एक वर्ष त्यहाँ जागिर खाइन् । जागिरसँगै अध्ययन निरन्तरता थियो । त्रिचन्द्र कलेजमा ब्याचलर अध्यय


Sunday, 16 Jul, 2017 7:23 PM

ठाउँमा पुगेकी पत्नीसँग ठाकठुक
श्रीमान्भन्दा श्रीमती पद र प्रतिष्ठाको हिसाबले अगाडि हुँदा धेरैका घरबार भत्किए । चाहे छवि ओझा र रेखा थापाबीचको सम्बन्धमा दरार होस् वा अञ्जु पन्त र मनोज सेवाको फाटो ! यस्ता धेरै उदाहरण छन् जहाँ श्रीमतीले नाम, दाम कमाउन थालेपछि श्रीमान्सँगको सम्बन्धमा फाटो आइदिन्छ । यो त सेलिब्रेटीको कुरा भयो । सर्वसाधारणका घरबार पनि यस्तै कारणले भत्किएका छन् । 
  श्रीमतीका इच्छा पूरा गर्न मैले के मात्र गरिनँ ? बेङलोरदेखि कतारसम्म पुगेँ त्यहाँ रगत–पसिना बगाएर स्टाफ नर्स पढाएँ । जति कमाएँ सबै रकम उनैमाथि खन्याएँ । जब उनको इच्छा र चाहना पूरा भयो, तब मलाई किनारमै छाडेर पारि पुगिन् । खोला तरिन्, लौरो बिर्सिइन् । 
बाल्यकाल अभाव र तनावमा गुज्रियो । बाग्लुङको जैमुनीमा जन्मिएको हुँ । बुबा÷आमाको कोखबाट जन्मिएका पाँच भाइ, ६ दिदीबहिनीमध्ये जेठो हुँ । कष्ट र दुःखमा बित्यो बालापन । आम्दानीको स्रोत खेतीपातीबाहेक केही थिएन । बिहानभरि साहुको खेतमा हलो जोतेर दिउँसो स्कुल पढ्न जान्थँे । त्यही निमेकका भरमा परिवारको पेट पाल्नुपथ्र्याे÷पालिन्थ्यो । ९ वर्षको उमेरदेखि १८ वर्षसम्म हलो जोतेरै पढेँ । कहिले गिट्टी–बालुवा त कहिले पाइप बोकेर पढाइ खर्च जुटाएँ । 
तिनताक माओवादी विद्रोह भर्खरै शुरु भएको थियो । गरिबको छोरा कांग्रेस बन्ने कुरै थिएन, गाउँमा माओवादीको चकचकी । म पनि माओवादीप्रति आस्थावान बनँे । ‘हंसमध्ये बकोयथा’ अर्थात् हाँसको बथानमा बकुल्लो भनेझैं थियो हालत । सायद शिक्षकहरूलाई यो कुरा मन परेन क्यारे !  संस्कृत मावि नौ कक्षामा पढ्दै गर्दा ६ विषयमा फेल गराइयो । त्यही बीच माओवादी भएकै कारण वनकाण्ड लगाएर फसाउने षड्यन्त्र भयो । स्कुल छाडेर सतीढुंगा माविमा भर्ना भएँ नौ कक्षामा । त्यहाँ पढ्दै गर्दासमेत २ विषय लाग्यो ।
आम्दानीको स्रोत थिएन । खर्च जुटाउन दिल्ली पुगँे । झण्डै नौ महिना त्यहाँ काम गरेँ । अरबिन पाइप कम्पनी थियो । त्यहाँ  काम गर्दा एकपटक छतबाट लडेँ । गहिरो चोट लाग्यो । बिरानो ठाउँ बिरानो मान्छे । अस्पतालको शøयामा नर्सले अहोरात्र सेवा गरेको देख्दा आमाको यादले सताउँथ्यो । मनमा लाग्यो, श्रीमतीलाई पनि मानव सेवामा लाग्ने नर्स बनाउँछु । हो, अस्पतालको बेडमा लड्दा लागेको त्यही घिडघिडोले आज मेरो जिन्दगी बर्बाद भयो । अहिले पछुताउँछु मेरो सपना र कल्पना गलत रहेछ । त्यहाँबाट आइसी ६ हजार बोकेर घर फर्किएँ । पुनः कक्षा नौमा भर्ना भई पढ्न थालेँ । छिप्पिएको उमेर देखेर साथीहरू गिल्ला गर्थे । यद्यपि, एसएलसी दिएँ, उत्तीर्ण पनि भएँ । 
