नै चेला चपाटीहरूको नजरमा उनीहरू निर्देशित रोबोटभन्दा माथि उठ्न सकेका छैनन् । बरु तिनीहरूको चरित्र दूधचोर बिरालाको जस्तो भएको छ । जसले दूध खाएको देखिँदैन तर कुटाइ खाएको सबैले देख्छन् । यदि राजनीतिमा नैतिकता नामको कुनै पदार्थ जीवित हुन्थ्यो भने समकालीन राजनीतिका सारथिहरूले नाकका चालमा सत्ताको लालचा छाडनुपथ्र्यो । मार्टिन लुथर किंग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ ।’ अन्ततः कर्ममय संसार नै प्रेमको पूmलबारी हो । त्यसैले त नीतिले खबरदारी लगाउँदै भनेको छ– ‘विनाप्रेमको उपासना मूर्दासमान हुन्छ । नीति धेरै छ, आध्यात्मिकता छैन । औपचारिकता छ, प्रेम छैन । गणित छ तर काव्य छैन भने त्यो ज्ञानको कुनै सार हुँदैन ।’


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top