फेरि जाने ठाउँ थिएन अन्यत्र । पुगँे कामको खोजीमा केरलासम्म । केही समय राइसमिलमा र बाँकी समय सेक्युरिटी गार्डमा काम गरँे । तर, आम्दानी खासै सन्तोषजनक भएन । उही आफ्नो ज्यान पाल्नेभन्दा । कहाँको सपना बोकेर हिँडेको मान्छे, कहाँ रुमल्लिरहेको थिएँ । एक मन लाग्थ्यो, आफ्नो ज्यान त गल्लीको कुकुरले पनि पालेको छ । अलि राम्रो कामको खोजीमा भांैतारिँदै बेङलोर पुगँे । देशमा माओवादी आन्दोलन उत्कर्षमा थियो । त्यहाँ रहँदा भेटिए गिरिधारीलाललाई । यो ०५५ सालको कुरा हो । उनीसँग भेटपछि माओवादीको संगठन निर्माणमा खटिएँ । सबै कुरा बिर्सिएँ । परिवार बिर्सिएँ, लक्ष्य बिर्सिएँ । गन्तव्य बिर्सिएँ । केवल एउटै कुरा सम्झिएँ, देशमा आमूल परिवर्तन ल्याउनु छ । गरिबहरूको सरकार बनाउनु छ । यही भुलभुलैयाको पछाडि करिब डेढ वर्ष सक्रिय रहेर माओवादी आन्दोलनलाई सघाएँ । १२ जनालाई नेपाल पठाएँ । तीमध्ये कतिपयले पाल्पामा सहादत प्राप्त गरे । अनि मेरो बाटो मोडियो । लक्ष्य बदलियो । 
परिवार पाल्नु थियो । विवाह गर्नु थियो । श्रीमतीलाई जसरी भए पनि नर्स बनाउनु थियो । हो, यही सपना पूरा गर्न दुई महिनापछि बेङलोर हुँदै कतार उडेँ । बर्मा गए पनि कर्मसँगै भनेझैं त्यहाँ पुगेर कार्यालय सहयोगीका रूपमा काम गर्न थालँे । केही पैसा कमाइयो । कमाइएको पैसाले ४ दिदीबहिनीको बिहेबारी सम्पन्न भयो । र, बीचमा फर्किएँ आफ्नै देश । सायद आज यही दिन देख्न रहेछ त्यहाँ भेटिएका भूमिश्वर शर्मा । उनीहरूको नजरमा म लाहुरे थिएँ । उनैले प्रस्ताव गरे आफ्ना साहिँला बाबुको छोरीसँग विवाह गर्न । केटी देखेको थिइन । प्रस्ताव सुनाएँ, विवाह त गर्छु तर विवाह गर्ने नै हो भने स्टाफ नर्स पढ्नुपर्छ । यत्ति थियो मेरो प्रस्ताव । भर्खर एसएलसी परीक्षा उत्तीर्ण गरेर बसेकी चन्द्रकला शर्माले प्रस्ताव स्विकारिन् । स्टाफ नर्स बनाएर मानव सेवामा लगाउने सोचसाथ ०६१ साल वैशाख २६ गते उनको सिउँदोमा सिन्दूर भरँे । एक जुनी होइन, सातौं जुनी सँगै मर्ने, सँगै बाँच्ने कसम खाएँ । तर, त्यो वाचा र कसम सात वर्ष पनि टिकेन । 

मनमा सपना थियो, जहानलाई नर्स बनाउने । हो, त्यही सपना पूरा गर्न पुनः खाडीतर्फ लागँे, बिहे गरेको दुई महिनापछि । कतारको ५० डिग्रीको गर्मीमा रातदिन रगत–पसिना बगाएर श्रीमतीको हातमा मास्टर्स डिग्रीको सर्टिफिकेट भएको सपना देख्थँे । बुबाआमाको वास्ता गरिएन । श्रीमतीलाई च्यापेर काठमाडौं ल्याएँ । दाजु भूमिश्वरको साथमा बस्थिन् । अनेक जोडबलबाट पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना भयो गुणराज पाठक मेमोरियल नर्सिङ कलेजमा । आज खर्चको हिसाब निकाल्छु झण्डै आठ लाख भएछ, नर्सिङ पढाइमा । तीनवर्षे पिसिएल सकिएसँगै कतारमा रहँदा चिनजान भएको साथीलाई गुहारेर उनको आफन्तीमार्फत श्रीमतीलाई वनस्थलीस्थित मिर्गाैला प्रत्यारोपण केन्द्रमा जागिर खुवाएँ ।

यही बीच प्रहरीमा भर्ना खुल्यो । उनले इच्छा प्रकट गरिन् ।  त्यसबेला कानुनमन्त्री थिए, देव गुरुङ । उनीसँग हारगुहार गरँे । जिल्लाबासीको नाताले दीनानाथ शर्मासँग भेटेँ । एआइजी काशीराज कुँवरको पहलमा सई पदमा नाम  निस्कियो । जिन्दगीको सबैभन्दा खुशीको दिन थियो त्यो । स्टाफ नर्स भएको कारण जागिर प्रहरी अस्पतालमा थियो । पछि गृहमन्त्री वामदेव गौतमसँग हारगुहार गरेर क्वार्टरमा बस्न थालियो ।  
‘चम्केको तिल्के, घरीघरी मिल्के’ भनेभैंm भयो । मेरै आड भरोसामा नर्स पढिन् । प्रहरीमा जागिर पनि खाइन् । अब मलाई गन्न छाडिन् । जब श्रीमान् श्रीमतीबीच तेस्रो मान्छे हाबी हुन्छ अनि भत्कन्छ सबैको घर । उनलाई अब लोग्नेभन्दा पराइ राम्रो लाग्न थाल्यो । म नचुटिएको रात हुँदैनथ्यो । झगडा हुनुपर्ने कारण थियो, असई टोपेन्द्र बस्नेतले पठाएको म्यासेज । यही म्यासेजका कारण भनाभन हुन्थ्यो । त्यहाँ बस्दा पटक–पटक ममाथि हातपात गर्थिन् । सहन्थँे । तर, सहनुको पनि हद हुँदो रहेछ ।

तीन पटक मलाई निर्घात कुटिन् । ममाथि गरेको ज्यादती क्वार्टरमा बस्ने सबै प्रहरीलाई थाहा छ । एआइजीलाई थाहा छ । प्रहरी आउँथे, छुटाउँथे । उनैलाई दोषी ठह¥याउँथे । छुटाउन्जेल साम्य । फेरि उस्तै हालत । जब उनले प्रहरीमा जागिर खान थालिन् तब मेरा दुःखका दिन शुरु भए । आजसम्म उनको कमाइ एक रुपैयाँ देख्न पाएको छैन । यो बीचमा आठ वर्षकी छोरी र ५ वर्षका छोरा भए । छोरीलाई आमाले हुर्काउनु, बढाउनुभयो । आमा काठमाडौं आएर छोरीलाई पालनपोषण, रेखदेख गरी उनलाई जागिर खानका सघाउनुभयो । आज उनी मेरी आमाले काठमाडौंमा बसेर खाएको खाएको पैसा माग्दै छिन् ।  छोरा जन्मेको ४० दिनबाट । उनी जागिर खान जान्थिन् ।

म छोरा स्याहारेर बस्थेँ । 
हो, आज पछुताउँछु । भन्छन् लोग्ने मान्छे भएर रुनु हुँदैन । तर, हररात हरदिन रोएर बित्दै छन् मेरा । एउटा श्रीमतीलाई नर्स बनाउन के मात्र गरिनँ ? सबथोक गरँे । ठाउँमा पु¥याएँ । आज कमाउने भइन् । आफ्नो खुट्टामा उभिएकी छन् । उनीसँग सबथोक छ । तर, म रित्तो छु । जसले उनलाई यो ठाउँमा पु¥यायो । आज सई चन्द्रकला शर्मा सुवेदीको रूपमा सारा प्रहरीले चिन्ने बनायो । तिनैले मविरुद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् काठमाडौं जिल्ला अदालतमा ३ जेठमा । सायद यही होला महिला अधिकार । एउटा पुरुषले पापडझैं पेलिएर श्रीमतीका इच्छा, चाहना पूर्ति गर्छ । जब श्रीमती ठाउँमा पुग्छिन् तब त्यही श्रीमान्लाई लात्ती हानेर सम्बन्धविच्छेद गर्दै छिन् । हो, आज धिक्कार्दै छु आफ्नै नियतिलाई । सराप्दै छु आफ्नै चाहना र कल्पनालाई । 

 – पीडित केशवराज सुवेदी


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top